भर्खरै :

बालबालिकाको सही पोषणबारे अभिभावक अभिमुखीकरण

बालबालिकाको सही पोषणबारे अभिभावक अभिमुखीकरण

भक्तपुर, १५ जेठ । बाल विकास सेकेन्डरी स्कूलको आयोजनामा अभिभावक भेला तथा विशेष अभिमुखीकरण कार्यक्रम शुक्रबार लिवाली सभा हलमा सम्पन्न भयो । कार्यक्रममा पोषणविद् डा.अरूणा उप्रेतीले अभिभावकहरूले पैसा खर्च गरेर पत्रु खाना खुवाएर आफ्ना बालबालिकाको स्वास्थ्य बिगार्न नहुने सुझाव दिनुभयो ।
उहाँले नेपालीको घरमा खाइने परम्परागत खानेकुराबाटै सन्तुलित भोजन प्राप्त गर्न सकिने उल्लेख गर्दै अखाद्य रसायनयुक्त खानाले मस्तिष्कघात, हृदयघात, कलेजो र मिर्गौलाको बिमारी निम्तिने गरेको अध्ययन अनुसन्धानले पुष्टि गरेको बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले आफ्ना बालबालिकालाई माया गर्नुको अर्थ राम्रो राम्रो लगाउन दिने, मिठो मिठो खुवाउने मात्र होइन; राम्रो शिक्षा, सीप र संस्कार दिनु सही माया हुने बताउनुभयो ।
हिजोका बालबालिकालाई सही माया दिन नसक्दा सिंहदरबार र देश नै जलेको चर्चा गर्दै उहाँले आजका बालबालिकालाई सही मार्गमा लगाउनु बालबालिका,परिवार र देशकै भविष्य निर्माण गर्नु हो भन्नुभयो ।
कार्यक्रममा स्कूलका शिक्षिकाहरू सीता प्रजापति, सुलोचना छ्वाजू, वीणा कर्माचार्य र विजेश्वरी श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *