भर्खरै :

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – २८

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – २८

प्रहरी वृत्त नयाँ बानेश्वर काठमाडौँमा कार्यरत प्रहरी सहायक हवल्दार लक्ष्मण राज जैसी :
२०८२।०५।२४ गते बिहान ७ः०० बजेदेखि मलगायत २५–३० जना प्रहरी कर्मचारी कार्यालय सुरक्षार्थ खटिएका थियौँ । प्रदर्शनकारीहरूले बिहान १०ः०० देखि १२ः०० बजेसम्म पटकपटक कार्यालयमा ढुङ्गामुढा गरे । दिउँसो ४ देखि ५ हजारको भिडमा आएका प्रदर्शनकारीहरूले अन्यत्रबाट लुटेका हातहतियार, मट्टीतेल, डिजेल, पेट्रोल भरेका प्लास्टिकका बोतल, धारिला हतियार, फलामका रड, इँटा, ढुङ्गा, लाठीसमेतले प्रहरी वृत्त नयाँ बानेश्वरको कार्यालयमा आक्रमण गरे । हामीले भिडलाई रोक्न पटकपटक अश्रुग्यास तथा हवाई फायर ग¥यौँ । नजिकै रहेको सशस्त्र प्रहरी पनि सो स्थानबाट अन्यत्र गए । त्यसपछि प्रदर्शनकारीहरू मूल गेट फोडेर कार्यालयभित्र प्रवेश गरे । उनीहरूले साथै ल्याएका मट्टीतेल, डिजेल, पट्रोल छर्किएर पार्किङमा रहेका सवारी साधन तथा कार्यालयमा आगो लगाए । पेट्रोल बमसमेत प्रहार गरेर ध्वस्त पारे ।
भिडलाई रोक्न सक्ने अवस्था नभएको हुँदा हामी नजिक रहेको V=S निकेतन स्कूलमा गयाँै । आन्दोलनकारीहरू स्कूलमा समेत आएर जबरजस्ती बर्दी खोल्न लगाए । हामीलाई लाइनमा राखेर फलामे रड, धारिला हतियार, इँटा, ढुङ्गामुढा, मुक्का, लात्ता प्रहार गर्दै लेखेटी लखेटी कुटपिट गरे । त्यसपछि कार्यालत्न्दा १०० मिटर अगाडि बाग्मती पुलमुनि लगेर यातना दिए । जबरजस्ती बाग्मती खोलामा धकेलेर वारिपारिबाट निर्ममतापूर्वक इँटा, ढुङ्गा प्रहार गर्दै निर्घात कुटपिट गरे । सो घटनामा म घाइते भई एक दिन बानेश्वरस्थित निजामती अस्पताल र ६ दिन महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा भर्ना भई उपचार गराएको हो । मेरो टाउकोलगायत शरीरको विभिन्न भागमा गहिरो चोट लागेको थियो । प्रदर्शनकारीहरूले प्रहरी कार्यालय तोडफोड गरी कार्यालयमा रहेका हातहतियार, गोलीगठ्ठा, नगद तथा जिन्सी मालसामान लुटेर आगजनीसमेत गरे ।
प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी सहायक हवल्दार गणेश खड्का :
भदौ २४ गते प्रहरी प्रभाग कोटेश्वरमा अन्दाजी बिहान ११ः०० बजे आन्दोलनकारीहरूले ढुङ्गा, इँटा, पेट्रोल बम, लाठीसमेतले प्रहार गर्न थालेपछि हामी पछि सर्दै कार्यालयको कम्पाउन्डभित्र प्रवेश ग¥यौँ । उत्तेजित समूहले चारैतिरबाट ढुङ्गा, इँटा, खुकुरी, भालासमेतले आक्रमण गर्दा शरीरमा लगाएको बडी प्रोटेक्टर, हेल्मेट सिलसमेत टुटफुट भए । मेरो दाहिने हातको कान्छी औँलामा चोट लाग्यो । आत्मरक्षा गर्न नसक्ने अवस्था भएपछि सबै प्रहरी ज्यान जोगाउन भाग्न थाले । सो क्रममा म पनि भागेर प्रहरी प्रभागसँगै रहेको भृकुटी भवनभित्र प्रवेश गरी ज्यान जोगाएको हुँ। अन्य साथीहरू को कता गए थाहा भएन । मसँग भृकुटी भवनभित्र रहेका १५–१६ जना साथीमध्ये केहीलाई चोटपटक लागेको थियो ।
प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी सहायक हवल्दार रुद्रप्रसाद गौतम :
२०८२ भदौ २४ गते बिहान अन्दाजी १०ः३० बजे चार पाँच सय जनाको समूहले कार्यालयमा आक्रमण गर्न खोज्दा स्थानीयले कोटेश्वर चोकबाटै हातेमालो गरी सम्झाइबुझाइ तीनकुनेतर्फ पठाएको हो । फेरि अं. ११ः०० बजे कोटेश्वर आकाशे पुलतर्फबाट आउँदै गरेको हुलले कोटेश्वर ट्राफिक कार्यालयमा तोडफोड गर्दै आगो लगाए । तत्पश्चात् उक्त हुलले प्रहरी प्रभाग कोटेश्वरको गेटमा आएर ढुङ्गामुढा गर्न थाले; कार्यालयभित्र पेट्रोल बमसमेत फाले । करिब १२ः३० बजे अन्दाजी ३ हजार ४ हजारको हुल प्रहरी प्रभाग कोटेश्वरको कार्यालय बाहिर गेटमा आएर ढुङ्गामुढा गरे । उक्त हुलले “तिमीहरू अफिसबाट निस्क, होइन भने भित्रै जलाएर मारिदिन्छौँ !” भन्दै आक्रमण गर्न थाले । हामी कार्यालय बायाँतर्फको सडकपेटीबाट भाग्दै एकजना स्थानीयको घरमा छिरेर ४/५ तला माथि कोठामा भित्रबाट चुकुल लगाएर बस्यौँ ।
कार्यालय जलाइसकेपछि उक्त हुल हामी बसेको ठाउँमा बाहिरबाट ढोका फोडेर भित्र प्रवेश ग¥यो । त्यसपछि म झ्यालको सिसा फुटाएर अर्को घरमा हाम फालेर फूल रोपेको ठाउँमा बसेको थिएँ । भागेको १०–१५ मिनेटमै फेरि २५÷३० जनाको समूहले मलाई “अब यसलाई मार्नुपर्छ” भन्दै घरको छतबाट लतार्दै खुट्टामा समाएर सिँढीबाट घिसार्दै तल झारे । इँटा, लाठी, लात्ता र मुक्काले टाउकोमा प्रहार गर्दै सडक पेटीको किनारमा फाले । केहीले ‘यसलाई मार्नुपर्छ’, केहीले ‘यो म¥यो छोड्दे’, केहीले ‘अस्पतालमा लगेर फ्याँकिदिउँ’ भनेर बोलेको अलिअलि याद छ । सडक पेटीमा ल्याएर कुटपिट गरेपश्चात् म बेहोस भएछु । एकजना स्थानीय महिलाले “यो त कोटेश्वरको भाइ हो, यसलाई मैले चिनेको छु” भनेर मलाई केएमसी अस्पताल सिनामङ्गल पठाउनुभएको रहेछ । २५ गते होस खुल्दा म काठमाडौँ मेडिकल कलेज सिनामङ्गलको बेडमा रहेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *