वाग्मती प्रदेश प्रमुख देवकोटा भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकनमा
- जेष्ठ २९, २०८३
भक्तपुर, २९ जेठ । ब्रह्मायणी आधारभूत विद्यालय लिबालीमा शैक्षिक सत्र २०८३ को लागि भर्ना हुन आएका नवआगन्तुक विद्यार्थीहरूलाई शुक्रबार अभिभावकको उपस्थितिमा एक विशेष स्वागत कार्यक्रमको आयोजना गरियो ।
सोही अवसरमा २०८२ सालको वार्षिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो हुन सफल उत्कृष्ट विद्यार्थीहरूलाई पनि पुरस्कारद्वारा सम्मान गरिएको थियो । साथै चालीस जना विद्यार्थीलाई प्रतिविद्यार्थी रु. ४०० (चार सय रुपैयाँ) का दरले रू. १६,०००। (सो¥ह हजार) रुपैयाँ छात्रवृत्ति प्रदान गरियो ।
विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष ज्ञानसागर प्रजापतिको आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले विद्यार्थीहरूलाई शिक्षक र अभिभावकहरूले डर, त्रास देखाएर नपढाउन आग्रह गर्दै विद्यार्थीलाई अरूसँग तुलना गरेर कसैलाई नहोच्याउन अनुरोध गर्नुभयो ।
आइतबार पनि बिदा दिने सरकारी उर्दीले शिक्षकलाई सुविधा भए पनि त्यो विद्यार्थी र अभिभावकको हितमा नभएको चर्चा गर्दै उहाँले हाल सात महिना विद्यालय सञ्चालन गरेर पाँच महिना बिदा बसी ते¥ह महिनाको पारिश्रमिक पाइरहेको अवस्थामा अब आइतबार बिदा दिए पाँच महिना विद्यालय सञ्चालन गरेर सात महिना बिदा बसी ते¥ह महिनाको तलब प्रदान गरिने अवस्था आउँछ† यसबारे अभिभावकले आफ्नो अभिमत राख्नुपर्ने धारणा राख्नुभयो
लगत्तै अभिभावकहरूको अभिमत माग्दा सबै एकै स्वरमा अभिभावकले आइतबार बिदा दिन नहुने बताएका थिए ।
पर्याप्त शिक्षक दरबन्दी नहुँदा निजी स्रोतबाट शिक्षक राख्नु परेको उदाहरण दिँदै उहाँले त्यसको लागि अभिभावकसँग सहयोग लिनुपरेको पनि बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ८ का वडा सदस्य सुमित्रा बोहजुले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी विद्यार्थीको प्रतिभा प्रस्फुटनमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले विद्यार्थीलाई सांस्कारिक बनाउन घर परिवार अभिभावकको महत्वपूर्ण भूमिका हुने हुँदा बालबच्चाको अगाडि अपशब्द नबोल्न, झैझगडा नगर्न पनि अनुरोध गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रअ तीर्थलक्ष्मी धन्छा, शिक्षिकाहरू इन्दिरा लाछिमस्यु र सरस्वता थापासहित विद्यार्थीहरूले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले धाँ बाजा प्रस्तुत गर्नुका साथै कक्षागत नृत्यहरू पनि प्रदर्शन गरेका थिए ।
Leave a Reply