सन्तति आविमा छात्रवृत्ति वितरण तथा स्वागत
- जेष्ठ ३०, २०८३
भक्तपुर, ३० जेठ । नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको २४ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् नेपाल पत्रकार महासङ्घ, केन्द्रीय समितिका महासचिव रामप्रसाद दाहालले अहिलेको सरकारले सूचनाको पहँुचलाई राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा जस्तो पु¥याएको बताउँदै यो साधारणसभालाई आन्दोलनको सभाका रूपमा अघि बढाउनुपर्ने औँल्याउनुभयो । उहाँले पत्रकारिता क्षेत्रप्रति सरकारको मनै दूषित रहेको बताउँदै सञ्चार संस्था र श्रमजीवी पत्रकारप्रति गरेको प्रेस स्वतन्त्रताको हननप्रति खेद व्यक्त गर्नुभयो । मिडियासँग सरकार आतङ्कित भएको र सरकारले पत्रकारको सूचना सम्प्रेषण गर्ने कार्यमा बाधा व्यवधान गरेकाले नेपालको संविधान, २०७२ बाट स्थापित पूर्ण प्रेस स्वतन्त्रता कुण्ठित भएको बताउनुभयो । पूर्ण प्रेस स्वतन्त्रता र पत्रकारको हक हित र सुरक्षाका लागि यही असार ५ गते काठमाडौँ उपत्यकाकेन्द्रित कडा आन्दोलन गर्ने चेतावनी उहाँले दिनुभयो ।
अर्का केन्द्रीय सदस्य सूर्य सुवेदीले पत्रकार हक हितका लागि महासङ्घको केन्द्रले गरेका विभिन्न गतिविधिको बारेमा उल्लेख गर्दै केन्द्रले गरेका हरेक गतिविधिमा सबै श्रमजीवी पत्रकारले साथ दिनुपर्नेमा जोड दिनुभयो ।
उपत्यका प्रदेशका कार्यवाहक अध्यक्ष रोजीना थापा, भक्तपुरका पूर्वअध्यक्ष नारायणसुन्दर किलम्बु, पत्रकार कविर राणा, काठमाडौँका अध्यक्ष शोभा अर्याल, ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीलगायतले शुभकामना दिएको उक्त साधारणसभामा हरिसुन्दर छुकां, नविना खर्बुजा, मदन ढुङ्गाना, आशिष पौडेल, रोशन शिल्पकार, पुष्करराज बुढाथोकीले पनि बोल्नुभएको थियो ।
महासङ्घका कोषाध्यक्ष रामगोपाल तमखुले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन र सहसचिव दिनेश कार्कीले प्रस्तुत गरेको कार्यसमितिको प्रतिवेदन आवश्यक छलफलपछि पारित गरेको उक्त साधारणसभाको सभापतित्व ग्रहण गर्दै सुन्दर शिल्पकारले महासङ्घले पत्रकारिता क्षेत्रलाई छापा माध्यमबाट डिजिटल माध्यममा लान विभिन्न तालिम तथा कार्यक्रमहरूको आयोजना गरेको स्पष्ट पार्नुभयो ।
Leave a Reply