सुन र सिक्री : तिब्बतको यात्रा विवरण – २
- असार २१, २०८३
रास्वपाबारे
– गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचन प्रचारमा रास्वपाबाट झापा ५ मा उम्मेदवार भएका बालेन साहले चढेको करोडौँ रूपैयाँ पर्ने ल्यान्डरोभर गाडीसहित ६ ओटा विलासी गाडी भन्सार छलेर भित्रिएको छानबिन गरिरहेको अख्तियारलाई प्रधानमन्त्री कार्यालयको ‘मुद्दा अघि नबढाई करमात्र तिराएर उन्मुक्ति दिनू’ भन्ने ठाडो निर्देशनपछि उक्त फाइल तामेलीमा पुगेको छ ।
– रास्वपा सरकारले सरकारी गाडीहरूमा निजी नम्बर प्लेट राखेर आफ्ना नजिककालाई चढाउने र मन्त्रालयमा उपप्रधानमन्त्रीसहित पनि जम्बो सचिवालय बनाई ठुलो राज्य खर्च गर्दै छ । यसरी नेका, एमाले, माओवादी सरकारले भन्दा रास्वपा सरकारले जनताको आँखामा छारो हाल्ने काम प्रशस्त गर्दै छ ।
– एक अभिनेत्रीले सरकारका एक मन्त्री नजिकका एक कार्की थरका केटाले घडीघडी फोन गरी दुव्र्यवहार गरेको बारे साइबर प्रहरीलाई फोनमार्फत जानकारी गराउँदा ‘यस्तो दुव्र्यवहार अपराध नहुने’ भनी साइबर प्रहरीले पन्छिएको सार्वजनिक गरिन् ।
– रास्वपा सांसद पुरुषोत्तम यादवले बालेन सरकार कुम्भकर्ण निन्द्रामा भएको र घण्टी बजाएर जोगाउने बेला भएको संसद्मा अभिव्यक्ति दिए ।
– सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका दीपक भट्टसँग आर्थिक साझेदारीमा मुछिएका गृहमन्त्री सुधन गुरुङले राज्यलाई बुझाएको सम्पत्ति विवरणमा करोडौँ नगद, शेयर र चाँदीको परिणाम अभिलेख फरक भएको हालै सार्वजनिक भयो ।
– जेनजी विद्रोहमा ८ अर्ब रूपैयाँको गाडी जलाइएको थियो । रास्वपा सरकारले आगामी आवको बजेटमा ३ अर्बको गाडी खरिद गर्ने व्यवस्था गरको छ । यसलाई राष्ट्रघातीको सुशासन भनी व्यङ्ग चलिरहेको छ ।
– रास्वपाको बालेन साह सरकारको एक सय दिनमा बजेटको कर प्रस्ताव चुहिँदा त्ी गाडी आयातकर्ताबाट अर्थमन्त्री वाग्लेले २ अर्ब रूपैयाँ कमिसन खाएको विषय संसद्मा उठेपछि अर्थमन्त्री वाग्लेले ‘विपक्षीहरूको अघिल्लो सरकारको काण्डबारे अनभिज्ञ हो र’ भनी प्रश्न उठाए । सरकारले कसैको आपराधिक घटनाको जानकारी भए ‘अनभिज्ञ हो र’ भनी तर्साउने होइन, आवश्यक मुद्दा दायर गर्ने हो ।
– रास्वपाका सांसद सागर ढकाल पनि सन् २०१५ मा अमेरिकन युथ काउन्सिलको सदस्य भएको सार्वजनिक भयो ।
दाहाल र ओलीबारे
– पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्व पटक–पटक प्रधानमन्त्री बन्न कहिले काङ्गे्रस, कहिले एमाले र कहिलेकाहीँ अन्य दलसँग मिल्यो, जनताले हामीलाई काङ्गे्रस एमालेभन्दा अझ बढी पद र पैसाका निमित जे पनि गर्ने देखे ।
– माओवादी सशस्त्र द्वन्द्वको बेला प्रचण्डको लागि ‘स्पेसल रक्सी’ बनाउने र बोक्ने टीम नै भएको तत्कालीन लडाकु विजय केसी ‘विकल्प’ ले एक सञ्चारमाध्यममा सार्वजनिक गरे ।
– हामीलाई बारबरा फाउन्डेसन, अमेरिकन युथ काउन्सिल, टीओबीबारे थाहा थियो । कतिपय पत्रकारहरूलाई तालिम दिएको र करोडौँ–अर्बौँ डलर खर्च भइरहेको पनि थाहा थियो । नेका, एमाले, माओवादी मिलेपछि कसको के लाग्छ भनी हामीले बेवास्ता ग¥यौँ ।
– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नारायणहिटी सफा गर्न लगाइएको सूचना आफूले पाएको प्रचण्डले दाबी गरे । केपी शर्मा ओलीले अन्तरिम सरकार गठन गर्न पत्र लेखेको र आफूले संसद् विघटनको पक्षमा सहमति नदिएको प्रचण्डको थप स्पष्टीकरण थियो ।
Leave a Reply