वागीश्वरी मा.वि.मा नवआगन्तुक विद्यार्थीलाई स्वागत, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम
- जेष्ठ २२, २०८३
काभ्रे, २२ जेठ । मण्डनदेउपुर नगरपालिका वडा नं. २ निवासी पिता कुलमान वाइबा माता साइली वाइबाका कान्छा छोरा सूर्य वाइबाको देहावसान भएको छ । कलेजोसम्बन्धी रोगका समस्याको कारण टिचिङ अस्पताल महाराजगञ्जमा उपचारको क्रममा जेठ २२ गते शुक्रबार उहाँको देहावसान भएको हो ।
वालाम्हेन्दो सांस्कृतिक समूह नाल्दुमका पूर्व अध्यक्ष, नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ काभ्रेका अध्यक्ष, नेमकिपा काभ्रे जिल्ला समितिका सदस्य वाइबाले जनपक्षीय गायकको रूपमा परिचित हुनुहुन्थ्यो । पेशाले उहाँ शिक्षक हुनुहुन्थ्यो ।
वि.सं. २०४० वैशाख २४ गते जन्मनुभएका वाइबाको माता, श्रीमति, दुई छोरी र एक छोरा हुनुहुन्छ । उहाँको पार्थिव शरीरलाई शुक्रबार स्वयम्भुमा अन्त्येष्टि गरियो । पार्थिव शरीरमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवाल र केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले पार्टीको झण्डा ओढाई अन्तिम बिदाइ गर्नुभयो ।
वाइबाप्रति श्रद्धा सुमन अर्पण गर्दै सचिव सुवालले उहाँले गर्नु भएको राम्रो कामको अनुसरण गर्नु कार्यकर्ताहरूको कर्तब्य भएको बताउनुभयो । उहाँको योगदानबारे नयाँ पुस्तालाई बताउनुपर्ने र युवा पुस्तालाई धुम्रपान, मध्यपानजस्ता कुलतबाट बचाउनुपर्नेमा जोड दिनुभयो । सचिव सुवालले शोकलाई शक्तिमा बदलेर कार्यकर्ताहरूले देश र जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो । सचिव सुवालले यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति समवेदना ब्यक्त गर्नुभयो । दिवंगत वाइबाको योगदानबारे नेमकिपा वैकल्पिक केन्द्रीय सदस्य प्रकाश गुरूङले प्रष्ट पार्नुभएको थियो ।
Leave a Reply