ऐना
- असार २६, २०८३
एक दिनको कुरा हो
बिहान घुम्न जाँदा
बाटैमा नाबालक देख्न पुगेँ
माग्न भनी बस्या ।।१।।
हरे शरीरमा लुगै थिएन
पेट थियो चाउरेको
अनि अनुहार अति मलिन
कस्तो माया लाग्दो ।।२।।
सोचे कहाँको होला यो
कोही छन् छैनन्
यसरी माग्दै बस्या छ
पापी पेटैका लागि ।।३।।
मनै नमानी नजिक गएँ
सोधिहेर्दा रोएर भन्यो
धेरै दिन भो खाको छैन
केही पैसा पाउन ।।४।।
फेरि थप्यो पढ्नेबारे
कसले मलाई पढाउला
कोही छ कठै भन्ने
म टुहुरोलाई ।।५।।
सुनेरै दिक्क लाग्नु लाग्यो
प्रहरीको जिम्मा लगाएँ
बाटोभरि सोच्दै हिँडेँ
केही गरेझैँ लाग्यो ।।६।।
Leave a Reply