इरान–अमेरिकाबिच आक्रमण र प्रत्याक्रमण
- जेष्ठ १८, २०८३
काठमाडौँ, १८ जेठ । सुस्ता बचाउ अभियान नवलपरासी नेपालले दुवै पक्षले विवादित नभनेको भूमिमा पनि भारतले नेपाललाई तटबन्ध निर्माण गर्न नदिएको जनाएको छ ।
नेपाल पक्षका अनुसार थारू टोलको सिमलको रूखसम्म नेपाल पर्दछ । भारतीय सशस्त्र सीमा बल
(एसएसबी) ले भने सिमलको रूखभन्दा करिब एक सय मिटर तल रहेको भेल्लरको रूखसम्म मात्र नेपालको हो भन्दै आएको छ । तर तटबन्धको काम भइरहेको भेल्लरको रूखभन्दा पनि तल (नेपालतर्फ) हो ।
“भारतले नै दाबी गरेको क्षेत्रभन्दा ३० मिटर नेपालतर्फ बनेको तटबन्ध पनि एसएसबीले रोकेको छ”, सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैसवालले भने ।
नेपालको दाबीअनुसारको सिमलको रूखसम्म समेट्ने गरी १३२ मिटर लामो तटबन्ध बनाउने गरी ठेक्का लगाइएको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत चितवनको भरतपुरस्थित सिँचाइ तथा जलस्रोत आयोजना कार्यालयले नारायणी नदीको बाढी नियन्त्रणका लागि पश्चिम नवलपरासीको सुस्तामा करिब १२ करोडको लागतमा तटबन्ध निर्माणको काम गर्दै आएको छ ।
नदीको तलतिर (डाउनस्ट्रिम) करिब एक किलोमिटर लामो तटबन्ध निर्माणको काम भइरहेको छ । अहिले काम भइरहेको करिब ४०० मिटर माथितिर (अपस्ट्रिम) तर्फ थप १३२ मिटर लामो तटबन्ध बनाउनको लागि ठेक्का लागिसकेको छ । तर, काम सुरु हुन बाँकी छ ।
‘अस्ति एसएसबीका एक जना प्रतिनिधि अहिले काम भइरहेको ठाउँमा आएर काम रोक्नु भनेका थिए, त्यो क्रम हिजो पनि जारी रह्यो,” स्रोतले भन्यो ।
स्रोतका अनुसार भारतले आफ्नो भनेर दाबी गरेको र १३२ मिटरको बाँध बनाउन ठेक्का लागेको ठाउँतिर काम नै
सुरू भएको छैन, अहिले काम भइरहेको नेपालकै भू–भागमा हो, त्यहाँ पनि काम नगर्न भनेर एसएसबीले रोकेको छ ।
एसएसबीले काम रोक्न भनेपछि आयोजनाका इन्जिनियरहरूले त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयमा गराएका थिए । त्यसपछि प्रमुख जिल्ला अधिकारी दीपक नेपालले गृहमन्त्रालयमा जानकारी गराएका थिए । साथै सशस्त्र प्रहरीका अधिकारीलाई पनि सम्पर्क गरेर एसएसबीसँग सो विषयमा बुझ्न निर्देशन दिएका थिए ।
आइतबार नै भारतीय एसएसबी र नेपालको सशस्त्र प्रहरी बलका अधिकारीहरूबिच छलफल भएको थियो । तर, निकास ननिस्किएको स्रोतले बतायो । त्यसैले अहिले नेपाली भूमिमा भइरहेको तटबन्धको काम पनि रोकिएको छ ।
अभियानका प्रवक्ता जैसवाल प्रधानमन्त्री बालेन शाहले १७ जेठको संसद् बैठकमा विवादित अभिव्यक्ति दिनु अगावै एसएसबीले तटबन्ध रोक्न आएको बताउँछन् ।
उनी भन्छन्, “मेरो विचारमा प्रधानमन्त्रीको अभिव्यक्ति र यहाँको काम रोकिएको बिच सम्बन्ध छैन । बरू त्यस्तो अभिव्यक्तिले सीमा समस्या समाधानमा दीर्घकालीन असर पर्न सक्छ ।”
Leave a Reply