एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई र माइन्यूट लेखन तालिमका सहभागीलाई सम्मान
- जेष्ठ १७, २०८३
भक्तपुर, १७ जेठ । नेपाल क्रान्तिकारी किसान सङ्घ केन्द्रीय समितिको आयोजनामा फागुन १२ गते गुठी सञ्चालक समितिले गरेको निर्णयले आवास योजनामा परेको गुठी जग्गा गर्ने मोही किसानको हक बेदखल गरेको सम्बन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम भनपा प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा आइतबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले विगतमा नेपाल क्रान्तिकारी किसान सङ्घको आन्दोलनले नेपाली किसानहरूले जग्गाको स्वामित्वमा आधा हक पाएको चर्चा गर्दै उक्त हक कायम गराउन क्रान्तिकारी किसान सङ्घका कार्यकर्ताले धेरै दुःख गरेको बताउनुभयो । खेतका खलियानमा गएर जमिनदारहरूसँग भिडन्त गरेको स्मरण गर्दै उहाँले किसानहरूको लामो सङ्घर्ष र बलिदानले मात्र मोहीयानी हक आधा पाएको बताउनुभयो ।
कुनै पनि आवास योजना व्यवस्थित बसोबासको लागि गरिने भएकोले आवास योजनामा नीतिअनुसार निश्चित प्रतिशत जग्गा काटिनु स्वाभाविक भएको चर्चा गर्दै उहाँले आवास योजनामा परेको गुठी जग्गामा पनि मोही र गुठीका निश्चित प्रतिशत काट्नु स्वाभाविक भएको बताउनुभयो । वर्तमान समयमा आएर गुठी संस्थानले गुठी जग्गा काट्न नहुने वा गुठी संस्थानलाई काटेको जग्गाको निश्चित रकम क्षतिपूर्ति तिर्न गरेको पत्राचार नियमविपरीत र मोही किसानविरोधी भएको उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घले यस विषयमा व्यापक किसानहरू सङ्गठित गरी आन्दोलन गर्नुपर्ने उहाँले बताउनुभयो । यस आन्दोलनमा नगरपालिकाको पनि साथ र सहयोग रहने उहाँले बताउनुभयो ।
देको मिवा इटापाके आवास योजनामा परेको गुठी जग्गाका मोहीहरूलाई पुर्जा फिर्ता नदिएपछि पटक–पटक मन्त्रालयमा डेलिगेसन गएको चर्चा गर्दै उहाँले जबसम्म मोही किसानहरूको हक सुरक्षित हुँदैन तबसम्म आन्दोलनलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
सरकारको बजेटबारे चर्चा गर्दै उहाँले दुईतिहाइको मत पाएको वर्तमान सरकारले आफ्नो प्रतिबद्धताविपरीत शिक्षामा बजेट कटौती गरेको बताउनुभयो । देशभरि शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने बताउँदै उहाँले शिक्षा निःशुल्क गर्नको लागि २० प्रतिशत बजेट अलग गर्नुपर्ने बताउनुभयो । प्रात्ेट स्कूललाई ३ प्रतिशत शुल्क लगाउनु, बिजुलीको बिलमा १३ प्रतिशत भ्याट लगाउनु पनि सरकारले आफ्नो प्रतिबद्धता बिर्सेको चर्चा गर्दै उदारीकरणको नीति लिएर निश्चित व्यक्तिलाई मात्र धनी बनाउन खोजेको उहाँले चर्चा गर्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभाका सदस्य गीता काफ्लेले वाग्मती प्रदेश सरकार किसानहरूप्रति उदार नभएको चर्चा गर्दै गुठी जग्गाका मोही किसानहरूको हक सुरक्षित गर्नुपर्ने विषयमा प्रदेश सभामा चर्चा गर्दा कुनै सुनुवाइ नभएको बताउनुभयो । वाग्मती प्रदेश सरकारले नेपाली किसानहरूको लागि मल कारखाना खोल्न ध्यान नदिएको उहाँले बताउनुभयो ।
भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले देको मिवा इटापाके आवास योजना भक्तपुर नगरका नगरवासीहरूको बसोबासलाई व्यवस्थित बनाउन नगरपालिकाले सञ्चालन गरेको बताउनुभयो ।
भनपा वडा नं. ६ का वडाध्यक्ष तथा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव हरिराम सुवालले गुठी जग्गाका मोही किसानको हक सुरक्षित गर्न किसानहरू सङ्गठित गरी आन्दोलन चर्काउनुपर्ने बताउनुभयो ।
भेलामा हरिशरण श्रेष्ठ र मोही किसानहरू राजकुमार लघु, विष्णुकुमार बासुकला, कुमार बासुकला, तुुल्सीनारायण लाखेमरु, गुणदास महर्जन, लक्ष्मीभक्त सिजख्वले पनि बोल्नुभएको थियो ।
Leave a Reply