क्युवाको आर्थिक सुधार र समाजवादी नवीकरणको सम्भावना
- असार २१, २०८३
संवैधानिक सङ्कट
५ सेप्टेम्बर, १९६० मा राष्ट्रपति कासाभुबु (Kasavubu) ले एक घोषणामार्फत प्रधानमन्त्री प्याट्रिस लुमुम्बाको सरकारलाई संविधानको धारा २२ (Fundamental Law, Article 22) अनुसार आफ्नो कर्तव्य पूरा गर्न नसकेको हुँदा अपदस्थ गर्यो । त्यसको ठाउँमा संसद्को माथिल्लो सदनको सभापति जोसेफ इलेओ (Joceph Ileo) को नेतृत्वमा एक नयाँ सरकार बनाउन एक अध्यादेश जारी भयो । त्यस अध्यादेशलाई मन्त्रिपरिषद्को स्वीकृति प्रदान गराउन दुई मन्त्री जस्टिन बोम्बोकी (Justin Bomboki) र अल्बर्ट डेलामोभक्स
(Albert Delamovux) को समेत हस्ताक्षर थियो ।
५ सेप्टेम्बरको रातमै प्रधानमन्त्री लुमुम्बाले मन्त्रिपरिषद्को बैठक राखेर राष्ट्रपतिको गैर–संवैधानिक कदमलाई विरोध जनायो र संविधानलाई उल्लङ्घन गरेकोमा मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई अपदस्थ गरेको घोषणा गर्यो ।
७ सेप्टेम्बरको दिन संसद् बस्यो र १९ मतको विरोधमा ६० मतले मन्त्रिपरिषद् र राष्ट्रपतिको बिचमा मेलमिलाप गराउन २ जना सल्लाहकारहरूको एक समिति बनायो ।
८ सेप्टेम्बरको दिन माथिल्लो सदनको बैठक बस्यो । ४१ मतले राष्ट्रपतिको कदमको विरोध गरे र २ जनाले निर्णयको विरोध गरे तथा ६ जनाले मत दिएनन् र २९ जना अनुपस्थित थिए ।
९ सेप्टेम्बरको दिन राष्ट्रपति कासाभुबुले आफ्नो निर्णयको निम्ति संसद्को स्वीकृति आवश्यक नभएको घोषणा गरे ।
१२ सेप्टेम्बरको दिन सेना प्रमुखको आदेशमा प्र.म. लुमुम्बा सशस्त्र प्रहरीद्वारा पक्राउ गरिए तर परिस्थिति अन्योलपूर्ण हुँदा छोडिए । १३ सेप्टेम्बरको दिन दुवै सदनको संयुक्त बैठक बस्यो । बैठकको बहुमत अर्थात् ८८ मतले प्रधानमन्त्री लुमुम्बालाई शासनको पूर्ण अधिकार दियो, ५ मतले त्यस निर्णयको विरोध गरे तथा ३ जना अनुपस्थित थिए ।
१४ सेप्टेम्बर १९६० को दिन राष्ट्रपति कासाभुबुले संसद्को बैठक स्थगन भएको घोषणा गरे । तर, प्रतिनिधिसभाको सभामुख र माथिल्लो सदनको उपसभापतिले राष्ट्रपतिको सदनको स्थगनलाई अस्वीकार गरे ।
१४ सेप्टेम्बरको साँझ कङ्गोली राष्ट्रिय सेना प्रमुख जोसेफ मोबुतु (Colonel Joseph Mobutu) ले देशको केन्द्रीय राजनैतिक अङ्गहरूलाई नियन्त्रणमा लिएको र देशको सरकारको सञ्चालन ३१ डिसेम्बर १९६० सम्म सेनाको युवा कलेजको एक समितिले चलाउने घोषणा ग¥यो ।
१५ सेप्टेम्बरको दिन लुमुम्बाले लियोपालभिलको घानाका अफिसरहरूको क्षेत्रमा शरण लिए । विद्रोही सिपाहीहरूले घेरिएको हुँदा लुमुम्बाको सुरक्षाको निम्ति संयुक्त राष्ट्र सङ्घको महासचिवको विरोध प्रतिनिधिको व्यक्तिगत हस्तक्षेपले घानाका सैनिक टुकडीहरू मिलेर लुमुम्बालाई त्यस रात आफ्नो निवास लगियो । तर, त्यसै दिन प्रधानमन्त्री बनेका इलेओ (Ileo) ले संयुक्त राष्ट्र सङ्घको आयोग (ONUC) लाई लुमुम्बालाई पक्राउ गर्न भने । विशेष प्रतिनिधिले त्यो अनुरोध अस्वीकार गर्यो । लुमुम्बाले असुरक्षित अनुभव गरे ।
२० सेप्टेम्बरको दिन सेना प्रमुख मोबुतुले सैनिक जनरलहरूको एक टोलीले सरकार चलाउने घोषणा र राष्ट्रपति कासाभुबुले त्यस घोषणालाई एक अध्यादेशमार्फत स्वीकृति प्रदान गर्यो ।
११ अक्टोबरको दिन राष्ट्रपति कासाभुबुले एक संवैधानिक विधायिकीय विज्ञप्ति (Constitutional Legislative Decree) जारी गरी संसद्को दुवै सदन स्थगन गरी देशको शासन भारको विधायिकीय र कार्यपालिकाको सबै अधिकार त्यस समितिलाई प्रत्यायोजन गरे । त्यस सैनिक समितिले ९ फेब्रुअरी १९६१ सम्म देशको बन्दोबस्त गर्ने इलेओ (Ileo) को नेतृत्वको राष्ट्रपतिले गठन गरेको ‘अस्थायी सरकार’ (Provisional Government) लाई एक विज्ञप्तिद्वारा खारेज गर्यो ।
त्यसैबेला लुमुम्बाको एक छोरोको जेनेभा (Geneva) मा देहान्त भयो र उनको पार्थिव शरीरलाई समाधिस्थ गर्न लियोपोल्डभिली
(Leopoldville) मा उनी जान चाहन्थे । संयुक्त राष्ट्र सङ्घको आयोगका प्रतिनिधि जेनेरल ऋषि
(General Rikhye) सँग सम्पर्क राखी १० बजे राति लुमुम्बाले आफ्नो निवास छोडे । त्यहाँ कङ्गोली सेना र संयुक्त राष्ट्र सङ्घको मोरोक्यान पहरा
(Moroecan Guard) थियो ।
२७–२८ नोभेम्बरको राति लुमुम्बा लियोपोल्डभिलीको एक रात्रि भोजमा थिए ।
नोभेम्बर ३० वा १ डिसेम्बर १९६० को दिन एमवेका (Moroecan Guard) नगरको २०–३० माइल टाढाको फ्रान्की विमानस्थल (Port Francqui) मा कङ्गोली सेनाबाट पक्रनुभयो ।
२ डिसेम्बर १९६० साँझ ५ः१५ मा चर्को पहरमा लुमुम्बालाई संयुक्त राष्ट्र सङ्घको आयोगको सैनिक टुकडीको विमानस्थल निजिलि (Nijili) मा उतारियो ।
लियोपोल्डभिली गठेपछि प्रेसले लुमुम्बालाई हवाईजहाजमै अति यातना दिएको, गाला र टाउकोमा पिटाइको दाग देखिएको, कमिज च्यातिएको र मैलो, हात पछाडि लगेर बाँधिएको, हलमा राखिँदा पनि राइफलको कुन्दाले हानेको प्रसार भएको थियो ।
कङ्गोली सेनाले लुमुम्बालाई पक्राउ गरेको बिंजा क्याम्प (Camp Binza) बाट राति अन्तै लग्यो ।
३ डिसेम्बर १९६० को दिन लुमुम्बा थाइस्भिली (Thysville) लगिए र अन्तर्राष्ट्रिय प्रेसअनुसार ट्रकमा चढाउँदा उनले अप्ठेरो र कठिनाइ अनुभव गरेको र भर्खरै यातना दिएको चेहराबाट थाहा हुन्थ्यो । उनी क्याम्प हार्डी (Camp Hardy) सैनिक पहरामा राखिए ।
१७ जनवरी १९६० मा एक बेल्जियम कम्पनीको हवाईजहाज (Aeir Brousse) थाइस्मिलीको केही माइल टाढाको लुकाला
(Lukala) विमानस्थलमा उनी लगिए । त्यसबेला उनको आँखामा पट्टी र हात पछाडि बाँधिएको थियो ।
कटाङ्गामा
सम्भवतः १७ जनवरीकै दिन लुमुम्बा र उनका दुई जना साथी माथिल्लो सदनका उपसभापति जोसेफ ओकितो (Joseph Okito) र युवा मन्त्री माउरिस एमपोलो (Maurice Mpolo) पनि सँगै पछाडि हात बाँधिएर राखिएका थिए ।
कङ्गोको सरकारले कटाङ्गाको प्रादेशिक सरकारको राष्ट्रपति शोम्बे (Tshombe) लाई लुमुम्बा र उनका दुई जना साथीहरू सुम्पेको प्रस्ट हुन्छ । १९ जनवरी १९६१ मा कटाङ्गाको सूचना मन्त्रीले एलिजावेयभिली (Elizabethville) हवाई अड्डामा भनेको थियो ।
९ फेब्रुअरीको १९६१ को दिन लुमुम्बालाई आत्मसमर्पण गराउन उनका दुई जना साथीहरूको लास देखाइयो । उनले आफ्नो अडान र दृढतामा कुनै लचक देखाएनन् । त्यसै रात बन्दीगृहबाट तीनै जना भागेको कटाङ्गा रेडियोले समाचार दियो । त्यो झूटा समाचारले संयुक्त राष्ट्र सङ्घको आयोगको प्रतिनिधि लियोपोल्डभिलीबाट कटाङ्गाको एलिजावेथभिली पुगी प्रादेशिक राष्ट्रपति शोम्बे भेट्न खोज्दा भेट्न मानेन ।
९ फेब्रुअरी, १९६१ कै दिन राष्ट्रपति शोम्बे र कटाङ्गाको गृहमन्त्री मुनोन्गो (Munongo) र एक महत्वपूर्ण मन्त्री किब्वे (Kibwe) ले नै मागेको कथा प्रचार गरी लुमुम्बा र उनका दुई जना साथी ओमितो र एमपोलोको निर्मम हत्या गरेका हुन् । संयुक्त राष्ट्र सङ्घद्वारा बनाइएको एक आरोपले यही बताउँछ ।
फेब्रुअरी १९६१ मा ट्युनिशियाको एक साप्ताहिक अफ्रिकी सङ्घर्ष (Afrique Action) ले ‘लुमुम्बाको अन्तिम चिट्ठी’ वा ‘लुमुम्बाको इच्छापत्र’ छाप्यो । देशभक्तिपूर्ण र उत्साहवद्र्धक र त्यस इच्छापत्रमा साम्राज्यवादविरोधी भावना प्रचार खचाखच भरिएको छ ।
लुमुम्बाको व्यक्तित्व
३४ वर्षका प्याट्रिस लुमुम्बा ३० जून, १९६० मा स्वतन्त्रता घोषणा हुनुभन्दा पछि र अघि कङ्गोली जनतामाथि ७५ वर्षपछि बेल्जिमेली उपनिवेशवादीहरूले चोपेको दुःख, कष्ट, दरिद्रता र दासतालाई भित्री हृदयदेखि अनुभव गर्थे । यसकारण, उनले अफ्रिकी नेताहरूसँग मित्रता, अफ्रिकी एकता र स्वतन्त्रतालाई सदा आफ्नो मुख्य उद्देश्य सम्झन्थे ।
उनको किताबको बाकसमा सेकु तुरे
(Sekou Ture) र एनक्रुमा (Nkrumah) का भाषण, पत्रपत्रिका र रचनाहरू थिए । साथै सिमोन किम्वान्गु (Simonh Kimbangu) का जीवनी पनि थिए । ती पुस्तकहरू गुप्तरूपले ल्याइएका थिए । लुमुम्बालाई बेल्जिमेली उपनिवेशवादीहरूले एक व्यापारीबाट राम्रो र ऐøयासी बनाउन लगाएका थिए । उनले त्यस विशाल भवनमा बस्न अस्वीकार गरे । बरु उनी साधारण घरमै आफ्ना जहान र तीन जना छोराछोरीसँगै बस्थे । भान्साको काम उनकै श्रीमतीले गर्थिन् र नोकर्नी थिइन् । उनी दिनको १८ घण्टा काम गर्थे । प्रधानमन्त्री भएर पनि लुमुम्बाले आफ्नो तलब भत्ता लिएनन् र अनावश्यक कुनै सहुलियतहरू लिएनन् । तर, आफ्ना मन्त्रिपरिषद्का केही मन्त्रीहरू विलासी नाचगान भएका र महँगा होटल, रेष्टुराँहरूमा बरोबर जान्थे । पाउने सुविधाहरू तिनीहरू सबै उपभोग गर्थे र नजिकै बेल्जिमेली उपनिवेशवादीहरू तमासा हेरिरहन्थे ।
कङ्गोले स्वतन्त्रता प्राप्त गर्नासाथै बेल्जिमेली उपनिवेशवादीहरूले नै षड्यन्त्र गरेर शोम्बेमार्फत कटाङ्गा प्रान्त स्वतन्त्र भएको घोषणा गर्न लगायो अर्थात् देश टुक्राएर लुमुम्बालाई असफल पार्ने योजना बनाए । तर, त्यसलाई लुमुम्बा बनिबनाउ योजना र षड्यन्त्र मान्थे । तर, विदेशी पत्रकारहरूले सोध्दा विनम्रतापूर्वक उनी ‘तिनीहरू एउटै रगतका दाजुभाइ हुन्’, ‘तिनीहरू फेरि कङ्गोमै मिल्नेछन् र स्वतन्त्र, सम्पन्न र विकसित हुँदै गएको देश देख्नेछौँ जहाँ दासता हुनेछैन’ भन्थे ।
तर, कटाङ्गाको विद्रोहबारे उनले ‘झूटो समस्या’ को रूपमा बेल्जिमेली उपनिवेशवादीहरूलाई नै दोष दिन्थे र संयुक्त राष्ट्र सङ्घको तत्कालीन महासचिव डाग हामर सोल्ड (Dag Hammarskjöld) सँग ५ अगस्ट १९६०, १४ अगस्ट, १५ अगस्ट र पछि पनि पत्रको आदानप्रदान गरेका थिए । ती तारहरूमा उनले संयुक्त राष्ट्र सङ्घको काम र महासचिवप्रति गुनासाहरू पनि गरेका थिए र त्यसबारे पत्रकार सम्मेलन पनि गरेका थिए ।
४ जनवरी १९६१ थास्थिली (Thysville) कारागारबाट उनले संयुक्त राष्ट्र सङ्घका महासचिवका विशेष प्रतिनिधि ए. एम. दयाल
(A.M. Dayal) लाई एक पत्रसमेत पठाएका थिए । त्यस पत्रमा त्यहाँको स्थितिबारे राम्रो उल्लेख गरिएको थियो ।
माथिका ती पत्र र तारहरूबाट प्याट्रिस लुमुम्बा कूटनैतिक कार्यमा पनि सूक्ष्म, सक्षम र धैर्यवान व्यक्ति थिए, तर आफ्नो उद्देश्यप्रति प्रस्ट र दृढ व्यक्ति थिए । उनी सच्चा देशभक्त, साम्राज्यवाद र उपनिवेशवादको विरोधको एक जिउँदो र जाग्दो उदाहरण थिए । उनी शत्रुको सामु नलत्रने र साहसी योद्धा थिए । ३५ वर्षमै उनी आफ्ना दुई जना साथी र जनप्रतिनिधिहरूसँगै सहिद भए ।
सङ्घर्ष चालु छ
प्याट्रिस लुमुम्बाले एक स्वतन्त्र र सार्वभौम देशको प्रधानमन्त्रीको रूपमा ४ महिना सङ्घर्ष गरे र ४ महिनापछि बेल्जिमेली उपनिवेशवादीहरू र स्थानीय प्रतिक्रियावादीहरूमार्फत विश्व साम्राज्यवादीहरूद्वारा उनको निर्मम हत्या गरियो । यस गम्भीर घटनाले अफ्रिकी जनतालाई एउटा महत्वपूर्ण पाठ पढायो । आ–आफ्नो देशको स्वतन्त्रता र मुक्तिको निम्ति नयाँ सेना, सङ्गठित र अनुशासित जनताका पार्टीहरू आवश्यक छ ।
प्याट्रिस लुमुम्बाको मन्त्रिपरिषद्का शिक्षामन्त्री पेरे मुलेले (Pierre Mulele) ले एक गुरिल्ला दल बनाएर सशस्त्र सङ्घर्ष सुरु गरे । उनी पनि अमेरिकी केन्द्रीय गुप्तचर विभाग (CIA) को निर्देशनमा पक्राउपछि विभत्स तरिकाले मारिए ।
सन् १९९६–१९९७ मा लाउरेन्ट डेसिरे काबिला (Laurent–Desire Kabila) को नेतृत्वमा प्रतिरोध युद्ध सुरु गरे । एक वर्षपछि उनले भने, “हामी मालिकहरूको संरक्षणलाई अस्वीकार गर्छौँ । हामीले आफ्नो निर्णय आफै गर्छौँ । …… विकास गर्नु छ भने सार्वभौमिकता चाहिन्छ ।”
२ अगस्ट, १९९८ कविला राष्ट्रपति भए । छिमेकी देश रुवान्डा र उगान्डाले संरा अमेरिका, फ्रान्स र बेल्जियमको निम्ति पूर्वबाट युद्ध सुरु गरे । पूर्वी प्रान्तहरूमा महामारी र भोकले १५ लाख मानिसहरू मरे तथा सुन, हीरा र निकलजस्ता दुर्लभ खनिज भएको त्यो देश साम्राज्यवादीहरू छोड्न चाहँदैनथे । त्यहाँ पुनः जातीय लडाइँ सुरु गरे ।
१६ जनवरी, २००१ दिनको १ः४५ बजे उनका एक अङ्गरक्षकले कबिलामाथि ३ पटक गोली हानेर हत्या गर्यो । कबिलाको शवयात्रामा २० लाख कङ्गोलीहरू श्रद्धाञ्जली दिन उपस्थित थिए ।
सन् २००१ को फेब्रुअरीको पहिलो हप्तामा कबिलाका छोरा जोसेफ (Joseph) लाई राष्ट्रपतिको शपथ गराइयो । कङ्गो (जायर) मा साम्राज्यवाद र उपनिवशेवादविरोधी सङ्घर्ष चालु छ ।
प्रस्तुति : गणेश
समाप्त
स्रोत : मजदुर–किसान, २०६९ भदौ–असोज
Leave a Reply