भक्तपुर दरबार परिसरमा हुलाक टिकट प्रदर्शनी कार्यक्रम
- जेष्ठ १३, २०८३
भक्तपुर, १४ जेठ । गणेश माध्यमिक विद्यालयका एसईई २०८२ का विद्यार्थीहरूलाई सम्मान, बधाई एवम् परामर्श तथा नवआगन्तुक विद्यार्थीहरूलाई बिहीबार स्वागत कार्यक्रम गरियो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले परिवार, समाज, व्यक्ति अनि विश्वका देशहरू शिक्षाकै कारणबाट विकास सम्भव भएको हो भन्नुभयो । भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र, शिक्षा तथा पर्यटन केन्द्रको रूपमा विकास गरिरहेको हुँदा विभिन्न जिल्लाका जनताको निम्ति भक्तपुर आकर्षण केन्द्र बनिरहेको उल्लेख गर्दै उहाँले भक्तपुर र अन्य जिल्लामा अध्ययन गर्दाको आर्थिक, सामाजिक, शैक्षिक र समयको तुलना गर्नु आवश्यक छ भन्नुभयो ।
उहाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य र रोजगारीमा नयाँ पुस्तालाई अवसर प्रदान गर्न उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई रु. ५ लाखसम्मको शैक्षिक ऋण र व्यवसायीहरूलाई सोहीअनुसार ऋणको व्यवस्था गरिरहेको उल्लेख गर्नुभयो ।
प्रत्येक मानिसमा कानुनको ज्ञान जरुरी भएकोले कानुन विषयको अध्ययन गर्न सल्लाह पनि उहाँले दिनुभयो ।
समाजसेवी, विद्यालयका सहयोगी एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णबहादुर दुगुजुले विद्यालयको इतिहास र अग्रजहरूले विद्यालयको शिक्षा विकासको निम्ति शैक्षिक, भौतिक र नैतिक रूपमा सहयोग गरिरहेको विचार व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक गणेशराम थुसाले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै स्वागत गर्नुभयो ।
कक्षा १० का सृष्टि मानन्धरले नवआगन्तुक विद्यार्थीलाई स्वागत र एसईई – ०८२ का विद्यार्थीलाई बधाई एवम् शुभकामना व्यक्त गर्नुभयो ।
कक्षा ९ का नयाँ विद्यार्थी दिप्सिना श्रेष्ठले विद्यालयको शैक्षिक वातावरणबारे बताउनुभयो ।
प्रमुख अतिथि प्रजापतिले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान–पत्र प्रदान गर्नुभयो भने नयाँ विद्यार्थीलाई उपहार प्रदान गर्नुभयो ।
विद्यालयमा जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न समाजसेवी जयन्त पौडेलले पाँच लाख अक्षकोष प्रदान गर्नुभएकोमा उहाँलाई सम्मान स्वरूप प्रशंसापत्र प्रदान गरियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उहाँले विद्यालय भवन अपुग भएकोले विगतमा अग्रज र नपाबाट सहयोग भइरहेको उल्लेख गर्दै एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई र नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुभयो ।
कार्यक्रममा शिक्षिका सुशीला न्याईच्याईले पनि बोल्नुभएको थियो । कार्यक्रममा कक्षागत सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो ।
Leave a Reply