महान् नेता किम इल सङ, किम जोङ इल पार्टीको महान् ध्येय सदा विजयी रहन्छ
- असार २५, २०८३
(नरसंहार भएको हजार दिन र डाक्टर अबु साफियालाई थुनामा राखिएको ५०० दिनभन्दा बढी नाघिसक्यो । हामीले यी दुवैको अन्त्य गर्न तत्काल कदम चाल्न आवश्यक छ ।)
डा. हुसम अबु सफियाको जीवन अत्यन्त खतरामा छ । इजरायलको नित्जान जेलको एक भागमा रहेकोे भूमिगत सोधपुछ केन्द्रमा बिहीबार उहाँलाई भेटेपछि उनका वकिल नासेर ओदेहले यो बताएका हुन् ।
यदि हामीले तुरुन्तै कदम चालेनौँ भने, गाजाले अर्को एक प्रतिभाशाली डाक्टर गुमाउन सक्छ र इजरायल अर्को क्रूरतापूर्ण अपराधबाट उम्कन सक्छ ।
प्यालेस्टिनी बालरोग विशेषज्ञ तथा अस्पताल निर्देशक अबु सफियाले पहिलो पटक डिसेम्बर २७, २०२४ मा विश्वव्यापी चर्चा पाए । त्यस दिनकोे भिडियो फुटेजमा उनले सेतो डाक्टरको कोट लगाएको र बमले ध्वस्त पारिएको भग्नावशेषबाट उत्तरी गाजा सडकको हँुदै इजरायली सैनिकहरू उनलाई पर्खिरहेका बख्तरबन्द गाडीतिर हिँडिरहेको देखाइएको थियो ।
उनी कुनै सेनालाई आत्मसमर्पण गरिरहेका थिएनन्; उनी ८५ दिनकोे घेराबन्दीपछि सानो तर महत्वपूर्ण कमल अदवान अस्पताललाई आत्मसमर्पण गरिरहेका थिए किनभने उनका कर्मचारी र बिरामीहरूलाई बन्दुकको नोकमा छोड्न बाध्य पारिएको थियो । एउटा अस्पताल जुन अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय नेता र संयुक्त राष्ट्र सङ्घद्वारा सुरक्षित गरिनुपर्ने थियो तर त्यसको सट्टा आक्रमण गरियो, औषधि, बिजुली र आपूर्तिबाट वञ्चित गरियो ।
डिसेम्बर ६, २०२४ मा इजरायली सेनाले अस्पतालमा आक्रमण गर्दा कम्तीमा ३० जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए । जब उनका किशोर छोरा इब्राहिमको अस्पताल बाहिर मारियो, अबु साफिया आफैँले अन्त्येष्टि प्रार्थना गरे र तुरून्तै आफ्ना बाल बिरामीहरूकहाँ फर्किए ।
अबु सफियाको स्वतन्त्रताको अन्तिम क्षणहरूको फोटो र भिडियो विश्वभर सामाजिक सञ्जालमा साझा गरिएको थियोे, जसले लाखौँको ध्यान खिच्दै र सामाजिक सञ्जाल सक्रियता अभियानको सीमा प्रदर्शन गरेको थियो । विश्वव्यापी ध्यानाकर्षणले न त उनको वा गाजाकै भाग्य बदल्यो, न त दुष्ट राज्य इजरायलकोे राजनीति परिवर्तन भयो ।
अबु सफिया ‘आतङ्कवादी’ होइनन् न त ‘लडाकु’ नै । यदि केही हो भने, उनी जीवनका रक्षक हुन् जो आफ्ना बिरामीहरूको साथमा उभिन्छन् : इजरायली विस्तारवादी कब्जामुनि रहेका प्यालेस्टिनी बालबालिका, बम विस्फोट निशानामा परेका, स्नाइपर फायर र इजरायली घेराबन्दीले व्यापक भोकमरी, तिर्खा, रोग र अकाल मृत्यु निम्त्याएकाहरू† यी मध्येका रक्षक हुन् उनी ।
इजरायलले अबु सफिया ‘हमाससँग सम्बद्ध’ भएको दाबी गरेको छ र उनलाई गैरकानुनी लडाकु कानुनअन्तर्गत हिरासतमा राखिएको छ । यी आरोपहरू प्रमाणित गर्न कुनै प्रमाण प्रस्तुत गरिएको छैन, कुनै फौजदारी अभियोग लगाइएको छैन र कुनै पनि स्वतन्त्र पर्यवेक्षकले उनको नजरबन्दलाई औचित्य प्रमाणित गर्न भनिएको गुप्तचर निकायको जाँच गर्न सकेको छैन ।
