सिद्धान्तको लिलाम, कुर्सीको सौदाबाजी
- श्रावण २२, २०८३
ऊ दिनभरि ऐना पुछिरहन्छ
आफ्नो रूप सफा देख्ने आसमा ।
तर धूलो ऐनामा थिएन
धूलो त
उसको आफ्नै अनुहारमा थियो
जसलाई ढाक्न ऊ
हरेक दिन झूटको क्रिम लगाउँछ ।
अहिले ऐना सफा छ
तर ऊ ऐना हेर्न डराउँछ
किनकि सत्य
सधैँ कुरूप हुँदोरहेछ ।
Leave a Reply