अमेरिका–इरान तनाव चर्कियो दुवै पक्षबाट आक्रमण जारी
- असार २८, २०८३
काठमाडौँ, २८ असार । राजनीतिक ज्ञान, राजनीतिक चरित्र, राजनीतिक अनुभव, सिद्धान्तले नभिजेका, जनतामाझ नगएका र नेताको गुण नभएका प्रधानमन्त्री, मन्त्री र सांसदहरूमा कहाँ, कसरी, के बोल्नुपर्छ भन्ने ज्ञानको कमी हुनु आश्चर्यको विषय होइन । थोरै बोलेर धेरै काम गर्ने अभिलाषा बोकेका वर्तमान सरकारका मन्त्री र सांसदहरूमा राजनीतिक र सैद्धान्तिक स्तर नहुनु पनि अनौठो होइन । गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाह प्रकरणमा उठेका विभिन्न जिज्ञासाको जवाफ दिने क्रममा भने, “आज म यो सम्मानित सदनमा सभामुखमार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर सिकाउन चाहन्छु ।” प्रश्न उठ्छ, के गृहमन्त्री गुरुङ सदनमा सांसदहरूको शिक्षक बन्न लागेका हुन् ? सरकार चलाउन सिकाउने गृहमन्त्री गुरुङले के सांसदहरूलाई विद्यार्थी नै ठानेका हुन् ?
के सदनमा रहेका सांसदहरूलाई अहिलेसम्म स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार छ भन्ने कुरा थाहा छैन ? गृहमन्त्री गुरुङले आफू शिक्षक बनेर शिष्य (सांसद) हरूलाई कक्षा सञ्चालन गरिरहँदा या बोलिरहँदा पुराना, अग्रज या संसदीय अभ्यासको अनुभवी सांसदहरूलाई तीतो अनुभव हुनु स्वाभाविक हो । गृहमन्त्री गुरुङको भनाइ सुनिरहँदा कति सांसदहरू मुसुमुसु हाँसेको र कति सांसदहरू गृहमन्त्री गुरुङको जिभ्रो चिप्लिएको होला भनी थुक निलेर बसेको देख्दा जनताले जान्नेलाई छानेर पठाएको कमाल होला भनी कानेखुसी गरेको अड्कल गरियो । एउटा गल्ती छोप्न अर्को गल्ती गर्छ भनेको यहीँ हो । गृहमन्त्री गुरुङले संसद्मा उठेका प्रश्नको चित्तबुझ्दो जवाफ दिनुपर्नेमा सरकार कसरी सञ्चालन गर्ने भनेर भर्खरको तन्नेरी मन्त्रीले वृद्व या अग्रज सांसदहरूलाई पाठ सिकाउने ?
आत्मदाह प्रयासको घटना सुनेर भक्कानिएर बोल्न नै छोडेका या भावविह्वलमा परेका मन्त्री गुरुङ अग्रज सांसदहरूलाई सरकार सञ्चालनबारे पाठ सिकाएर आफ्नो नैतिक जिम्मेवारीबाट पन्छिन खोजे । स्थानीय तह र प्रदेशमा रास्वपाका जनप्रतिनिधि छैनन् भनेर राज्यको दायित्व भुल्ने गृहमन्त्रीको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले झन् पीडित परिवार र जनता आक्रोशित भए । पीडित परिवारले न्याय नपाएसम्म लास नबुझ्ने भनी पीडित परिवारका नाता कुटुम्ब र जनता आन्दोलनमा लागे । भूकम्प हुँदा कुनै पनि स्थानमा केन्द्रित भई क्षति हुनसक्छ । बाढी पहिरो, रोगको प्रकोप जुनसुकै स्थानमा हुनसक्छ । कुनै कारणवस प्राकृतिक या सांस्कृतिक सम्पदामा क्षति हुँदा त्यो ठाउँको स्थानीय तहले मात्रै समस्या समाधान गर्न सकिँदैन । त्यसबेला प्रदेश र केन्द्रीय सङ्घले समस्या बुझ्नुपर्ने हुन्छ† समस्या बुझेर समाधान गर्नुपर्ने हुन्छ । घटना कुनै पनि स्थानीय तहमा घट्ने हो । त्यहाँ यो दल र त्यो दलको प्रतिनिधित्व छैन भनेर अरु स्थानीय तह, प्रदेश र केन्द्रीय सङ्घ आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन ।
सबै जिम्मेवारी स्थानीय र प्रदेशले मात्र हेर्ने हो भने केन्द्रको के काम ? के सरकार भनेको शासन सञ्चालन गर्न मात्र हो ? के राज्यको कुनै जिम्मेवारी छैन ? नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने प्रम बालेन साहको भनाइले सरकार एकातिर जनता अर्कोतिर परे । सदनमा मात्र होइन देशभर विरोध प्रदर्शन भयो । गृहमन्त्री गुरुङको अभिव्यक्तिले पनि पीडित परिवारमा मात्र होइन जनतामा पनि पीडा थप्यो । यही कारण दोषीमाथि कारबाहीको माग राख्दै प्रदर्शनकारीको आन्दोलन फैलिँदै गयो । कारण जसको भए पनि दोष जसको भए पनि, एक युवाको ज्यान गयो ।
गणेश नेपालीको मृत्यु सरकारी निकायको चरम अत्याचारविरुद्ध या असन्तोषको सङ्केत हो । सत्तासीन दलका नेता, मन्त्रीहरू दूरदर्शी नहुँदा, सिद्धान्त र विचारमा भिजेर काम नगरेको कारण जनतामा असन्तोष बढ्दै गएको हो ।
Leave a Reply