आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
वाशिङ्टन, २१ मे । भेनेजुयलामा आगामी ६ वर्षको लागि निकोलस माडुरो राष्ट्रपति पदमा दोस्रो पटकको लागि निर्वाचित भएसँगै संरा अमेरिका भेनेजुयलाविरुद्ध खुलेर प्रस्तुत भएको छ ।
सोमबार संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलामा केही थप रोक लगाउने मनसायका निषेधकारी आदेशहरुमा हस्ताक्षर गरेका छन् ।
ट्रम्पले हस्ताक्षर गरेका आदेशहरुले भेनेजुयलालाई कोही पनि संरा अमेरिकी नागरिकसँग कुनै पनि खालका कारोबार गर्न रोक लगाएको छ । भेनेजुयला सरकारको ५० प्रतिशत हिस्सा भएको कुनै पनि निकायसँग आर्थिक लेनदेन बन्द गर्न सोमबारको आदेश जारी गरिएको हो ।
ट्रम्पले संरा अमेरिकी अर्थ मन्त्रालयलाई आफूले हस्ताक्षर गरेका आदेशहरु कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन समेत निर्देशन जारी गरेका छन् ।
‘संरा अमेरिकाका सबै निकायहरुले यो आदेश कार्यान्वयनमा ल्याउन आ–आफ्नो क्षेत्रमा आवश्यक काम गर्नुपर्नेछ ।’, आदेशमा लेखिएको छ ।
यसअघि संरा अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले एक वक्तव्य जारी गरी भेनेजुयलाको चुनाव ‘लज्जाजनक’ भएको र ‘न त निष्पक्ष न त स्वतन्त्र’ भनेर नकारात्मक टिप्पणी गरेका थिए । संरा अमेरिकी विदेश सचिव माइक पोम्पोले पनि वक्तव्य जारी गरी काराकसविरुद्ध संरा अमेरिकाले शीघ्रातीशीघ्र आर्थिक र कुटनीतिक कार्यबाही गर्न घोषणा गरेका थिए ।
सोमबार भेनेजुयलाको निर्वाचन आयोगले घोषणा गरेको नतिजाअनुसार राष्ट्रपति पदमा माडुरो भारी मतान्तरका साथ राष्ट्रपति पदमा विजयी भएका हुन् । माडुरोका प्रमुख प्रतिद्वन्द्वी फाल्कोनले चुनावमा धाँधली भएको भन्दै चुनावी नतिजा अस्वीकार गर्ने सार्वजनिक गरेका छन् ।
भेनेजुयलाको समाजवादी माडुरो सरकारविरुद्ध पश्चिमा देशहरु र संरा अमेरिका खुलेर लागिरहेको छ र त्यहाँका विपक्षीहरुलाई सहायता गर्दै आएको छ ।
रुस, चीन, बोलिभिया, क्युवा, एल साल्भाडोर लगायतका देशहरुले भने माडुरोको विजयलाई स्वागत गरिसकेको छ ।
Leave a Reply