भर्खरै :

मेचीनगरमा नेपाली भूमि अतिक्रमण तीव्र पार्दै भारत !

मेचीनगरमा नेपाली भूमि अतिक्रमण तीव्र पार्दै भारत !

पूर्वी नेपालको मेची नगरपालिका वडा नं ४ मा भारतले हालै नेपालतर्फ नयाँ सहायक सीमास्तम्भ ठड्याएर नेपालको सीमा अतिक्रमण तीव्र पारेको सार्वजनिक भयो । रास्वपा सरकार प्रमुखले गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा ‘नेपालले भारतको सीमा मिचेको छ’ बोलेपछि भारत–नेपालको खुला सिमानामा अतिक्रमणको गति बढाउंँदै छ ।
नेपालतर्फ ठड्याइएको सो सहायक सीमास्तम्भको नं ८६/३६ दिइएको छ । नेपालको सहमतिबिना भारतले एकतर्फी बनाएको सो सहायक सीमास्तम्भ बालेन सरकारले किन देखेन ? किन हटाएन ? लेण्डुप दोर्जेको नेपाली संस्करण रास्वपा हो र ? खुला सीमामा नेपाली भूमिमा भारतीय अतिक्रमण कहिले रोकिने ?
भारतले नेपालको सीमा यसरी मिच्नुमा ३५ वर्षयता पालैपालो सरकारमा गएका नेका, एमाले र माओवादीका सरकारहरू पनि दोषी छन् । अतिक्रमित नेपाली भूमि फिर्ता लिन ती सरकारहरूले भारतसँग निर्णायक वार्ता र सहमति किन गर्न सकेनन् ?
माओवादीको दस वर्षको सशस्त्र द्वन्द्वकालमा सीमास्तम्भ बनाउन खटिएका नेपाली कर्मचारीलाई माओवादीले लखटेपछि ती कर्मचारीहरूलाई भारतमा बसालेर सीमा नक्सा बनाउन दिइएको थियो । त्यसबेला माओवादीले के भारतकै निर्देशनमा नेपाली कर्मचारीलाई लखेटेको हो ? सो नक्सा खारेज नगरिएसम्म भारतले नेपाली भूमि अतिक्रमण रोक्ने छैन । यतिबेला रास्वपाको आँखा पनि खुल्ने अवस्था छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *