भर्खरै :

विद्यार्थीहरुले गाए प्रगतिशील गीत

भक्तपुर, २५ जेठ । विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सको द्विशतवार्षिकीको अवसरमा आस्था साँस्कृतिक परिवारले शुक्रबार जिल्लाव्यापी विद्यालयस्तरीय प्रगतिशील एकल गायन प्रतियोगिता ग¥यो । जिल्लाका करिब १० विद्यालयका १४ जना प्रतियोगीहरुलाई उछिन्दै प्रत्यक्ष प्रस्तुतीतर्फ गोल्डेन गेट ई. स्कुलका कृष्णा कासुलाले प्रथम स्थान हासिल गरिन् भने रोम्बस न्यूलोजियन नेशनल स्कुलका प्रमिस थापाले द्वितीयस्थान हासिल गरे । त्यस्तै ट्रयाकमा गाइएका गीतहरुतर्फ बासु माविका लक्ष्मी तामाङ प्रथम र जेन्यून ई. स्कूलका दिप दिवाकर दोस्रो भए ।
विजयी प्रतियोगी र सहभागीहरुलाई पुरस्कार दिनुहुँदै नेपालभाषा साहित्य तःमुंज्याका संस्थापक अध्यक्ष कान्छा बासुकलाले कार्ल माक्सले आफू जर्मनीका नागरिक भएर पनि संसारका जनतालाई मुक्तिको बाटो देखाउनुभएको बताउनुभयो । उहाँले गीत र संगीतमा अरुलाई आकृष्ट गर्ने शक्ति हुने बताउनुभयो । उहाँले विद्यार्थीहरुका प्रतिभा प्रस्फुटन गर्ने उद्देश्य अनुरुप कार्यक्रम भएकोमा खुसी व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय सचिव रमेश प्रजापतिले प्रगतिशील र प्रतिक्रियावादी साहित्यको विषयमा चर्चा गर्दै प्रगतिशील साहित्यले मात्र साँचो अर्थमा देश र जनताको सेवा गर्न सक्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुको समग्र विकासको निम्ति अतिरिक्त क्रियाकलापहरु धेरै महत्वपूर्ण रहेको बताउनुभयो ।
त्यस्तै नेक्राविसंघ भक्तपुर जिल्ला समितिका सह–सचिव मिलन गणेजूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले विद्यार्थीहरुसमेतलाई मर्का पर्ने बताउँदै सचेत विद्यार्थीहरुले त्यसकाविरुद्ध संघर्ष गर्नुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष सविता दुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा मुना शिवहरी, अनिश हेंग्वलगायतले बोल्नुभएको थियो ।







Leave a Reply

Your email address will not be published. Required fields are marked *