जून १० मा, अबु सफिया पाँच सय दिनभन्दा बढी क्रूर कारावासपछि अन्ततः सार्वजनिक रूपमा देखिए । उनी जेरुसलेममा इजरायली सर्वोच्च अदालतको सुनुवाइको क्रममा भयानक नफ्हा जेलबाट भिडियो लिङ्कमार्फत उपस्थित भएका थिए । उनलाई हत्कडी र साङ्लाले बाँधिएको थियो, उनी कमजोर र अस्वस्थ देखिन्थे तर उनको मुद्रा शान्त र मर्यादित थियो । एक महिनाभन्दा कम समयपछि उनका वकिलले नित्जान जेलमा उनलाई भेटे । बैठकको क्रममा उनलाई आफ्नो क्लाइन्ट चिन्न समस्या भइरहेको थियो किनभने उनलाई नराम्ररी कुटपिट गरिएको कारणले भेटघाटको क्रममा पनि चेत गुमाइरहेका थिए ।
अबु सफिया इजरायलले हिरासतमा लिएका सयौँ प्यालेस्टिनी स्वास्थ्यकर्मीहरूमध्ये एक हुन् । उनीसहित चौध जना डाक्टरहरू इजरायली हिरासत शिविर र जेलमा छन् । दुई जना डाक्टर जीवितै बाहिर निस्कन सकेनन् भने १,७०० स्वास्थ्यकर्मीहरू मारिएका छन् ।
किन इजरायलले प्यालेस्टिनी स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीहरूलाई पक्राउ गर्छ, थुन्छ, यातना दिन्छ र मार्छ ? दशकौँदेखि, इजरायली कब्जाकारी सेनाले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै प्यालेस्टिनी स्वास्थ्य सेवालाई लक्षित गर्दै आएका छन्, जसले गर्दा उनीहरूको बसोबासी–औपनिवेशिक परियोजनाको एक भागको रूपमा जातीय सफाया र सामूहिक दण्डलाई प्रवद्र्धन गरिएको छ । इजरायली ज्ञानहत्याको उद्देश्य प्यालेस्टिनी ज्ञान, पूर्वाधार र नागरिक समाजका सबै चिह्नहरू मेटाउनु हो ।
आफ्नो अपराध ढाकछोप गर्न, इजरायली सेनाले गाजाका अस्पतालहरूलाई प्यालेस्टिनी सशस्त्र प्रतिरोधका लागि सैन्य लुक्ने ठाउँ वा ‘कमाण्ड सेन्टर’ भएको दाबी गरेको छ । आजसम्म उनीहरूले यसको स्वतन्त्र, प्रमाणित प्रमाण प्रस्तुत गर्न सकेका छैनन् । म आफैँले गाजाका विभिन्न अस्पतालहरूमा २५ वर्षदेखि काम गरिरहेको छु, प्रायःजसो गाजा सहरको अल–शिफा अस्पतालमा । तर अस्पताल वा एम्बुलेन्सको त्यस्तो प्रयोगको कुनै प्रमाण कहिल्यै देखेको छैन ।
गाजाका अस्पतालहरूबाट प्यालेस्टिनी चिकित्सकहरू र अन्य कर्मचारीहरूको गिरफ्तारी, दुव्र्यवहार र यातनाको उद्देश्य गाजाका अस्पतालहरूको त्यस्तो प्रयोगको झूटो स्वीकारोक्ति गराउनु हो । असफलतापूर्वक ¤ मेरा सहकर्मीहरू कहिल्यै झुकेका छैनन् । उनीहरू सत्यको पक्षमा उभिएका छन् ।
तर, चिकित्साकर्मीहरूलाई हिरासतमा राख्नु र सामूहिक हत्या गर्नुको अर्को इजरायली प्रेरणा पनि छ । अस्पतालका कर्मचारीहरू साक्षी बस्छन् र इजरायली युद्ध अपराधको दस्ताबेजीकरणमा प्रत्यक्ष संलग्न छन् । नरसंहार सुरु भएदेखि नै अबु साफियाजस्ता बालरोग विशेषज्ञहरूले इजरायलले प्यालेस्टिनी बालबालिकालाई विनाश गर्ने उद्देश्यले जानाजानी लक्षित गरेको बारेमा चिन्ता व्यक्त गरेका थिए ।
उनीहरूले पहिलेदेखि भन्दै आएका कुराहरू अन्ततः हालै जारी गरिएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनमा समेटिएको छ, जसमा ‘इजरायलले जानाजानी प्रत्यक्ष रूपमा प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएको’ र ‘बाल्यकालको आत्मा’ नष्ट गरेको स्पष्ट प्रमाण रहेको निष्कर्ष निकालिएको छ ।
गाजाका २४ हजारभन्दा बढी बालबालिका मारिएका छन्, हजार दिनसम्म इजरायली कब्जाकारी सेनाले प्रत्येक घण्टामा औसतमा एक प्यालेस्टिनी बालबालिकाको हत्या गरेको छ ।
सेप्टेम्बरसम्ममा मारिएका बालबालिकामध्ये कम्तीमा १ हजार ९ जना शिशु वा साना बच्चा थिए । यीमध्ये लगभग आधा (४५०) शिशुहरू युद्धको समयमा जन्मिएका र मारिएका थिए । कम्तीमा ४२ हजार एघा¥ह बालबालिका घाइते भएका छन् ।
