स्थानीय तह र प्रदेशको बजेटबारे
- असार २९, २०८३
संसारलाई आतङ्कित पार्ने, मिसाइल प्रहार गरेर हत्या गर्ने, असुरक्षित बनाउने राष्ट्र प्रमुखहरू छान्नुपर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अग्रस्थानमा पर्छ । अमेरिकी आक्रमणमै इरानका सर्वोच्च नेता अली खामेनेईको हत्या भएको थियो । मिसाइल आक्रमण गरेर अरु राष्ट्र प्रमुखको हत्या भएकोमा खुसी मनाउने, आक्रमण सफल भएको बताउने राष्ट्रपति ट्रम्पले आफ्नो ‘हत्या प्रयास’ भएमा इरानलाई ध्वस्त पार्ने चेतावनी दिए । अमेरिकी राष्ट्रपति ट्रम्पकै भनाइ सापटी लियो भने इरानका सर्वोच्च नेताको हत्या गर्ने अमेरिकी आक्रमणको प्रत्याक्रमणमा इरानलगायतका संसारका स्वाधीन देशहरू मिलेर अमेरिकालाई ध्वस्त पार्नुपर्ने थियो । यस हिसाबले अमेरिका धेरै पटक ध्वस्त हुनुपर्ने थियो ।
देशका राष्ट्रपतिहरूको हत्या आफ्नो मात्र होइन कुनै पनि देशको राष्ट्रपति र प्रधानमन्त्रीको गर्नु हुँदैन । व्यक्तिहत्याको विरोध गर्नुपर्छ । व्यक्तिहत्याले देश बन्दैन, देशको विकास हुँदैन । तर, अमेरिकी प्रशासनले अरु देशमा आक्रमण र आक्रमणमा सहयोग गर्दै धेरै राष्ट्र प्रमुखहरूको हत्या गरिसक्यो, हत्या गर्न सहयोग गरिसक्यो । यसरी राष्ट्र प्रमुखहरूको हत्या र फाँसी दिने काममा संयुक्त राज्य अमेरिकाको ठुलो हात थियो । अमेरिकाले संसारका स्वाधीन र सार्वभौम देशहरूमा आक्रमण गरेर धनजनको क्षति गर्न पाउने तर अरुले त्यस आक्रमणको प्रत्याक्रमण या प्रतिकार पनि गर्न नपाउने भन्ने अमेरिकी प्रशासन र संयुक्त राष्ट्र सङ्घको कस्तो नीति ¤ बलियो देशले जे पनि गर्न पाउने, अरुले प्रतिकार पनि गर्न नपाउने कस्तो नियम ¤ के संसारका सबै देशहरू अमेरिकी प्रशासनको उठबसमा चल्नुपर्ने हो ? अमेरिकी राष्ट्रपति ट्रम्पले जे जे भने त्यो त्यो अरु देशले आँखा चिम्लेर मान्नुपर्ने ?
अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘अमेरिकी सेना इरानका सबै क्षेत्रहरू पूर्ण रूपमा ध्वस्त र नष्ट गर्न तयार, इच्छुक र सक्षम छ ।” ‘हत्या प्रयासको बहना बनाएर अमेरिकी राष्ट्रपति ट्रम्पले एक हजार मिसाइलहरू लक र लोड गरेर इरानतर्फ लक्षित गरिएको जनाएका छन् । सबै राष्ट्र प्रमुखहरूको ज्यान उत्तिकै समान र महत्वपूर्ण छ । अनाहकमा कसैको ज्यान लिनु हुँदैन । तर, राष्ट्रपति ट्रम्पलाई अरु देशले भन्दा आफ्नै देशका जनताले पटक–पटक गोली प्रहार गरेर हत्या प्रयास गरेका थिए । अहिलेको सन्दर्भमा विश्वमा आतङ्क मच्चाउनेमा ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहु रहेका छन् । १७ जूनमा युद्ध अन्त्य गर्ने अन्तरिम सम्झौतामा हस्ताक्षर गरेका राष्ट्रपति ट्रम्पले इरानमा आक्रमण गरेर युद्धविरामको उल्लङ्घन गरे ।
अमेरिकी राष्ट्रपति ट्रम्पको आक्रामक नीतिको विरोधमा अमेरिकी जनता फेरि एकचोटि आन्दोलित हुनु आवश्यक छ । राष्ट्रपति ट्रम्पको निर्दयी र अहङ्कारी कार्यशैलीले विश्वका जनता पनि आक्रोशित छन् । अमेरिकी जनता र विश्वका जनता साम्राज्यवादी नीतिको विरोधमा एकजुट हुनु आवश्यक छ । साम्राज्यवाद अन्त्य नभएसम्म विश्वका जनताले सुख र शान्तिपूर्वक बाँच्न पाउने छैनन् । युद्धविराम भङ्ग गरेर इरानमा आक्रमण गर्ने अमेरिकी राष्ट्रपतिमाथि कारबाही गर्नुपर्छ; कारबाही गर्न विश्वका जनता एकजुट हुनुपर्छ । विश्वका राष्ट्रप्रमुख र जनता मिलेर साम्राज्यवादी नीति अन्त्य गर्न अघि बढ्नुपर्छ । साम्राज्यवादविरोधी देशहरू एक ठाउँमा उभेर सुख र शान्तिको निम्ति आह्वान गर्नुपर्छ । इरानमा भइरहेको आक्रमण रोेक्न विश्वका राष्ट्र प्रमुख र जनताले दबाब दिनुपर्छ । यसैमा विश्वका जनता र देशको हित हुनेछ ।
Leave a Reply