क्युवाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक
- असार ५, २०८३
भक्तपुर, ५ असार । भक्तपुर नगरपालिकाको आयोजनामा सिथि नखाः पर्वको अवसरमा चित्रकला प्रतियोगिता शुक्रबार दरबार स्क्वायरमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरूले आफूसँग भएको सीपलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कलाकार देशको सम्पत्ति भएको धारणा राख्दै उहाँले चित्रकार चित्रले धेरै कुरा दर्शाउने भएकोले चित्रमार्फत भक्तपुरको कला, संस्कृति र सम्पदाको विषयमा देश विदेशमा प्रचारप्रसारमा सहयोग पुग्नेछ भन्नुभयो ।
भक्तपुर नगरपालिकाले विभिन्न विषय अध्ययनको लागि छात्रवृत्ति वितरण गर्दै आएको र उच्च शिक्षा अध्ययनका लागि ऋण पनि उपलब्ध गराउँदै आएको प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिका शिक्षा शाखाका प्रमुख साधुराम फुयालले चित्र कोर्ने कलाकारले चित्रमार्फत भक्तपुरको जनजीवनलाई उजागर गर्नुका साथै यहाँको कला, संस्कृति र सम्पदालाई चित्रमार्फत देखाएको बताउनुभयो ।
कलाकार जगतराम धुख्वाले कलाकारले आफ्नो सीपलाई निरन्तरता दिनुपर्ने र आफूसँग भएको सीपलाई अरूलाई पनि सिकाउँदै लानुपर्ने बताउनुभयो ।
चित्र लेख्नको लागि प्रतियोगितामा कक्षा ५ सम्मका लागि कला, संस्कृति र सम्पदा विषय दिइएको थियो भने कक्षा ६ भन्दा माथिका लागि वातावरण र हाम्रो दैनिक जीवन दिइएको थियो ।
प्रतियोगितामा २ सय ७२ जनाको सहभागिता थियो । प्रतियोगिताको कला, संस्कृति र सम्पदा विषयक कक्षा ५ सम्मको समूहबाट वागीश्वरी माध्यमिक विद्यालयका लोककुमारी मगर प्रथम, सूर्योदय सेकेन्डरी स्कूलका रिया मुस्याख्व द्वितीय र राजर्षी गुरूकुलका हार्पर नोरा प्रजापति तृतीय भएका थिए । वातावरण
र हाम्रो दैनिक जीवन विषयमा सैनिक आवासीय महाविद्यालयबाट अमन श्रेष्ठ प्रथम, एभरेस्ट इङगलिस स्कुलका संचिता बाटी द्वितीय र साइनिङ स्टुडेन्टस् एकेडेमीका रेगन घटाने तृतीय भएका थिए ।
प्रतियोगिताको उत्कृष्ट विद्यालय र विद्यार्थीहरूलाई प्रमुख प्रजापतिले ट्रफीसँगै नगद, प्रमाणपत्र र पुरस्कार वितरण गर्नुभएको थियो ।
Leave a Reply