शिक्षालाई सीपसँग जोड्न सके बेरोजगारी दर घट्ने
- जेष्ठ २५, २०८३
भक्तपुर, २५ जेठ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडको अन्तरलगानी तथा वित्तीय प्रवद्र्धन उपसमितिको आयोजनामा एकदिने ‘कोपोमिस (COPOMIS) तालिम’ सम्पन्न भयो । भक्तपुरको क्लव वाग्मतीमा जेठ २४ गते आयोजित उक्त तालिममा सहकारीहरूको नियामक प्रणाली कोपोमिसको व्यावहारिक प्रयोग, डिजिटल प्रणालीबारे विस्तृत छलफल भएको छ । तालिममा कोपोमिस प्रणालीमा सूचना र तथ्याङ्क अद्यावधिक (डेटा अपडेट) नगरे सहकारीहरूले करचुक्ता प्रमाणपत्र र दृष्टि बन्धक रोक्का सुविधासमेत नपाउने विषयलाई मुख्य रूपमा उठाइएको छ ।
सङ्घका उपाध्यक्ष जगनाथ प्रजापतिले तालिममा सिकेका प्राविधिक ज्ञानलाई आ–आफ्नो कार्यालयको दैनिक कार्य सम्पादनमा अनिवार्य उपयोग गर्न निर्देशन दिनुभयो । हालै आएको अध्यादेशका कारण कर्मचारीहरूलाई काम गर्न गा¥हो भइरहेको अवस्थामा समसामयिक विषयको ज्ञान झन् आवश्यक हुने उहाँको भनाइ थियो ।
अध्यादेशले सहकारी सङ्घहरूलाई कमजोर बनाउनु सहकारी संस्था र समग्र सहकारी अभियानलाई नै कमजोर बनाउने उहाँले बताउनुभयोे ।
सङ्घका कोषाध्यक्ष कृष्णश्वरी मचामसीले अहिलेको जटिल परिस्थितिमा सहकारी संस्थाहरू कानुन र प्रविधि दुवै कुरामा सचेत हुनुपर्ने बताउनुभयो । सङ्घले सधैँ सहकारीहरूलाई विभिन्न नीति–नियमबारेमा जानकारी दिँदै आएको र यस तालिमले कोपोमिसबारे बुझ्न थप मद्दत पु¥याएको विचार उहाँले राख्नुभयो ।
भक्तपुर बचत सङ्घका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी क्षेत्रमा प्रविधिको महत्व बढ्दै गएको र सङ्घले पनि कोपोमिसलगायतका विभिन्न प्राविधिक तालिम कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । हालै जारी गरिएको नयाँ अध्यादेशका कारण सहकारी क्षेत्रमा गम्भीर असर परेको उहाँले औँल्याउनुभयो ।
“अध्यादेशका कतिपय प्रावधानले सहकारी संस्थाहरूलाई कमजोर बनाउने निश्चित छ,” उहाँले भन्नुभयो । उहाँले कर्मचारीहरूलाई वर्तमान अध्यादेश र कानुनी व्यवस्थाबारे पूर्ण रूपमा जानकार हुन आग्रह गर्नुभयो ।
तालिमका प्रशिक्षक सहकारी विभागका ई. प्रेमप्रसाद थारुले कोपोमिसजस्ता प्राविधिक प्रणालीहरू निरन्तर अभ्यास गरेर मात्र पोख्त हुन सकिने बताउनुभयो । विस्तारै र नियमित रूपमा कार्य गर्दा प्रयोगात्मक कुराहरू सहजै सिक्दै जान सकिने उहाँको सुझाव थियो ।
तालिमको समापन सत्रमा सङ्घको अन्तरलगानी तथा वित्तीय प्रवद्र्धन उपसमितिका सदस्य योगेन्द्रबहादुर खर्बुजाले व्यस्त समयका बाबजुद सहभागी भई प्रविधि सिक्न उत्सुकता देखाएकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
उपसमितिका सदस्य अनिलकुमार सुवालले कार्यक्रमबारे प्रकाश पार्नुभयो ।
Leave a Reply