पुटिनसँग आसियान नेताहरूको शिखर भेटवार्ता
- जेष्ठ १५, २०८३
भक्तपुर, १५ जेठ । नेपाल क्रान्तिकारी किसान सङ्घ चानपा ७ तपादम्फो एकाइको आयोजनामा शुक्रबार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्लाका उपाध्यक्ष न्हुछेभक्त फोजुले किसान सङ्घको महत्वबारे प्रकाश पार्दै माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई आत्मासात गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले अहिलेको सरकारले आइतबार छुट्टि दिएर शिक्षा र स्वास्थ्य क्षेत्रमा खेलबाड गरेको उल्लेख गर्दै आइतबारको बिदा फिर्ता गर्नुपर्ने बताउनुभयो ।
उहाँले किसान कार्यकर्ताहरू राजनैतिक रूपमा सचेत र सङ्गठित हुनुपर्ने विचार व्यक्त गर्दै ‘मजदुर’ दैनिक र ‘श्रमिक’ साप्ताहिक पत्रिका अध्ययन गरी देशमा भइरहेको राजनैतिक र सामाजिक रूपमा सचेत रहनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर जिल्ला समितिका सदस्य अर्जुन काफ्लेले जनता सचेत नभएसम्म देशको विकास नहुने भन्दै ठुला पार्टीको कारणले भदौ २३ र २४ गतेको घटना भएको बताउनुभयो । उहाँले किसानको जीवनस्तर उठाउन सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ चा.न.पा. ७ तपादम्फो एकाइका अध्यक्ष कुमार सुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अमितले पनि बोल्नुभएको थियो ।
Leave a Reply