भर्खरै :

भक्तपुर नगरपालिकाको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न

भक्तपुर नगरपालिकाको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न

भक्तपुर, ३० जेठ । भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष लिँदै आएको छात्रवृत्ति छनौट परीक्षा शनिबार सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाभित्र कक्षा ११ र १२ सञ्चालित विद्यालयहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि एसईई परीक्षाको नतिजा प्रकाशनपछि पालिकाले परीक्षा सञ्चालन गरी छात्रवृत्तिको लागि सिफारिस गर्ने गरिन्छ ।
८ सय १ जना परीक्षार्थीहरूमध्ये ७ सय १५ जना सहभागी भएको परीक्षामा विज्ञान विषयमा ४ सय ४४ जना व्यवस्थापन विषयमा २ सय ३९ मानविकी विषयमा ८ जना कानुन विषयमा १७ जना र शिक्षा विषयमा ७ जनाले भक्तपुर नगरपालिकाभित्र कक्षा ११ र १२ सञ्चालित विभिन्न विद्यालयमा छात्रवृत्तिमा अध्ययनका लागि परीक्षा दिएका हुन् ।
ख्वप कलेज देकोचा केन्द्रमा सञ्चालन भएको छनौट परीक्षाको निरीक्षण भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र भक्तपुर नगरपालिका ७ नं वडाका वडा अध्यक्ष उकेश कवांले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *