भर्खरै :

संसद्मा ‘बालेनको अराजक अभिव्यक्ति’ हटाउनुपर्ने विषय र नियमापति

संसद्मा ‘बालेनको अराजक अभिव्यक्ति’ हटाउनुपर्ने विषय र नियमापति

काठमाडौँ, ३ असार । प्रतिनिधिसभाको असार ३ गतेको बैठकमा विपक्षी दलका एक सांसदले आकस्मिक समयमा ‘प्रम बालेनले अराजक र गैरजिम्मेवार अभिव्यक्ति दिएको’ बताएपछि सत्तापक्षका एक सांसदले सो भनाइमा नियमापति गर्दै ‘प्रम अराजक भएको’ भनाइ अभिलेखबाट हटाउनुपर्ने बताए ।
विपक्षीका अर्का सांसदले सभामुख ‘डीपी अर्यालले आफू निर्वाचित भएर आएको पार्टी रास्वपासँग नाभी काट्न नसकेको’ बताएपछि सत्तापक्षका अर्का सांसदले नियमापति गर्दै ‘सभामुखले पदअनुकूल आचरण नगरेको प्रस्तावमा बाहेक सभामुखको आचरणबारे बोल्न नहुने’ हुँदा सो भनाइ अभिलेखबाट हटाउनुपर्ने बताए ।
सभामुख अर्यालले आफ्नोबारे उठेको विषयमा ध्यानाकर्षण भएको स्पष्ट पारे भने प्रधानमन्त्री बालेनले अराजक र गैरजिम्मेवार अभिव्यक्ति दिएकोबारे केही बोलेनन् ।
प्रतिनिधिसभामा प्रम बालेनले ‘नेपालले भारतको सीमा मिचेको छ’ भनी बोलेको विषय अभिलेखबाट हटाउनुपर्ने वा संसद्मै आएर बालेनले गल्ति सच्याउनुपर्ने आवाज विपक्षीले राख्दै आए पनि सत्तापक्षले चासो राखेको छैन ।
विपक्षी दलका अर्का सांसदले २०८२ भदौ २३ र २४ गतेको जेनजीको भनिएको आन्दोलनमा लागेका कोही जान्ने, बोल्ने, पावर हुने सांसद र मन्त्री हुनुपर्ने, देश चलाउनुपर्ने, सोझासीधा जेल बस्नुपर्ने किन भनी प्रश्न गरेका थिए भने राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा उल्लेख आरोपितहरूमाथि कारबाही नभएकोबारे पनि जिज्ञासा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *