पन्ध्रदिने ‘बोटल आर्ट’ तालिम सम्पन्न सीपलाई व्यवसायसँग जोड्नुपर्ने
- जेष्ठ १९, २०८३
भक्तपुर, २० जेठ । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा सञ्चालित आठदिने वाक्कला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम बुधबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा संस्थाका सल्लाहकार विष्णुगोपाल कुसीले वाक्कला स्रोता या दर्शकलाई आकर्षण गर्ने र मन जित्ने एक अद्भूत कला भएको चर्चा गर्दै राजनीतिक रूपले स्पष्ट वक्तालाई नै प्रवक्ता राखेको हुन्छ भन्नुभयो ।
गायन कला, वाद्यवादन कला, नाट्यकला, चित्रकला, मूर्तिकला, शिक्षण कलाझैँ वाक्कला पनि महत्वपूर्ण कला भएको औल्याउँदै उहाँले कुनै दलको नेता हुँदैमा सबैसँग वाक्कला हुन्छ भन्ने होइन भन्नुभयो ।
सोही अवसरमा वाक्कलाका सहभागी प्रशिक्षार्थीहरूलाई उहाँले प्रमाणपत्र प्रदान गर्दै आफ्नो वाक्कलालाई परिष्कृत गर्दै लानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले संस्थाले आर्थिक कारोबारका साथै सामाजिक उत्तरदायित्व वहन गर्ने सिलसिलामा वाक्कला तालिम सञ्चालन गरेको बताउनुभयो ।
वाक्कलाले व्यक्तित्व विकाससँगै आय आर्जनसमेत हुने उल्लेख गर्दै उहाँले सीपलाई व्यवहारमा ल्याउनु नै तालिमको उपलब्धि हो भन्नुभयो ।
प्रशिक्षक शरद् राइले हरेक तालिम निरास नभइकन प्रयास जारी राखेमा सफल हुने विश्वास व्यक्त गर्दै एकचोटिको असफलता नै अन्तिम होइन, मनलाई नियन्त्रण गर्दै अघि बढेमा गन्तव्यमा पुग्छ भन्नुभयो ।
प्रशिक्षार्थी श्रीप्रसाद त्यातजुले तालिम अविस्मरणीय भएको स्पष्ट पार्दै संस्थाले व्यक्तित्व विकास गर्ने विभिन्न तालिम सञ्चालन गरेर उदाहरणीय कार्य गरिरहेको बताउनुभयो ।
अर्का प्रशिक्षार्थी रोसनी कार्कीले तालिम प्रभावकारी भएको र आत्मविश्वास बढाएको उल्लेख गर्नुभयो ।
अर्का प्रशिक्षार्थी राकेश सैंजूले तालिमले अल्छि, लाज र डरको अनुभूति भगाएको उल्लेख गर्दै भाषणकला पनि विज्ञान भएको धारणा राख्नुभयो ।
त्यस्तै प्रशिक्षार्थी सम्झना भण्डारीले तालिमले निर्धक्कसँग सहजै विचार राख्न उत्प्रेरित गरेको चर्चा गर्दै प्रमाणपत्र पसिनाको फल हो भन्दै आफ्नो अनुभव व्यक्त गर्नुभयो ।
सूचना तथा प्रकाशन उपसमितिका संयोजक एवं कार्यक्रमका सभापति कृष्णश्वरी दुवालले कोशिश गर्नेको हार नहुने उल्लेख गर्दै तालिमले आचरणमा परिवर्तन ल्याउँछ भन्नुभयो ।
कार्यक्रममा उपसमितिका विकल कोजूले तालिमको औचित्यबारे प्रकाश पार्नुभयो । तालिम जेठ १२ देखि २० गतेसम्म भएको थियो ।
Leave a Reply