भर्खरै :

चितवनमा ‘श्रमिक’ साप्ताहिकको अध्ययन गोष्ठी

चितवनमा ‘श्रमिक’ साप्ताहिकको अध्ययन गोष्ठी

कोराक, ३० जेठ । नेपाल मजदुर किसान पार्टी चौथो जिल्ला सम्मेलन तयारी समिति, चितवनको आयोजनामा ‘श्रमिक’ साप्ताहिकको अध्ययन गोष्ठी शनिबार सम्पन्न भयो ।
सो कार्यक्रममा आयोजक समितिका संयोजक हरिप्रसाद दुवालले पार्टी प्रकाशनको निरन्तर अध्ययन र छलफलले कार्यकर्ताहरू परिपक्व हुने र सङ्गठन विस्तारमा टेवा पुग्ने बताउनुभयो ।
पार्टीको सिद्धान्त र विचारबाट सुसूचित भएका कार्यकर्ताहरूलाई पुँजीवादी विचारले सजिलै छुन्न नसक्ने उहाँले भन्नुभयो ।
उहाँले रास्वपाको सरकारले ल्याएको बजेटमा शिक्षा, स्वास्थ्य र बिजुलीमा करको व्यवस्था गरेबाट मजदुर र किसानको सरकार नभएको स्पष्ट भएको बताउनुभयो ।
उहाँले बालेन सरकार अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको बलमा अगाडि आएकोले नेपाली जनताको हित नगर्ने स्पष्ट पार्नुभयो ।
उक्त कार्यक्रममा विष्णु शर्मा, ज्ञानेन्द्र चेपाङ, सुमित्रा महतो, मोहनबहादुर चेपाङ, अर्जुन चेपाङ, सन्तबहादुर पाख्रीन, प्रकाश चेपाङलगायतले बोल्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *