भर्खरै :

राज्यले गरेको बन्दमा

राष्ट्रपतिको ‘सवारी’ का कारण सवारी साधनको आवागमनमा हुने गरेको समस्याका कारण सर्वसाधारणले पाउने गरेको दुःखबारे यसअघि पनि धेरै गुनासो नसुनिएको होइन । तर त्यो कुरामा अझै पनि सम्बन्धित निकायले समाधानको बाटो खोज्ने आवश्यकता देखेको छैन । राष्ट्रपतिको ‘सवारी’ का कारण सोमबार अपरान्ह काठमाण्डौमा भएको सवारी आवागमनका कारण सर्वसाधारणले निकै दुःख भोग्नुप¥यो । पूर्वजानकारी नगराई अघोषित रुपमा राज्य आफैले गरेको सवारी आवागमनमा अवरोध र बेला बेला हुने बन्द हड्तालबीच व्यवहारिक रुपमा कुनै भिन्नता छैन । विपक्षी राजनीतिक शक्तिले गर्ने बन्द र सत्तापक्षबाट हुने यस्ता बन्दले आखिर अचानोमा पर्ने त नेपाली जनता नै हुन् ।
सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिको बानेश्वर ‘सवारी’ का कारण दशौं हजार सर्वसाधारणले औसतमा दुई घण्टाको जाम भोग्नुप¥यो । सामान्यतः हरेक दिन काठमाण्डौबासीले औसतमा एक घण्टा सवारी जाम त भोगिरहेकै छन् । त्यसमाथि राष्ट्रपतिले दिने यस्ता थप जामले पीडा नेपाली जनतालाई हुने गरेको छ । बरु विप्लव माओवादीले बन्द गर्दा २४ घण्टा अघि सर्वसाधारणलाई जानकारी दिइने गरेको हुन्छ । तर राज्यले गर्ने बन्दबारे जनतालाई कहिल्यै औपचारिक जानकारी गराईंदैन । त्यसकारण कामको भारी बोकेर यात्रा गरिरहेका जनता घण्टौं सडकमा बस्न बाध्य भइरहेका छन् ।
गृहमन्त्री रामबहादुर थापाले मन्त्री पदमा बसेको केही दिनमा राजधानीको उद्देकलाग्दो जामबारे चासो राखेर समाधानको लागि पहल गरेको समाचार पढ्न पाइएको थियो । तर आज परिणामले ती सबै कुरा पानीमाथिको ओभानो बन्ने प्रयत्न मात्र भएको लागिरहेको छ ।
राष्ट्रपतिको ‘सवारी’ हेर्दा हिजोका राजा र आजका राष्ट्रपतिबीच तात्विक अन्तर नभएको हामी भान गर्दैछौं । राजा गयो, अर्को राजा रानी र महारानीहरु सत्तासीन भएका छन् । शासकको अनुहार फेरियो, शासक त फेरि पनि शासककै रुपमा रहिरह्यो । शासक जनता बन्न सकेन, जनता बनेर सोच्न सकेन । जनताको मर्का बुझ्ने शासक त अहिले पनि देखिएन । कठै देश ।
सुरेश खत्री, कमलबिनायक

Leave a Reply

Your email address will not be published. Required fields are marked *