अमेरिका–इरान तनाव चर्कियो दुवै पक्षबाट आक्रमण जारी
- असार २८, २०८३
भक्तपुर, २८ असार । नेमकिपा सूर्यविनायक ९ काँक्राबारी समितिको आयोजनामा भ्रष्टाचारविरोधी आन्दोलनको संस्मरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजुले २०२५÷०२६ सालको ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनबारे चर्चा गर्दै त्यसबेला किसानहरू सचेत र सङ्गठित नभएका भए किसानहरूले थोरै थोरै बचत गरेको रकम केही टाठाबाठा भ्रष्टाचारीहरूले खाइदिने स्मरण गर्नुभयो ।
उहाँले जनता सचेत भएकै कारण त्यसबेलाका भ्रष्टाचारीलाई उल्टो टोपी लगाएर कारबाही गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जबसम्म जनता सचेत हुँदैनन् तबसम्म देशमा भ्रष्टहरू चलबलाइरहेका हुन्छन् । सचेत र सङ्गठित भएमा हरेक कार्यक्रम र आन्दोलन सफल हुन्छ ।”
उहाँले वर्तमान सरकारले पुराना ठुला भनिएका पार्टीहरूले जस्तै जनता र देशको हितमा काम नगरी देशलाई झन् ऋणको भार बोकाएको, जनताको अति आवश्यक शिक्षा, स्वास्थ्य र बत्तीमा कर लगाउने नीति लिएको, स्वास्थ्य बीमा खारेज गर्न खोजिएको, पेट्रोलियम पदार्थ र खाद्यान्नमा महँगी पारेको, किसानलाई राहत दिनुको सट्टा धनीलाई पोस्ने हिसाबले २ करोड लगानी गर्ने किसानलाई ४० प्रतिशतसम्म अनुदान दिने खालको योजना अघि सारेर जनविरोधी काम गरिरहेको बताउनुभयो ।
नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले विगतको इतिहासलाई सम्झेर वर्तमान युवा पुस्ताले शिक्षा लिनुपर्ने उल्लेख गर्दै हिजो थोरै भ्रष्टाचार हुन्थ्यो भने अहिले करोडौँ करोडको नीतिगत भ्रष्टाचार भइरहेको छ भन्नुभयो ।
उहाँले सिंहदरबारको भ्रष्टाचार गाउँ–गाउँसम्म पुगेको विचार व्यक्त गर्दै जबसम्म जनताको शासन समाजवाद आउँदैन तबसम्म जनताको हित नहुने बताउनुभयो । उहाँले जनता सचेत र सङ्गठित हुनुपर्नेमा जोड दिनुभयो ।
सो कार्यक्रममा सूनपा नेमकिपा नगर समितिका सचिव महेन्द्र बखुन्छेँ, नेक्राकिसङ्घ नगर अध्यक्ष राजेन्द्र बखुन्छेँ, प्रेम तामाङ र प्रकाश तामाङले पनि बोल्नुभएको थियो ।
Leave a Reply