राजनीति, निर्दलीयता र रास्वपाको दृष्टिदोष
- असार २४, २०८३
पहिलेका शिक्षकहरूले आफ्ना कक्षाहरूमा मन्त्र पढेर सुनाए जस्तै ‘हे, बाबु–नानीहरू जहिले पनि समय र परिस्थितिको ध्यान दिनुपर्छ र सोचेर गर्नु हुन्न’ भनी पाठहरू बारम्बार नयाँ पुस्तालाई स्मरण गराउँछन् । आँखा चिम्लेर नक्कल गर्दा धेरै धनजनको क्षति भएको इतिहास र समाचारपत्रले जानकारी दिएरै आएका छन् । तर, कहिलेकाहीँ समय र परिस्थितिको मूल्याङ्कन नगर्दै नक्कल गर्दा पहिले काठमाडौँ उपत्यकामा उत्तरका नेपालीहरूले बख्खु लगाएर हिँडेको देखेर असार–साउनमा बख्खु लाएर हिँडेमा व्यक्तिले उद्देश्यको विपरीत परिणाम भोग्नुपर्ने हुन्छ ।
‘विद्युत्बाटै मुलुकको समृद्धि (२५ असार २०८३ को नागरिक दैनिक) मा छापिएको रिपब्लिक हेर्दा केही वर्षदेखि नेपालको धेरै जलविद्युत् उत्पादनको कारण भ्रममा पर्ने अनुभव धेरैले गरे होलान् । दिउँसो काठमाडौँको एक गल्लीमा देखेको डोरीलाई राति त्यही डोरीलाई सर्प सम्झन बेर लाग्दैन । सोभियत सङ्घमा १९१७ को समाजवादी क्रान्तिपछि पश्चिमी देशका विद्वान र सरकारका ठुला–ठालुहरूसमेत युरोपको सबभन्दा पिछडिएको भूदासहरूको देशमा कसरी समाजवादको स्थापनाको ‘कल्पना’ गरेको होला भनी आश्चर्य मिश्रित जिज्ञासामा थिए । त्यसकारण, त्यसबेलाका नाउँ चलेका बेलायती बुद्धिजीवी एच.जी.वेल्सलाई मस्को पठाइएको थियो ।
वार्ता र छलफलको सिलसिलामा लेनिनले भन्नुभयो, “विद्युतीकरणले समाजवाद ल्याउँछ ।” लेनिनको भनाइ र एच.जी.वेल्सको अथ्र्याइँमा फरक भएरै होला पत्रकारहरूले उहाँलाई भन्नुभयो, “लेनिन क्रेमलिनका स्वप्नदर्शी हुनुहुन्छ ।”
तर, परिणामले सोभियत सङ्घको विद्युतीकरणले आखिर समाजवादको सफलतामा ठुलो भूमिका खेल्यो । उद्योग र उत्पादनका हर क्षेत्रमा विद्युतीकरणको प्रयोगले अत्यन्त सकारात्मक परिणाम दियो – वस्तुको लागत र द्रुत्ततर विशाल उत्पादनको परिणामको कारण । २०–३० वर्षभित्र संसारको सबभन्दा पुरानो पुँजीवादी देशलाई केही वर्षभित्रै विभिन्न वस्तुको उत्पादनमा पछि पारेर सबभन्दा अगाडि बढेको पुँजीवादी देशका प्रतिनिधि संरा अमेरिकासँग प्रतिस्पर्धी बन्न पुग्यो । सोभियत रुस त्यसबेला संसारको सबभन्दा ठुलो कारखाना साबित भयो ।
त्यो समय हो १०० वर्ष अगाडिको र ठाउँ समाजवादी सोभियत सङ्घको । जहाँ उत्पादनका विशाल उत्पादन साधनहरू निजी नभई सारा देश र जनताको हुन्थ्यो । तर, हाम्रो यहाँ भ्रष्टाचारले ग्रस्त निजी भन्नेहरू नै वास्तवमा विदेशी पुँजी भाग खाने एजेन्टहरू हुन्छन् । दोस्रो, ठुलठुला हाम्रा जलस्रोत र विद्युत् उत्पादनका मालिकहरू विदेशी छन् । माथिल्लो कर्णालीदेखि देशका सबै जलविद्युत्को बैङ्कसमेत भारतीय र एमसीसीको नाममा संरा अमेरिकी पुँजीको हातमा छ । नेपाली जलविद्युत् बङ्गलादेशसँग व्यापारको चाँजो–पाँजोमा भारतले भाँजो हालेको जगजाहेर छ । यसले बताउँछ – हाम्रो जलविद्युत् हाम्रो हातमा रहेन र जसरी भेनेजुयलाको तेलको खानी निजी नगरेकै कारण भेनेजुयलाका राष्ट्रपति र श्रीमती राष्ट्रपतिसमेत ट्रम्प प्रशासनले अचानक त्यस देशमा आक्रमण गरी अपहरण गरी लगेको हिजोकै कुरा हो ।
महाकाली सन्धिको सिलसिलामा नेपालका प्रधानमन्त्रीलाई वार्ताको अन्तिम निष्कर्षमा एक्लै लगेर दिल्लीको दरबारमा सेनाको पहरामा राख्दा नेपाली प्रतिनिधिमण्डल आश्चर्यमा पर्दै प्रधानमन्त्रीलाई पर्खेर बसेको थियो ।
अमेरिका र भारतमा राजदूत नेपालको अनुसार हुने होइन, तिनीहरूकै अनुरोधलाई पालन गर्ने हो । एमसीसीमा सबभन्दा पहिले नेपाली राजदूतले हस्ताक्षर गरेका थिए । अनि, नेपाली मन्त्री र संसद्ले अनुमोदन गरेका थिए । त्यही अमेरिकीहरू राजदूत नेपालै नआई भारतमा राजदूत भए; उनी पहिले योजना आयोगका सदस्य थिए । यसकारण, नेपालको प्राकृतिक स्रोत नेपालको हुँदैमा राजनीतिमा नेपालीकै हातमा नपुगेसम्म त्यसले ‘समृद्धि’ आउने होइन बरु देशमा गरिबी, विध्वंश र अरुको खेलको मैदान हुन सक्ने हुँदा नेपाली जनता रातमा मस्तसित नसुती चनाखो हुनुपर्छ !
Leave a Reply