भक्तपुर नगरपालिकाको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न
- जेष्ठ ३०, २०८३
भक्तपुर, ३० जेठ । नपली, सिर्जनानगर स्थित सन्तति आधारभूत विद्यालयमा शुक्रबार विद्यालयमा अध्ययनरत छात्राहरूलाई छात्रवृत्ति वितरण तथा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरियो ।
उक्त कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा भक्तपुर नगरपालिकाले विभिन्न गतिविधि गरिरहेको बताउँदै विद्यार्थीको शैक्षिक विकासका लागि अभिभावकले समेत महत्वपूर्ण भूमिका निभाउनुपर्ने बताउनुभयो ।
उहाँले विद्यालयको शैक्षिकस्तर वृद्धिसँगै विद्यालयको शैक्षिक तथा प्रशासनिक कामका लागि आवश्यक शिक्षक तथा जनशक्ति परिपूर्तिको लागि पहल भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य भोजराज बस्नेतले नेपाल सरकारले विद्यार्थीका लागि प्रदान गरिएको छात्रवृत्ति समयानुकूल वृद्धि हुन सकेको बताउँदै विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धिलाई ध्यानमा राखेर नगरपालिकाले आवश्यक गरिरहेको बताउनुभयो ।
उहाँले कमजोर विद्यार्थीलाई भर्ना लिएर उत्कृष्ट नतिजा दिन सक्नु विद्यालयको सबल पक्ष भएको बताउँदै कामगरी खाने मजदुरवर्गका छोराछोरीलाई शिक्षाबाट वञ्चित गर्न सामुदायिक विद्यालयलाई उपेक्षा गर्नु गलत रहेको बताउनुभयो ।
विद्यालयका प्रअ दीपक माकले विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई परिष्कृत गर्ने अभियानमा विद्यालयका शिक्षकशिक्षिकाको सहकार्यमा स्थानीय अभिभावक, वडा कार्यालय तथा भक्तपुर नगरपालिकाको सहयोग रहेको बताउँदै विद्यार्थीले पढाइसँगै व्यवहारिक ज्ञानलाई अगाडि बढाउन बदलिँदो समयानुसार विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी हुनुपर्ने बताउनुभयो ।
सोही कार्यक्रममा विद्यालय समिति सदस्यद्वय सम्झना प्रेमी तथा रेखा श्रेष्ठ, शिक्षकद्वय जगन्नाथ डुम्रे तथा कृष्णमाया बस्नेतलगायत छात्रा निशिका खत्री लगायतले बोलेका थिए ।
विद्यार्थीहरूले विभिन्न आकर्षक नृत्यसमेत देखाइएको उक्त कार्यक्रममा ५५ जना पुरानो छात्राहरूले छात्रवृत्ति तथा नयाँ ५० जना विद्यार्थीहरूले शैक्षिक सामग्री पाएका थिए ।
साथै २०८२ को वार्षिक परीक्षामा कक्षागत तीन उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कारसमेत दिएको थियोे ।
वर्षभरि भर्ना अभियान चल्ने यस विद्यालयमा शैक्षिकसत्रको जेठ महिनासम्ममा १९५ जना विद्यार्थी रहेको छ ।
Leave a Reply