आँधीका कारण ताइवानमा हजारौँ विस्थापित
- असार २७, २०८३
प्रकाश ओझेल
सुर्खेत, २७ असार । कर्णाली कला साहित्य समाज नेपाल, सुर्खेतको आयोजनामा मध्यपश्चिम विश्वविद्यालयमा बैठक तथा सभा सञ्चालन, मिसन पत्रकारिता र समाचार सम्प्रेषण विषयक एकदिवसीय कार्यशाला गोष्ठी शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका कर्णाली प्रदेश समिति सदस्य धनेन्द्र विकले वर्तमान पुँजीवादी व्यवस्थाको विकल्प अर्काे पुँजीवाद हुन नसक्ने विचार व्यक्त गर्नुभयो । हिजोका पुराना दलहरूको विकल्प नयाँ भनिएका शक्तिहरू हुन नसक्ने जिकिर गर्दै उहाँले राजनीतिक दलहरूको जनविरोधी गतिविधिका कारण देशमा समाजवादी व्यवस्था र नेमकिपाको आवश्यकता झनै बढेको दाबी गर्नुभयो ।
नेमकिपा सुर्खेतका उपाध्यक्ष अक्कल रानाले कला र साहित्यको महत्वमाथि प्रकाश पार्नुभयो । रचनात्मक शैली र कलात्मक माध्यमबाट जनताले आफ्नो कुरा सरल रूपमा बुझ्ने भएकाले स्रष्टाहरूले कला–साहित्यको प्रयोगमार्फत देश र जनताको सच्चा सेवा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यशालाको प्राविधिक तथा वैचारिक सत्रहरूमा दुईवटा विधामा आधारित रहेर प्रशिक्षण प्रदान गरिएको थियो । पहिलो सत्रमा समाजका अध्यक्ष एवं प्रशिक्षक टीकाप्रसाद पोखरेलले ुबैठक तथा सभा सञ्चालन र पत्राचार विषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँले बैठक बस्ने औपचारिक विधि, सभाहरूको सञ्चालन प्रक्रिया र आधिकारिक संस्थागत पत्राचारका विषयमा सरल र शिष्ट शैलीमा प्रशिक्षण दिनुभयो ।
दोस्रो सत्रमा प्रशिक्षक प्रकाश ओझेलले मिसन पत्रकारिता र समाचार सम्प्रेषण विषयमा केन्द्रित रहेर तालिम दिनुभएको थियो । उहाँले पत्रकारिताको ऐतिहासिक पृष्ठभूमि, व्यावसायिक पत्रकारिता र मिसन पत्रकारिताबिचको भिन्नता केलाउँदै समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने (5W+1H) को नियम र शीर्षक छनोटको कलाबारे प्रस्ट पार्नुभयो ।
प्रशिक्षणकै क्रममा उहाँले विश्व इतिहासमा क्रान्तिकारी छाप छोडेका साहसी र मिसन पत्रकारहरू जोन रिड, अन्ना लुइस स्ट्रङ, भेरोनिका ग्वेरिन र मुन्ताजर अल जैदीको अतुलनीय योगदानको चर्चा गर्दै समाज रूपान्तरणका लागि प्रतिरोधी कलमको आवश्यकतामाथि जोड दिनुभयो ।
वैचारिक मन्थनका साथै कला र साहित्यको सुन्दर संयोजन रहेको उक्त कार्यशालामा स्रष्टाहरूले विभिन्न सिर्जनाहरू प्रस्तुत गरेका थिए । साहित्यकार अङ्ग शाहीले चोटिला मुक्तक, रमा दशनामी गिरी र धनेन्द्र विकले समसामयिक कविता वाचन गर्नुभएको थियो भने छत्रिकाकुमारी बिकले देशभक्तिपूर्ण गीत प्रस्तुत गर्नुभएको थियो ।
समाजका सहसचिव शर्मिला बिकको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन समाजका सचिव छत्रिकाकुमारी बिकले गर्नुभएको थियो । कार्यक्रमका सभापति एवं समाजका अध्यक्ष टीकाप्रसाद पोखरेलले कार्यशालामा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न जोड दिँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।
Leave a Reply