सम्बन्ध विच्छेद हुने पत्नी वा बुहारीले पाउने अंश हकको प्रश्न
- जेष्ठ १८, २०८३
नेपाल र चीनको प्राचीन मित्रता हार्दिकता र संवेदनाले जेलिएको छ । जनताको स्तर र राज्य स्तरमा जोडिएको त्यो मित्रता २०१३/१४ सालमा व्यवस्थित कूटनैतिक पुनः स्थापनाको रूपमा अघि बढेको देखिन्छ । दुवै देशको राजनैतिक उथलपुथल र प्राकृतिक विकटताले गर्दा दुई देशको सम्बन्ध एक प्रकारको अवरूद्धताको स्थितिमा पुग्यो । पछि चीनमा चिनियाँ जनवादी क्रान्ति र नेपालमा २००७ सालको क्रान्तिपछि दुवै देश नयाँ युगमा प्रवेश गरे र पुनः कूटनैतिक सम्बन्ध आर्थिक एवम् सांस्कृतिकरूपले पनि अघि बढ्यो ।
पञ्चायतकालमा समाजवादी देश र अन्य मित्र राष्ट्रहरूले आ–आफ्ना जनताको करबाट उठाएको रकमले सहयोग गरी खोलिदिएका उद्योगधन्दा र सेवालाई नेपालमा प्रजातन्त्रको पुनः स्थापना २०४६ पछि निजीकरण गर्नुलाई झूट र लुटको अर्थ नलगाएसम्म कुनै पनि हालतमा कसैले पनि न्यायोचित साबित गर्न सक्दैन । जनतालाई सधैँ मूर्ख सम्झने र मूर्ख बनाउन खोज्ने राजनैतिक शासक दलहरूले कुनै पनि नाम र उद्देश्यले गरेको निजीकरण देशद्रोही नै हो भन्ने कुरा समयले साबित गर्नेछ । त्यस अपराधको हिसाब किताबमा अब बन्ने कुनै पनि सरकारहरूले देशमा आफ्नै खुट्टामा उभिएको उद्योगधन्दाको विकास नगरेसम्म तिनीहरूले आफ्ना ‘पाप’ हरूलाई मेचीदेखि महाकालीसम्मका कुनै पनि नदीको पानीले पखाल्नसक्ने छैन ।
जनताले नबुझून् र गरिब जनताले पढ्न नपाऊन् भन्ने उद्देश्यले महिनाको हजारौँ र वर्षको लाखौँ युवाहरू श्रमिक र विद्यार्थीको नाममा विदेश पठाउने षड्यन्त्र पनि अर्काे अपराध हो । यो अपराध नेपालीहरूको बुद्धिको उपज नभई साम्राज्यवादी र विस्तारवादीहरूकै ‘पापी’ काम हुन्; नेपाली शासक र गल्लावालहरू त विदेशीहरूकै पिछलग्गू र रोटीको एक टुक्राको निम्ति पछि दौडने निरीह प्राणी हुन् ।
२१ औँ शताब्दीमा पनि नेपालमा नयाँ पुस्तालाई श्रमिक बनाई विदेश पठाउने षड्यन्त्र अफ्रिकाबाट युरोपमा दास व्यापारीहरूले ठुलो कष्ट दिएर व्यापार गर्न लगेको इतिहासका घटनाहरूसँग मिल्दोजुल्दो छ ।
यस्तो अँध्यारो स्थितिमा पनि छिमेकी चीनले यसै दशकमा आफ्नो देशबाट गरिबी हटाएर देखाउँदा संसारका सबै सभ्य र उज्यालो भविष्य देख्ने मानव जातिको निम्ति खुसीको खबर मात्र नभई एक सुन्दर उदाहरण र आविष्कारै साबित भयो† नत्र हिजो सुनिएका सबैजसो समृद्धिका कथाहरूमा त दासहरू र लाखौँलाख श्रमिकहरूको रगत अनि पसिनाको मूल्यमा शासकहरूको मात्रै समृद्ध जीवनको चिनो हुन्थ्यो । अब दक्षिण एसियाली देशहरूले मात्रै होइन, एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशका जनता तथा युरोपेली देशका जनताले पनि आ–आफ्ना देशबाट गरिबी निर्मूल गर्नसक्ने आशा र व्यवहार खोज्दै जानेछन् ।
यस्तो अन्तर्राष्ट्रिय परिस्थितिमा साउन ७ गते चिनियाँ कम्युनिस्ट पार्टीको ‘राजनीतिक समिति’ का सदस्य एवम् प्रान्तीय स्तरको नगरपालिका, चीनको दक्षिण–पश्चिम क्षेत्रस्थित छोङ छिङ नगरपालिकाका पार्टी प्रमुख युआन चियाच्युन (Yuan Jujun) द्वारा नेतृत्व गरिएको एक प्रतिनिधिमण्डल तीनदिने भ्रमणको सिलसिलामा साउन ८ गते भक्तपुरको अवलोकन भ्रमणमा पुग्यो । उक्त प्रमण्डललाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लाय्कु (दरबार स्क्वायर) मा स्वागत गर्नुभयो । त्यस स्वागत कार्यक्रममा नगरपालिकाका सबै जनप्रतिनिधि विभिन्न सांस्कृतिक टोली र विद्यालयका विद्यार्थीहरूसमेत सहभागी थिए ।
त्यस चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिमण्डलले नेपाल मजदुर किसान पार्टीका नेताहरूसँग पनि भेटघाट र छलफल गरेको समाचारले जनतामा थप खुसीको लहर फैलिएको छ ।
भेटघाटको क्रममा चिनियाँ नेता युआन चियाच्युनले नेपाली जनताले आफ्नो इच्छाअनुसारको राजनीतिक व्यवस्था अपनाउन स्वतन्त्र भएकाले चिनियाँ कम्युनिस्ट पार्टीले सबै नेपाली राजनीतिक पार्टीहरूसँग सम्बन्ध राख्दै आएको र चिनियाँ कम्युनिस्ट पार्टीले नेपालको राजनीतिक मामिलामा अहस्तक्षेपको नीति लिँदै आएको बताउनुभयो । छिमेकी र मित्र देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति स्वागतयोग्य छ ।
९ साउन २०८० (२५ जुलाई २०२३)
सम्पादकीय सङ्कलन, (तेस्रोखण्ड)
Leave a Reply