भर्खरै :

वडाव्यापी खुला कसिमला पाँय् प्रतियोगिता सुरु

वडाव्यापी खुला कसिमला पाँय् प्रतियोगिता सुरु

भक्तपुर, १५ जेठ । २ वडा युवा तथा खेलकुद समितिको आयोजनामा वडाव्यापी खुला कसिमला पाँय् प्रतियोगिता सुरु भएको छ । उद्घाटन कार्यक्रममा वडा अध्यक्ष हरिप्रसाद बासुकलाले स्वस्थ जीवनको लागि कुनै न कुनै खेलकुद गतिविधिमा नियमित लाग्नुपर्ने बताउनुभयो । खेल मित्रता र अनुशासनको लागि भएकोले स्थानीय टोल छिमेक र वडावासीसँगै प्रतिस्पर्धा गर्न पाउनुले आत्मीयता बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कसिमला पाँय् प्रतियोगिताका निर्णायक रोशनराज तुईतुईले कसिमला पाँय्को ऐतिहासिक विवरण, स्थानीय पाठ्यक्रममा समावेशका साथै पुनर्जीवनले मौलिक खेलको जगेर्ना भएकोमा खुसी व्यक्त गर्नुभयो ।
आयोजक समितिका संयोजक पुण्यराम स्वंगमिखाले वडाबाट विभिन्न खेलकुद गतिविधि गर्नुका साथै राष्ट्रियस्तरमा वडाका खेलाडीहरूलाई सहभागी गराई सफलता हासिल गरेको बताउनुभयो ।
प्रतियोगिताको सेमिफाइनलमा शारदा मा.वि.का सुजेन खर्बुजा कृष्णप्रसाद किलम्बुलाई पराजित गरी फाइनलमा प्रवेश गरे भने न्हुच्छेभगत सुवालले रामेश्वर कोजुलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका छन् । तेस्रो स्थानको लागि भएको खेलमा कृष्णप्रसाद किलम्बुले रामेश्वर कोजुलाई पराजित गरेका छन् । फाइनल खेल शारदा मा.वि.का सुजेन खर्बुजा र न्हुच्छेभगत सुवालबिच हुने जानकारी प्रतियोगिता सञ्चालन समितिका संयोजक कृष्णप्रसाद सुवालले दिनुभयो ।
शनिबार कसिमला पाँय् प्रतियोगिताको फाइनल खेलका साथै वडाव्यापी विद्यालयस्तरीय ४०० र ८०० मिटर छात्र/छात्रा दौड प्रतियोगिता गरी पुरस्कार तथा समापन कार्यक्रम हुने जानकारी समितिका सदस्य अजेन्द्रकुमार लघुले दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *