आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
नयाँ दिल्ली, भारत, १४ जेठ (रासस-एएफपी)- भारतले अमेरिकाद्वारा इरान र भेनेजुयलामाथि लगाएको प्रतिबन्धको बेवास्ता गर्दै ती मुलुकसँगको व्यापारिक कारोबारलाई जारी राख्ने भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सोमबार बताउनुभएको छ ।
एक पत्रकार सम्मेलनमा अमेरिकाद्वारा इरान र भेनेजुयलामाथि लगाइएको प्रतिबन्धको प्रभाव भारतमा पनि पर्नेछ भन्ने प्रश्नमा स्वराजले भन्नुभयो, “भारतले दवावमा परेर विदेश नीतिलाई नबनाउने बताउनुभयो ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही महिना इरानसँगको आणविक सम्झौता नमान्ने भन्दै इरानविरुद्ध सन् २०१५ को सम्झौतापूर्व लगाइएका प्रतिबन्धलाई पुनः कार्यान्वयनमा लान निर्देशन दिनुभएको थियो ।
वासिङ्टनले भेनेजुयलाका राष्ट्रपति निकोलास माडुरो नयाँ कार्यकालका लागि पुनः निर्वाचित भएसँगै भेनेजुयलाविरुद्ध पनि आर्थिक प्रतिबन्धलाई कडा पारेको छ ।
यी दुबै मुलुकहरू भारतमा पेट्रोलियम पदार्थको आपूर्ति गर्ने प्रमुख मुलुकहरू हुन् । अमेरिकाले इरानसँग व्यापारिक सम्बन्ध राख्ने कुनैपनि विदेशी कम्पनी आँफै सजायँ पाउने छन् भनी यस पहिल्यै चेतावनी दिएको थियो ।
“नयाँ दिल्लीले ‘उन्नतीरोधक नीति’ मा विश्वास नगर्ने र विदेशी मुलुकबाट शासित नहुने,” भारतीय विदेशमन्त्री स्वराजले बताउनुभयो ।
भारतले आफ्नो विदेश नीतिलाई विदेशी दवावमा परेर नबनाउने बताउँदै पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीले संयुक्त राष्ट्रसंघको प्रतिबन्धलाई मान्छौँ तर कुनै राष्ट्र विशेषको प्रतिबन्धमा विश्वास गर्दैनौ ।”
भारतीय विदेशमन्त्री स्वराजको भारत भ्रमणमा रहेका इरानी समकक्षीसँग सोमबार हुने भेटभन्दा केही पहिले सञ्चारकर्मीसँगको कुराकानीमा उक्त भनाई आएको हो ।
भारत र इरानबीच सन् २०१६÷०१७ मा १२ अर्ब ९० करोड अमेरिकी डलर बराबरको दुईपक्षीय ब्यापार भएको थियो । भारतले समयमा १० अर्ब ५० करोड अमेरिकी डलर बराबरको सामान, खासगरी कच्चा पेट्रोलियम पदार्थको, आयात गरेको थियो भने २ अर्ब ४० करोड अमेरिकी डलर बराबरको सामान निर्यात गरेको थियो ।
भारतको इरानसँग पेट्रोलियम पदार्थबाहेक ओमानको खाडीमा चाबहार बन्दरगाह बनाउने प्रतिवद्धताका कारण पनि बिशेष चासो रहेको छ । उक्त बन्दगाहबाट भारतले आफ्नो प्रतिस्पर्धी छिमेकी मुलुक पाकिस्तान नभैकन गल्फसँग ब्यापारिक मार्ग खुलाउन चाहन्छ ।
भारतले इरानमाथिको अमेरिकी प्रतिबन्धको रापबाट रुपैँयार रियलबाट ब्यापारिक कारोबारको मार्ग प्रशस्त पनि गर्न चाहेको सञ्चारमाध्यमहरूले आफ्ना रिपोर्टहरूमा जनाएका छन् ।
भारतीय विदेशमन्त्री स्वराजले इरानकासाथसाथै भेनेजुयलासँगको कारोबारलाई समेत जारी राख्ने बताएपनि भेनेजुयलाले लागु गरेको अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) लाई भने भारतीय केन्द्रीय बैंकले रोक लगाएकाले कुन माध्यमबाट ब्यापारिक गतिविधिलाई अघि बढाउने भन्नेमा अझै निर्णय भएको छैन ।
हामीले क्रिप्टोकरेन्सीको विकल्प के हुन सक्छ यसबारे सोचिरहेका छौँ, उहाँले भन्नुभयो ।
Leave a Reply