रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
“मान्छेलाई बाँच्नको लागि एक चिम्टी बल, एक चिम्टी आधार र एक चिम्टी प्रेम चाहिन्छ ।”
– भानुभक्त आचार्य
भानुभक्त आचार्यको जन्म बुबा धनञ्जय आचार्य र आमा धर्मावतीदेवीका पुत्रका रूपमा तनहुँको रम्घामा वि.सं. १८७१ असार २९ गते भएको थियो । उनले बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका थिए । उनको वास्तविक नाम देवीभक्त आचार्य हो ।
भानुभक्तले १० वर्षमा चन्द्रकान्ता खनालसँग विवाह गरेका थिए । चन्द्रकान्ताको मृत्युपछि ११ वर्षमा उनले चन्द्रकला देवीसँग दोस्रो विवाह गरेका थिए ।
भानुभक्त आचार्य एउटा गरीब घाँसीबाट कवि बन्न ठुलो प्रेरणा मिल्यो । घाँसीले घाँस काटेर पाटी पौवा बनाउने इच्छा राखेका थिए । उनले विश्वको प्रथम महाकाव्य रामायणको अनुवाद नेपाली भाषामा गरे । रामायण प्रत्येक नेपालीको घरमा पढियो र सम्झियो । यसले गर्दा नेपाली भाषाको खुबै प्रचार भयो । भानुभक्तभन्दा पहिले देशमा कैयाँै भाषा बोल्थे । सबैको भाषा बुझ्न सक्दैनथे । यसैकारणले भानुभक्तले देशलाई एउटै भाषा दिने प्रयत्न गरे । यसले गर्दा देशको एकता भाषिक बढ्यो ।
भानुभक्तको बाल्यकालीन समयमा नेपालमा संस्कृत भाषाको बोलचाल थियो । त्यतिबेला नेपाली भाषालाई तुच्छ सम्झिन्थे । तर, उनले नेपाली भाषालाई शिरको ताज बनाए । उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे, कवितामा नाच्थे । एक पटक एक जना बटुवाले उनको परिचय माग्दा उनले कवितामा जवाफ दिएका थिए ।
भानुभक्त साँच्चै नेपाली साहित्यमा भानु भएर भक्तिरूपी काव्यका आलोक हुन् । सर्वप्रथम घाँसीबाट प्रेरणा पाई कविता लेखनको आरम्भ गरेका भानुभक्तको पहिलो कविता पनि ‘घाँसी’ नै रहेको छ ।
भानुभक्तले देशप्रेमको भावना नेपाली भाषामा व्यक्त गरे । राम र सीताको कथाले देशमा उत्साह र जागृतिको लहर फैलियो । रामभक्ति धारामा कविता लेख्ने कविमा भानुभक्तको नाम सर्वप्रथम आउँछ । भानुभक्तलाई आदिकवि मानिन्छ । उनको रामायण नेपालीको आदिम महाकाव्यको रूपमा चर्चित छ । यसको अतिरिक्त भानुभक्तले ‘वधू शिक्षा’, आफ्नो मित्र तारापति उपाध्यायका घरमा बस्दा एकै रातमा लेखिएको थियो । अर्को कृति ‘भक्तमाला’ र ‘प्रश्नोत्तरमाला’ विं सं. १९१० मा उनले रचना गरेका थिए ।
नेपाली वाङ्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन सङ्कटपूर्ण र अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन् । नेपाली जगतमा एकै पटक भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, देशप्रेमजस्ता समग्र विषयको समन्वय एवं समष्टिभाव प्रकट गरेर भानुभक्तले आदिकवि तथा राष्ट्रिय विभूतिजस्तो ठुलो सम्मान पाएका हुन् ।
भानुभक्तले ३७ वर्षको उमेरमा सरकारी जागीर पाएका थिए । तर, हाकिमले दुई वर्षमा नै उनको जागीर खोसे । त्यसपछि उनलाई बाबुले तिर्नुपर्ने रकम नतिरेको अभियोगमा कुमारी चोकमा थुनियो । उनका लागि जेल यात्रा वरदान बन्यो । उनले पाँच महिना कैदी हुँदा रामायणको ‘अयोध्या काण्ड’, ‘सुन्दरकाण्ड’ को पद्य अनुवाद सकाएका थिए । कुमारी चोकको हिसाब मिलाउन नसकेर कैदमा परेका भानुभक्त आचार्यले सरकारी कार्यालयमा हुने ढीलासुस्ती र भोलिवादका कट्टरविरोधी भएर कविता लेखे । “भोलि भोलि हुँदैमा सब घर बिति गो बक्सियोस् आज झोली” भनेर ब्यङ्ग्य गरेका थिए ।
भानुभक्त नेपाली साहित्यका बलियो जग, जातीय एकताका सूत्रधार, राष्ट्रिय संस्कृतिका संवाहक, भाषिक एकताका सर्जक, राष्ट्रिय विभूति र प्रेरणा स्रोत हुन् ।
भानुभक्त आचार्यलाई संसारभरिका नेपाली जनताले मानव सेवाको रूपमा ग्रहण गरेका हुन् । भारतको दार्जलिङमा र सिक्किममा भानु जयन्तीलाई पर्वको रूपमा मनाइने गरिन्छ ।
वि.सं. १९८६ तिरबाट सूर्यविक्रम ज्ञवाली, पारसमणी प्रधानजस्ता व्यक्तिहरूले नेपाल बाहिरका विभिन्न क्षेत्रमा भानुभक्तलाई प्रचार प्रसार गरेपछि नेपाली भाषा सबै क्षेत्र या अन्तर्राष्ट्रिय रुपमा मान्यता पाए ।
भानुभक्तलाई मोतीराम भट्टले पहिलो पटक नेपाली भाषाको आदिकवि उपाधि दिन सहयोग गरेका थिए । उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन् ।
कवि शिरोमणी लेखनाथ पौड्याल लेख्नुहुन्छ, “नेपाल राष्ट्र रहेसम्म भानुभक्त अमर रहिरहनेछन् ।”
भानुभक्तले सांस्कृतिक रूपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषिक एकता गरे ।
२०३४ सालदेखि भानु जयन्तीका दिन भानुभक्तको फोटोलाई रथारोहण गराई राजधानीको विभिन्न ठाउँमा प्रभातफेरीको आयोजना गरिएको थियो ।
नेपाली भाषा साहित्यको अमरत्वका साथमा भानुभक्त आचार्यको अमरत्व सदा सर्वदा यो धरतीमा सधैँ सम्झिरहनेछ । यसरी राष्ट्रको सेवा गर्ने भानुभक्त आचार्यको निधन वि.सं. १९२५ मा भएको थियो ।
सन्दर्भ सूची
१) Heroes and builders of Nepal – R.K Shah
२) साहित्य प्रकाश – केशवप्रसाद उपाध्याय
३) गुगल
Leave a Reply