रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
भदौ २३ र २४ गतेको उपद्रवबारे प्रमुख जिल्ला अधिकारीहरूको विवरण :
छानबिन आयोगबाट विभिन्न जिल्लामा जेनजेड पुस्ताद्वारा गरिएको आन्दोलनपूर्व, आन्दोलनको समय र आन्दोलनपश्चात्का अवस्थाबारे यकिन गर्न आन्दोलनको धेरै प्रभाव परेका जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारीहरूसँग माग गरिएको घटना विवरण कागज :
प्रमुख जिल्ला अधिकारी मोरङ
२०८२ भदौ २४ गते राति नेपाली सेनाको परिचालनपश्चात् बिहानसम्म व्यक्तिगत रिसइबिका कारण सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथिको आक्रमण भएको देखिन्छ । म निम्नबमोजिमको विवरण उपलब्ध गराइएको व्यहोरा सादर अनुरोध गर्दछु ।
भदौ २३ गतेको अवस्था :
बिहान ११ बजे शान्तिपूर्ण कार्यक्रममा करिब ८०० जनाको सहभागिता रहेको थियो । मालपोत कार्यालय र महानगरपालिकाको कार्यालय लक्षित गरी दिउँसो सामान्य प्रदर्शन भयो । इटहरीमा २ जना र काठमाडौँमा धेरै आन्दोलनकारीको मृत्यु भएको सामाचार आएपश्चात् आन्दोलनकारी आक्रोशित भएको देखिन्छ । त्यसपछि एब्द्यक्इल्रल्–एब्द्यक्इल् लगायतसँग बैठक गरी स्थानीय तहबाट तीन दिन विद्यालय बिदाको लागि समन्वय गरियो ।
भदौ २४ को अवस्था :
बिहान ११ बजेबाट कफ्र्यु आदेश जारी गरियो । प्रदर्शनकारीहरूले आन्तरिक राजस्व कार्यालयको भवनमा आगजनी गरे । त्यसपछि आन्दोलनकारी हाम्रो नियन्त्रणबाट बाहिर गएको देखियो । सामाजिक सञ्जाल र समाचारबाट प्रधानमन्त्रीको राजीनामा र सिँहदरबारमा समेत आगजनी गरिएको समाचार सार्वजनिक भएपछि सबैतिरको अवस्था नियन्त्रण बाहिर गएको थियो । करिब ३ बजेतिर प्रदेशसभा भवनबाट आगजनी सुरू भई कोइराला निवास, नजिकै रहेको जिल्ला प्रशासन कार्यालय, अन्य कार्यालय र पार्टी कार्यालयहरू तथा निजी सम्पत्तिमा समेत आगजनी भएको थियो । यी सम्पूर्ण घटना अगाडि जिल्ला सुरक्षा समितिको सबै टोली बेलुका ७ बजेसम्म सँगै रहेका थियौँ । जिल्लास्थित १५५ सरकारी कार्यालय, निजी प्रतिष्ठान, निजी घर र राजनीतिक दलका कार्यालयमा क्षति भयो ।
घटनाका कारण :
प्रदर्शनकारीहरूमा मुख्य रूपमा राज्यप्रति आक्रोश र काठमाडौँ तथा इटहरीका मृतकप्रतिको बदलाको भावना देखिएको थियो ।
घटनामा संलग्न मुख्य व्यक्ति/समूह :
आधारभूत रूपमा जेनजेड आन्दोलनकारीकै अगुवाइ रहेको देखिन्छ । तर, सामाजिक रूपमा अभियन्ता भनी क्रियाशील, राजनीतिक दलहरूको संस्थापन पक्ष, इत्तर पक्ष, सामाजिक सञ्जालमा पत्रकारिताको रूपमा देखिएका पात्रहरू, आन्दोलनकारीलाई “अब यता जाऔँ उता जाऔँ” भनी उक्साउनेहरू घटनामा संलग्न देखिन्छन् ।
सुरक्षा निकायहरूको परिचालन र समन्वयको अवस्था :
भदौ २४ गते राति १० बजेबाट नेपाली सेना परिचालनपश्चात् नेपाल आयल निगमको प्रादेशिक इन्धन डिपोमा आगो लगाउने र कारागार कार्यालयबाट कैदी बन्दी भगाउने प्रयास गरिएको थियो । तर, हाम्रो स्थानीय समन्वय र सुरक्षा परिचालनले त्यो सम्भव भएन ।
Leave a Reply