पुटिनसँग आसियान नेताहरूको शिखर भेटवार्ता
- जेष्ठ १५, २०८३
भक्तपुर, जेठ १५ । भक्तपुर युवा टीमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद स्मृति खेलमैदानमा सञ्चालन भइरहेको भक्तपुर नगर अन्तर वडाव्यापी फुटसल प्रतियोगिताको आज फाइनल खेल तथा पुरस्कार वितरण हुँदै छ ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा फुटसल प्रतियोगिताको फाइनल खेल तथा विजेता, उपविजेता, उत्कृष्ट गोलकिपर तथा खेलाडीलाई नगद पुरस्कारद्वारा सम्मानित गरिनेछ ।
सेमिफाइनलको पहिलो खेल ग्रुप ए बाट १० अङ्कसहित वडा नं ७ र सेमिफाइनलको दोस्रो खेल ग्रुप बी बाट १० अङ्कसहित वडा नं ८ फाइनलमा प्रवेश गरेका हुन् ।
फाइनल प्रवेश गरेको वडा नं ७ का दिपेश खाइजूले व्यक्तिगत ४ गोल तथा वडा नं ८ का मनिष बासीले व्यक्तिगत ९ गोल गरेका छन् ।
प्रतियोगिताको फाइनल खेल अघिसम्म ४ गोल गर्ने खेलाडीहरू क्रमशः वडा नं ८ का सन्जिवन गोसाई, वडा नं ५ का दिजन ख्वालापाला, वडा नं ७ का वियोन कर्माचार्य तथा वडा नं ३ का सविन किलम्बु, ५ गोल गर्ने खेलाडीहरू क्रमशः वडा नं २ का साजन सुवाल तथा वडा नं १० का रोहन प्रजापति, ६ गोल गर्ने खेलाडीहरू क्रमशः वडा नं ८ का विवेक बोहजू, वडा नं ५ का विवेक कवां तथा वडा नं ८ का सञ्जीव गोसाई रहेका छन् ।
शनिबार बेलुकी ६ बजे वडा नं ७ का विरुद्ध वडा नं ८ को फुटसलको फाइनल खेल हुनेछ ।
Leave a Reply