दस लाख प्यालेस्टिनी बालबालिका इजरायली घेराबन्दीमा छन्, घरबारविहीन छन्, खाद्य असुरक्षित छन् र सुरक्षित पिउने पानी, नियमित विद्यालय शिक्षा वा उचित स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित छन् । गाजाका बालबालिकाको हत्या र अपाङ्गता दिनहँु जारी छ ।
गाजाका एक वरिष्ठ बाल रोग विशेषज्ञले हालैसालै मलाई गाजाका स्कूले बच्चाहरूको जीवन यसरी वर्णन गर्नुभयो :
“हरेक बिहान स्कूलका विद्यार्थीहरूले गर्ने सबैभन्दा महत्वपूर्ण कामहरू यी हुन् : पहिलो, पानी खोज्ने, दोस्रो, खाद्य वितरण केन्द्रहरूमा खाना खोज्ने र तेस्रो, बाल्नको लागि प्रयोग गर्न सकिने केही फोहोर सङ्कलन गर्ने । … त्यसैले हरेक बिहान, तपाईंले सयौँ बालकबालिका फोहोर थुप्रोमा डुब्दै, आगो बाल्न प्रयोग गर्न सकिने कुनै पनि चीज खोज्दै गरेको भेट्टाउनुहुन्छ ।”
गाजाका मारिएका र भोकाएका बच्चाहरू जस्तै, अबु सफिया इजरायलको दुष्ट प्रकृतिको एक प्रमुख प्रतीक हुन् । त्यसैले इजरायली अदालतले उनको रिहाइको अपिल अस्वीकार गर्दै इजरायली अधिकारीहरूले उनलाई यातना दिइरहेका छन् र एकान्त कारावासमा राखिरहेका छन् ।
गाजामा रहेका मेरा प्यालेस्टिनी सहकर्मीहरूले अबु साफियाको रिहाइको लागि मात्र आह्वान गरिरहेका छैनन्, अस्पतालहरूको लागि मानवीय राहत र चिकित्साकर्मीहरूलाई निशाना बनाउने कार्यको अन्त्य गर्न पनि आह्वान गरिरहेका छन् । उनीहरू कब्जा र घेराबन्दीको तत्काल अन्त्य र स्वास्थ्यलाई सम्भव बनाउने आधारभूत अवस्थाहरू मानव सुरक्षा, मर्यादा, खाना, पानी, न्याय र नागरिक जीवनको सुरक्षाको पुनस्र्थापनाको माग गरिरहेका छन् । गाजामा अहिलेको मूल समस्या, जुन हजार दिनअघि पनि थियो† संयुक्त राज्य अमेरिका–समर्थित इजरायली औपनिवेशिक कब्जा, दुःखद घेराबन्दी, संरचनात्मक हिंसा र रंगभेद हो ।
न त इजरायली–नियन्त्रित केही अन्तर्राष्ट्रिय चिकित्सा टोलीहरूसहितको अन्तर्राष्ट्रिय ब्यान्ड–एडले वा निष्क्रिय निन्दासहितको अन्तर्राष्ट्रिय खाली सुगा रतानले परिस्थिति परिवर्तन गर्दैन । निवारक चिकित्सा दृष्टिकोणबाट अगाडि बढ्ने एक मात्र तरिका भनेको यो नरसंहार रोक्न, कब्जा अन्त्य गर्न र जीवन बचाउन कठोर औपचारिक अन्तर्राष्ट्रिय प्रतिबन्ध र इजरायललाई बहिष्कार गर्नु हो ।
समय सकिन्नै लाग्यो । इतिहासले हाम्रो मूल्याङ्कन गर्नेछ । कुनै बहाना चल्ने छैन ।
केही गर, अझ गर – या त भागिदार बन ।
यो हाम्रो जिम्मेवारी हो; यो प्रत्येक पश्चिमी–पूर्वी राजनीतिज्ञ, संसद् र सरकारको जिम्मेवारी हो । सबैले आफ्नो हिस्सा लिन सक्छन् । सक्रिय हुनुहोस्, विरोध गर्नुहोस् र प्यालेस्टिनी जनताको न्यायपूर्ण सङ्घर्ष र प्रतिरोधको लागि ऐक्यबद्धता र समर्थनलाई सङ्गठित गर्नुहोस् ।
सत्र वर्ष पहिले सन् २००९ मा गाजामा भएको इजरायली युद्धको समयमा, मैले अल–शिफा अस्पतालबाट कराएँः
“हामी मृत्यु, रगत र अङ्गभङ्गहरूका बिच डुबिरहेका छौँ । धेरै बच्चाहरू । गर्भवती महिलाहरू । मैले कहिल्यै यति भयानक अनुभव गरेको छैन । हामीे कहिले ट्याङ्क आएको सुन्छौँ । भन्नुहोस्, यसलाई प्रसार गर्नुहोस्, चिच्याउनुहोस । जे पनि । केही गर ! अझै गर ! हामी अब इतिहासका किताबहरूमा बाँचिरहेका छौँ, हामी सबै ।”
केही गर ! अझै गर ! पहिले कहिल्यै पनि यति अनिवार्य भएको थिएन ।
– मादस् गिल्बर्त
Leave a Reply