नेपाल आयल निगमका कर्मचारीका अनेक सुविधा किन आर्थिक अनियमितता होइन ?
- असार २२, २०८३
काठमाडौँ पशुपतिनाथको सम्पत्ति तथा गुठी जग्गा अध्ययन एवम् छानबिन समितिले कोष मातहतका तीन कार्यालय र गुठी संस्थानअन्तर्गत पशुपतिनाथको १८ हजार ३८२ रोपनी दुई आना दुई दाम जग्गा रहेको सार्वजनिक गरेको छ ।
सोमध्ये तीन हजार ६ सय ६७ रोपनी चार आना तीन पैसा जग्गा दर्ता प्रमाणित भएको, बैङ्क मौज्दाततर्फ एक अर्ब २९ करोड ३८ लाख ३१ हजार दुई सय १५ रुपैयाँ रहेको र सो रकममध्ये एक अर्बको अक्षय कोष राखिएको उल्लेख छ ।
साबिक लगतअनुसार दर्ता प्रमाणित हुन बाँकी २३१ रोपनी १० आना एक दाम जग्गा छ । एक हजार १६१ रोपनी १४ आना तीन दाम जग्गा ९९ वर्षका लागि त्रिभुवन विमानस्थल र गल्फ खेल्न दिइएको प्रतिवेदनमा उल्लेख छ । मोही जनिएको तारागाउँ रिजेन्सी होटलले १७ रोपनी जग्गा भोग चलन गरिरहेको पनि उल्लेख छ ।
समितिको प्रतिवेदनमा चाबहिलको जोसमणी मठ, गोपीकृष्ण हल नजिकैको नौ रोपनी, बालाजुको नौ रोपनी, सिन्धुपाल्चोकको चार सय रोपनी र गोलढुङ्गाको १५० रोपनी जग्गालाई कोषमातहत ल्याउन तत्काल छानबिन समिति गठन गरी कानुनी प्रक्रिया थाल्नुपर्ने उल्लेख गरिए पनि अहिलेसम्म कुनै प्रक्रिया अघि बढाइएको छैन । प्रतिवेदनमा गौशाला धर्मशालाको कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई पैसा र कित्ता नम्बर ८५ को चार रोपनी १० आना जग्गा पनि कोषमातहतमा ल्याउनुपर्ने उल्लेख छ ।
प्रतिवेदनमा २०५९ वैशाख १५ देखि २०७० जेठ ३० गतेसम्ममा पशुपति क्षेत्रभित्रसहित तिलगङ्गास्थित बी–११, बी–१२, बी–१३ तथा भण्डारखाल, सिफल चौर, कैलाश, पशुपतिनाथ मन्दिर, गुह्येश्वरी मन्दिर, सत्तल, पाटी, शिवालय, मन्दिर, उद्यान, कोष कार्यालय, नदी, बगर, जङ्गलसहित सार्वजनिक क्षेत्रको एक हजार ५०५ रोपनी जग्गा अधिग्रहणमा परेको उल्लेख छ । विभिन्न समयमा जग्गा अधिग्रहण गर्दा गम्भीर लापरबाही भएको कोषका कर्मचारीहरूको मत बाहिरिएको छ । कर्मचारी भन्छन्—“चार आना दिनुपर्ने मोही वा अधिग्रहणमा परेको जग्गाधनीलाई दुई गुणाभन्दा बढी जग्गा दिएर कोषलाई हानि पु¥याउने काम भएको छ ।”
कोषका अनुसार करिब एक सय वर्षअघि बनाइएको पशुपतिनाथको नाममा रहेका नौवटा पोखरीमध्ये ६ वटा पोखरीको अस्तित्व अहिले छैन । ती पोखरी लोप भएपछि खोजीमा जुटेको भनिए पनि केही पत्तो छैन । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ क्षेत्रअन्तर्गत पर्ने दुई सय ३१ रोपनी १० आना एक दाम जग्गा साबिक लगतबाट दर्ता प्रमाणित हुन बाँकी रहेकोले खोजी कार्य भइरहेको बताएको सार्वजनिक भयो ।
अतिक्रमणमा परेको जग्गा खोज्न विभिन्न समयमा गठन भएको समितिको प्रतिवेदनको आधारमा यसअघि एक हजार पाँच सय पाँच रोपनी जग्गा अतिक्रमणकारीबाट पशुपतिनाथका नाममा ल्याइएको समाचारमा उल्लेख छ । प्रतिवेदनमा उल्लेख भएको दुई सय ३१ रोपनी १० आना जग्गा पहिचान गरी पशुपतिनाथको नाममा ल्याउनु जरुरी छ ।
Leave a Reply