भर्खरै :

निओ फ्युजन स्कूल अफ कम्प्युटरमा मनोविज्ञान र ई—शासनको कार्यशाला सम्पन्न

निओ फ्युजन स्कूल अफ कम्प्युटरमा मनोविज्ञान र ई—शासनको कार्यशाला सम्पन्न

भक्तपुर, २३ जेठ । निओ फ्युुजन स्कूल अफ कम्प्युटरले एसईई २०८२ का विद्यार्थीहरूबिच मनोविज्ञान तथा ई—शासनको कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ । बालबालिका, युवायुवती तथा वृद्धवृद्धामा समेत देखिएका मनोविज्ञानका समस्याबारे पद्यकन्या कलेजमा मनोविज्ञान सङ्कायमा मास्टरमा अध्ययनरत दीपिका यादव र प्रविना बनमालाले आ–आफ्नो धारणा प्रस्तुत गर्नुभयो । बालबालिकादेखि एसईईसम्म अध्ययनरत विद्यार्थीहरूमा देखिएका मनोविज्ञानमा केही डरलाग्दा व्यवहारहरू रहेको उल्लेख गर्दै उहाँले घर परिवार, छरछिमेक तथा विद्यालयमा संलग्न रहेका बालबालिकाहरूमध्ये घर र विद्यालय विशेष गरी एकल परिवारमा परिवारको व्यस्तताले विद्यार्थीमा एक्लोपन र एकान्त बास भएको देखिन्छ भन्नुभयो । एकैछिन रमाउने एकैछिन रिसाउने, आफूले चाहेको जस्तो नभएको खण्डमा आफ्नै शरीरमा कोट्याउने गरेको उल्लेख गर्दै उहाँले यस्तो व्यवहारप्रति परिवार सजग हुनु नितान्त आवश्यक हुने बताउनुभयो ।
दीपिका यादवका अनुसार अहिलेको सामाजिक तथा पारिवारिक परिवेशले बालबालिकामा क्रियटिभ कार्य गर्न गा¥हो भएको देखिएको छ; सामाजिक सञ्जालले बालबालिका एकोहोरोपन भएको देखिन्छ र अरुले गरेको काममा सकारात्मक सोचभन्दा नकारात्मक सोचको विकास बढी भएको देखिन्छ । यादवले भन्नुभयो, “आफूले आफ्ना घर र घर वरिपरिका किशोरकिशोरीलाई अध्ययन गर्दा कुनै विषयमा धेरै बेरसम्म रहिरहन नसकिएको देखिन्छ । छिनछिनमै आफ्नो मनोभाव परिवर्तन गरिरहेको देखिन्छ ।”
प्रविना बनमालाले वृद्धवृद्धाहरूमा देखिएका मनोविज्ञानले बालबालिकाहरूमा समेत असर परेको बताउनुभयो । एसईईका विद्यार्थीहरूलाई लक्ष्य गरी अध्ययन गर्दा विद्यार्थीहरूमा सामाजिक तथा पारिवारिक उत्तरदायित्व नै कम भएको उहाँले बताउनुभयो ।
एसईईका विद्यार्थीहरू आफ्ना मनोभावलाई बुझ्ने तरिका तथा आफूले गर्नुपर्ने जिम्मेवारी, दायित्व कसरी छुट्याउने भन्नेबारेमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन गरिएको थियो ।
नेपाल सरकारको इन्टरनेटका माध्यम गरिएका ई—शासनको जानकारी न्हुज किजुले दिनुभएको थियो । किजुले घरको बिजुलीको बिल भुक्तानी गर्नेदेखि चिया पसलको चियाको भुक्तानी गर्नेसमेतमा इन्टरनेटको सहायतामा गरिएको देखिन्छ भन्नुभयो ।
कार्यक्रममा निओ फ्युजन स्कूल अफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालाले कम्प्युटरको ज्ञानका साथै आवश्यक विषयवस्तुको ज्ञान, विद्यार्थीलाई सीपमूलक तालिमहरू सञ्चालन गर्नुका साथै आवश्यक सामाजिक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *