भर्खरै :

महान् नेता किम इल सङ, किम जोङ इल पार्टीको महान् ध्येय सदा विजयी रहन्छ

  • असार २५, २०८३
  • किम जोङ उन
  • विचार
महान् नेता किम इल सङ, किम जोङ इल पार्टीको महान् ध्येय सदा विजयी रहन्छ

सन्दर्भः कोरियाली जनताका महान् नेता किम इल सङको स्मृति दिवस (८–जुलाई) – २
कोरियाली श्रमिक पार्टीले आम जनतालाई वैचारिक रूपमा ब्युँझाउँदै, साङ्गठनिक रूपमा गोलबन्द गर्दै पार्टी र नेतृत्वको वरिपरि आम जनतालाई एक ढिक्का पार्ने महत्वपूर्ण कार्यको रूपमा आम जनतालाई सच्चा नेतृत्व दिँदै आएको छ ।
पार्टीले आम जनतालाई वैचारिक, स्वेच्छिक र साङ्गठनिक रूपमा आफ्नो वरिपरि गोलबद्ध गर्दै, जुछे विचारले लैस गर्दै, एकल सामाजिक राजनैतिक अङ्गको रूपमा सङ्गठित गरेको छ । पार्टीले जनतालाई आफ्ना महान् क्रान्तिकारी उमङ्ग र अथक सृजनशीलताको प्रस्फुटनको लागि पनि प्रोत्साहित गरेको छ र क्रान्तिको उत्प्रेरक शक्तिको रूपमा उनीहरूका जिम्मेवारी र भूमिकालाई पूरा गराएको छ ।
हाम्रो देशमा कोरियाली जनसेनाका सबै कर्मचारी र अन्य जनता आफ्नो अटल निष्ठाको रूपमा पार्टीमा मार्गनिर्देशक विचारको रूपमा रहेको जुछे विचारले लैस भएका छन् र पार्टी वरिपरि एकमना एकत्व हासिल गरेका छन् । पार्टीको कार्यदिशा र नीतिहरूलाई कार्यान्वयन गर्न समर्पणका साथ काम गरिरहेका छन् । देशको सम्पन्नता र जनताको खुसीको लागि पार्टीको योजना र निर्णय राष्ट्रसेवी कर्मचारी र अन्य जनताको क्रान्तिकारी चाहना बनेको छ र उनीहरूले त्यसको कार्यान्वयन पनि गरिरहेका छन् ।
त्यसमा पनि नयाँ पुस्ताका युवाहरू कोरियाली श्रमिक पार्टीको भरपर्दो अजेय शक्तिको रूपमा र क्रान्तिको उत्तराधिकारीको रूपमा अगाडि आएका छन् । उनीहरूले जुछे क्रान्तिको ध्येयलाई हासिल गर्ने लडाकुको भूमिका निभाइरहेका छन् । यसरी हाम्रो देश संसारमै सबैभन्दा शक्तिशाली युवाशक्तिको रूपमा व्यापक रूपले परिचित छ । युवालाई आफ्नो समयका अभिनायकको रूपमा प्रशिक्षित गर्न र आफ्नो अग्रगामी शक्ति तथा सङ्गठनको रूपमा विकास गर्ने क्रममा पार्टीले इतिहासमै उल्लेखनीय ठुला उपलब्धिहरू हासिल गरेको छ ।
पार्टीसँग अहिले उत्कृष्ट सेना र जनता छन्, प्रशंसायोग्य जनता छन्, जनता र सेनालाई विश्वास गर्ने नेतृत्व छ । उनीहरूले जस्तोसुकै प्रतिकूलतामा पनि पार्टीका ध्येयप्रति असीम निष्ठा राख्दछन् । यही नै कोरियाली श्रमिक पार्टीको ठुलो इज्जत र गर्वको कुरा हो र यसैमा पार्टीको ७० वर्ष लामो सदा विजयी ऐतिहासिक चरणको रहस्य लुकेको छ ।
स्वतन्त्रताको लागि जनताको माग र आदर्शको मूर्तीकरण हुने जुछेमुखी समाजवाद निर्माण नै यस पार्टीको ऐतिहासिक परिश्रमको प्रतिफल हो ।
समाजवाद नै श्रमिक जनताको लक्ष्य हो । समाजवादको निर्माण नै क्रान्तिकारी पार्टीहरूको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी हो । जनताको आदर्शसँग एकाकार हुँदै सच्चा समाजवाद निर्माणको लागि कोरियाली श्रमिक पार्टीले नयाँ बाटो खोल्यो । यस लक्ष्यको सङ्घर्षको समग्र बाटोमा पार्टी जुछेमुखी क्रान्तिकारी कार्यदिशा र क्रान्तिप्रति निरन्तर रूपमा आबद्ध रहँदै आएको छ ।
पार्टीको आफ्नै शक्तिमा भर परेर, हाम्रो देशको विशिष्ट अवस्था र स्वतन्त्रताको लागि, हाम्रा जनताका आकाङ्क्षाप्रति सुनिश्चित रहँदै समाजवाद निर्माणमा आइपरेका सबै समस्यालाई पार्टीले समाधान गरेको छ । विदेशी शक्तिको हस्तक्षेप र दबाबलाई लल्कार्दै, जुछेउन्मुख समाजवादको बाटोमा, पार्टी लगातार र अविचलित अगाडि बढिरहेको छ । यस्तो साहसिक यात्राको परीक्षण कालमा पनि, हाम्रो मौलिक प्रकारको समाजवादको घाँटी थिच्ने, आक्रामक शक्तिहरूको घातक चालहरूलाई कठोरताका साथ लल्कार्दै, पार्टीले समाजवाद निर्माणलाई गति दिन दिगो प्रयास गरेको छ ।
कोरियाली श्रमिक पार्टीको जुछेउन्मुख कार्यदिशा अनुसार, पार्टीको विवेकपूर्ण नेतृत्वअन्तर्गत हाम्रो देशमा निर्माण भएको समाजवाद जनकेन्द्रित समाजवाद हो । त्यसैमा आम जनता राज्य र समाजका सच्चा मालिक भएका छन् । उनीहरूको स्वतन्त्रताको माग पनि पूर्ण रूपमा पूरा गरिएका छन् ।
हाम्रा जनताले राज्य तथा सामाजिक जीवनका सबै पक्षमा, मालिकको रूपमा आफ्ना अधिकारहरूको अभ्यास गर्दछन् र हाम्रो देशमा जनताको माग र हितलाई पहिलो प्राथमिकता दिई जनतालाई सम्मान र प्रेम गर्ने राजनैतिक व्यवस्था कायम गरिएको छ । हाम्रो समाजवाद जनताको लागि सच्चा समाजवाद अर्थात् जनताकेन्द्रित समाजवाद भएको कारण जनताले यसलाई आफ्नो प्राण जस्तै प्यारो ठान्दछन् र आफ्नो समाजवादी धर्तीलाई सिँगार्न जतिसक्यो चाँडो यसलाई हराभरा समाजवादी देशको रूपमा विकास गर्न समर्पणका साथ लागि पर्दछन् ।
कोरियाली श्रमिक पार्टीको विवेकपूर्ण नेतृत्व मातहत पार्टीप्रति निष्ठा राख्ने जनताको समर्पित सङ्घर्षको कारण हाम्रो देश छोटो ऐतिहासिक अवधिमा प्रतिष्ठित राजनैतिक वैचारिक र सैन्य शक्तिको रूपमा उदय भएको छ । यतिबेला यसले नयाँ शताब्दीमा ज्ञान आधारित अर्थव्यवस्था र समाजवादी सभ्यताको निर्माणमा आफ्ना प्रयासहरूलाई पुनः दोब्बर पारेको छ । अपराजयी समाजवादी शक्तिको सामथ्र्य देखाइरहेको छ ।
सेना र जनताको नेतृत्व गर्दै यस पार्टीले विगत शताब्दीदेखि नयाँ शताब्दीसम्म निरन्तर आधिपत्य राख्दै आएका साम्राज्यवादीहरूसँगको शक्ति प्रदर्शनमा विजयको परम्परा नै स्थापना गरेको छ । यसरी देशको प्रतिष्ठा र सार्वभौमिकतालाई रक्षा गरेको छ, क्रान्तिका उपलब्धिहरूलाई उल्लेखनीय रूपमा रक्षा गरेको छ ।
यो संसारमा साम्राज्यवादको अस्तित्व कायम रहेसम्म आम जनताको स्वतन्त्रताको ध्येयलाई र शत्रुसँगको शक्ति प्रदर्शनलाई साथसाथै अगाडि बढाउनुपर्दछ । विगत शताब्दीदेखि हालसम्म पुस्ता–दर–पुस्ता चलिरहेको साम्राज्यवादविरोधी, अमेरिकाविरोधी सङ्घर्षमा हाम्रो देश नै अग्रमोर्चामा रहेको कारण साम्राज्यवादको अतिक्रमणबाट राष्ट्रको प्रतिष्ठा, सार्वभौमिकता र क्रान्तिको उपलब्धि रक्षा गर्ने कार्य विशेष रूपमा महत्वपूर्ण कार्यभारको रूपमा आएको छ ।
सैन्य मामलालाई महत्व दिने कार्यदिशा, सिद्धान्तमा निरन्तर अडिग रही यस पार्टीले क्रान्तिकारी सशस्त्र फौज निर्माण गर्ने र देशको प्रतिरक्षा क्षमता बढाउन सबैभन्दा महत्वपूर्ण राष्ट्रिय मुद्दाको रूपमा रहेको सैन्य मामलालाई अगाडि सारेको छ र केन्द्रमा कोरियाली जनसेना भएको देशको शक्तिशाली प्रतिरक्षा क्षमतामा भरपरी अमेरिकी साम्राज्यवादसँगको निरन्तर शक्ति प्रदर्शनमा एकपछि अर्को विजय हासिल गर्दै आएको छ ।
किम इल सङको विवेकपूर्ण नेतृत्वमा हाम्रा युवा, कोरियाली जनसेना र जनताले आफूलाई संसारमै सबैभन्दा बलियो भनी घमण्ड गरिरहेको अमेरिकी साम्राज्यवादजस्तो तुलना नै गर्न नसकिने आफूभन्दा निकै शक्तिशाली शत्रुलाई पराजित गर्ने– पितृभूमि स्वतन्त्रता सङ्ग्राममा ऐतिहासिक चमत्कार देखाएका छन् । यो गौरवमय विजय जुछेमुखी सैन्य विचारको विजय थियो र लौह इच्छाशक्ति भएका गौरवशाली सेनानायक कमरेड किम इल सङको उत्कृष्ट सैन्य रणनीतिको विजय थियो । यो आफ्नो अनमोल मातृभूमिको लागि बिनाहिच्किचाहट आफ्नो जीवन उत्सर्ग गर्ने युद्धमा सहभागी राष्ट्रसेवी कर्मचारी अन्य जनताको देश रक्षा गर्ने साहसिक भावनाले ओतप्रोत विजय थियो ।
सोङ्गुनको शक्ति र सैन्यबलको शक्तिले हरेक चरणमा अतिक्रमण गर्ने शत्रुका निरन्तर योजनालाई चकनाचुर पार्दै, युद्ध पछिका विगत दशकहरूमा साम्राज्यवादी गठबन्धन शक्तिसँगको शक्ति प्रदर्शनमा यो पार्टी सधैँ विजयी रहँदै आएको छ ।
हालैको समयमा पनि रौँ रौँको स्थिति सृजना हुँदा आफ्नो नेतृत्व क्षमताको प्रदर्शनले देशमाथि आइपरेका समस्यालाई पन्छाउन सफल भएको छ, यसरी युद्धको आम विनाशबाट राष्ट्रलाई बचाउन र संसारमा शान्ति र सुरक्षा कायम राख्न सफल भएको छ । कठोर भिडन्तको बेलामा देशको प्रतिष्ठा र सार्वभौमिकताको रक्षा गर्नु र क्रान्तिको उपलब्धिलाई जोगाउनु कोरियाली श्रमिक पार्टी वरिपरि एकमना रूपमा गोलबद्ध भएका सेना र जनताको ठुलो एकताको सामथ्र्य र हाम्रो भावनात्मक तथा भौतिक उच्चताले ओतप्रोत ठुलो विजय थियो ।
स्वतन्त्रता, सोङ्गुन र समाजवादको झण्डामुनि जुछे समाजवादको ध्येयलाई हासिल गर्ने यस पार्टीले हासिल गरेका अमर पराक्रमहरू र मूल्यवान अनुभवहरू, हाम्रो क्रान्तिको विजयी अग्रता र आम जनताको स्वतन्त्रताको उद्देश्य कार्यान्वयनमा ऐतिहासिक महत्व राख्दछन् ।
जुछेको फरफराउँदो झण्डामुनि यस भूमिमा अपराजय समाजवादी शक्ति निर्माण गरेर कोरियाली श्रमिक पार्टीले अन्तर्राष्ट्रिय रणभूमिमा हाम्रो गणतन्त्रको इज्जत र हैसियतलाई निकै उचो राखेको छ । जुछे क्रान्तिको ध्येयलाई हासिल गर्ने र देशको सम्पन्नताको लागि दिगो जग बसाल्ने काम गरेको छ ।
विश्वका शक्ति राष्ट्रहरूको रणभूमिको रूपमा दुःख पाइरहेको कोरियाली प्रायःद्विपको भू–राजनैतिक भाग्यको सिद्धान्त अब इतिहासको विषय बनेको छ । हाम्रो समाजवादी गणतन्त्रले आफ्नो भाग्यको मालिक आफै बन्ने र यस क्षेत्रलगायत समग्र विश्वको भू–स्थितिमा विकासको लागि उत्प्रेरक शक्ति बन्ने आफ्नै प्रकारको अधिकार र प्रभावको अभ्यास गरेको छ ।
अमेरिकी साम्राज्यवाद र त्यसका पिछलग्गूले जस्तोसुकै दुस्साहस गरे तापनि यो पार्टी र हाम्रा जनता आफ्ना सामथ्र्य प्रविधि र स्रोत साधनको अधिकत्तम उपयोगले आफ्नै प्रकारको जल्दोबल्दो समाजवादी राष्ट्र निर्माण गर्ने काममा अगाडि बढी, जनताको स्वर्ग निर्माण गर्न र देश तथा राष्ट्रको अनन्त समुन्नति हासिल गर्न सक्षम भएका छन् । एकमना एकता र शक्तिशाली प्रतिरक्षा क्षमताको कारणले उनीहरू यसो गर्न सक्षम भएका छन् र त्यसको केन्द्रमा हाम्रो आणविक प्रतिरोध रहेको छ ।
यस पार्टीले आम जनताको स्वतन्त्रताको ध्येय, समाजवादको ध्येयको उपादेयता र विजयको अनिवार्यतालाई व्यवहारमै प्रमाणित गरेको छ ।
पार्टीले सबैभन्दा बिग्रिएको अवस्था र परिवेशमा सफलताका साथ समाजवादको रक्षा गर्ने र हराभरा देश निर्माण गर्ने सङ्घर्षलाई नेतृत्व गरेको छ । त्यसैगरी आम जनताको स्वतन्त्रताको ध्येय न्यायपूर्ण हुन्छ र समाजवाद वैज्ञानिक हुन्छ भन्ने कुरा स्पष्टसँग देखाएको छ ।
आफ्नो ऐतिहासिक सङ्घर्षको अवधिभरि, कोरियाली श्रमिक पार्टीले यस पृथ्वी ग्रहमा समाजवाद र न्याय जीवन्त रहन्छन् । साम्राज्यवादको जञ्जिर र मनपरी तन्त्रमाथि समाजवाद र न्यायले सर्वोच्चता हासिल गर्दछन् । साम्राज्यवादविरोधी स्वतन्त्रता र समाजवादको दिशामा अगाडि बढ्ने समयको प्रवाहलाई कसैले रोक्न सक्दैन भन्ने ऐतिहासिक सच्चाइलाई प्रमाणित गरेको छ ।
किम इल सङ र किम जोङ इलको महान् पार्टीको पवित्र क्रान्तिकारी ध्येय सदा विजयी रहनेछ र यस पार्टीको मार्गनिर्देशन रहँदासम्म, हाम्रो क्रान्तिको अन्तिम विजय सुनिश्चित छ । यस कोरियाली श्रमिक पार्टीको गौरवमय ७० वर्षको इतिहासको निष्कर्ष पनि यही हो ।
महान् किम इल सङवाद र किम जोङ इलवादको फरफराउँदो झण्डामुनि जुछे–क्रान्तिको ध्येय हासिल गर्नु कोरियाली श्रमिक पार्टी र यसको अटल इच्छाको ऐतिहासिक कार्यभार हो ।
किम इल सङवाद र किम जोङ इलवाद कोरियाली श्रमिक पार्टीको मार्ग–दर्शक सिद्धान्त हो । यो नै विजयको अनन्त ध्वजा पनि हो ।
हामी महान् किम इल सङवाद र किम जोङ इलवादले देखाएको लक्ष्यउन्मुख जुछे मार्गमा निरन्तर अगाडि बढ्नुपर्दछ ।
हामीले यस पार्टीलाई अनन्त रूपमा कमरेड किम इल सङ र किम जोङ इलको पार्टीको रूपमा विकास गर्नुपर्दछ ।
हामीले महान् कमरेड किम इल सङ र किम जोङ इललाई कोरियाली श्रमिक पार्टीको अनन्त नेतृत्वको उचाइमा खडा गर्नुपर्दछ र उहाँहरूको विचार र चाहनाअनुसार यस पार्टीको निर्माण र कार्यक्रमलाई सञ्चालन गर्नुपर्दछ ।
हामीले कोरियाली श्रमिक पार्टी निर्माणको लागि उहाँहरूको विचार र मेहनतलाई बफादारिताका साथ रक्षा गर्नुपर्दछ, उहाँहरूको इज्जत बढाउने काम गर्नुपर्दछ । पार्टी निर्माणमा उहाँहरूको विचार र निर्देशनलाई दह्रोगरी पक्डिएर पार्टीका भ्रातृ सङ्गठनहरूले अन्तिम समयसम्म बिना कुनै विचलन यिनीहरूको कार्यान्वयन गर्नुपर्दछ, उहाँहरूको नेतृत्वको परिश्रमको इज्जत चम्काउने कार्यलाई निरन्तर तिव्रता दिइरहनुपर्दछ ।
हामीले अझ दह्रो गरी पार्टीको एकीकृत नेतृत्व स्थापना गर्नुपर्दछ ।
समग्र पार्टी पङ्क्तिलाई महान् किम इल सङवाद र किम जोङ इलवादको विचार निष्ठा र नमुनाअनुसार स्पष्ट गर्नुपर्दछ ।
कोरियाली श्रमिक पार्टीका सबै पदाधिकारी र अन्य सदस्यहरूले आफूमा यस कोरियाली श्रमिक पार्टीको क्रान्तिकारी विचारबाहेक अन्य कुनै विचारबारे जानकारी नभएको भन्ने अविचलित विश्वासलाई बढाउनुपर्दछ । सबै प्रकारका बाहिरी वैचारिक प्रवृत्तिहरूका विरुद्धमा सम्झौताहीन सङ्घर्ष सञ्चालन गर्नुपर्दछ र पार्टीको निरपेक्ष वैचारिक शुद्धतालाई सुनिश्चित गरिनुपर्दछ ।
–क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *