भर्खरै :

बोडेमा दुईदिने आत्मरक्षा तालिम सम्पन्न

बोडेमा दुईदिने आत्मरक्षा तालिम सम्पन्न

भक्तपुर, ३० जेठ । मध्यपुर नगरपालिका वडा नं. ८ को आयोजनामा जेठ २८ र २९ सामुदायिक विद्यालय, संस्थागत विद्यालयका किशोरी, शिक्षिका तथा बोडेका विभिन्न महिला समूहका लागि दुईदिने आत्मरक्षा तालिम मध्यपुर नपा वडा नंं ८ का वडाध्यक्ष रमेश थापा श्रेष्ठको आतिथ्यमा शनिबार सम्पन्न भयो ।
“मेरो सुरक्षा म आफै गर्न सक्छु ।” भन्ने मूल नाराका साथ किशोरी, शिक्षिका तथा बोडेका विभिन्न महिला समूहहरूलाई लक्षित गर्दै सञ्चालित दुईदिने आत्मरक्षा तालिम कार्यक्रमको समापन कार्यक्रममा मध्यपुर नपा वडा नं.८ का वडाध्यक्ष थापा श्रेष्ठले आत्मरक्षा तालिमले किशोरी, शिक्षिका तथा महिलाहरूलाई लक्षित यस आत्मरक्षा तालिमले सबैको मनोबल बढ्ने तथा भैपरिआउने स्थितिमा आफूलाई सुरक्षा गर्न सक्नेछ भन्नुभयो ।
दुईदिने चेतनामूलक आत्मरक्षा तालिमको प्रमुख प्रशिक्षक पद्मा खयरगोलीले आत्मरक्षासँग सम्बन्धित विभिन्न विषयबारे प्रकाश पार्दै सामाजिक परिस्थिति, कानुनी अपराध, नियमकानुन, आपत्कालीन अवस्थाका लागि शारीरिक बलभन्दा टेक्निकल टिप्स आदिबारे जानकारी दिनुभयो । प्रशिक्षक रवीन्द्र श्रेष्ठले आत्मरक्षासँग सम्बन्धित दैनिक अभ्यास तथा टेक्निकल टिप्सहरू प्रशिक्षार्थीहरूमाझ प्रयोगात्मक तरिकाहरू प्रस्तुत गर्नुभएको थियो ।
आत्मरक्षा तालिमको समापन कार्यक्रममा मध्यपुर नपा वडा नं ८ वडाध्यक्ष रमेश थापा श्रेष्ठले प्रशिक्षकहरू पद्मा खयरगोली तथा रवीन्द्र श्रेष्ठलाई कदरपत्र प्रदान गर्नुभएको उक्त कार्यक्रमको संयोजन सुरेन्द्र था श्रेष्ठले गर्नुभएको थियो । वडा ९ का महिला सदस्य उज्वला थापा श्रेष्ठ, मनिषा परियार तथा वडा सचिव रञ्जन प्रजापतिको सकृय सहभागिता थियो ।
मनपा वडा नंं ८ बोडेका स्थानीय सामुदायिक तथा निजी विद्यालयहरू लोटस इनोभाटी स्कूल, प्राइम एकेडेमी, एडभान्स एकेडेमी, बोडे मावि, लर्ड बुद्ध ई. सेकेन्डरी स्कूल, ग्लाडस्टोन एकेडेमी, ज्ञानसुधा पाठशालाका १५० किशोरी तथा शिक्षिकालगायत मध्यपुर वडा नं. ८ बोडे विभिन्न महिला समूहहरूका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *