भर्खरै :

देवीटारमा मजदुर भेला

देवीटारमा मजदुर भेला

भक्तपुर, ५ साउन । नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा मङ्गलबार सूनपा १० देवीटारमा मजदुर कार्यकर्ता भेला भयो ।
परिचयात्मक कार्यक्रमबाट सुरु भएको भेलामा मजदुर सङ्गठन कसरी विस्तार गर्ने भन्ने विषयमा राय सुझाव सङ्कलन गरिएको थियो ।
कार्यक्रममा नेमकिपा सूनपाका अध्यक्ष सूर्यभक्त त्वातीले मजदुरहरूले विश्व प्रसिद्ध मजदुर आन्दोलन पुस्तक अध्ययन गर्नुपर्ने र मजदुरको हरेक समस्या समाधान गर्न हरेक पेसाका मजदुरहरू सङ्गठित भई आफ्नो हक र अधिकारको निम्ति लागिरहनुपर्ने बताउनुभयो ।
पुँजीवादी व्यवस्थामा बहुसङ्ख्यक जनताको हित नहुने हुनाले समाजवादी व्यवस्थाको प्रचार अभियानमा मजदुरहरू पनि लाग्नुपर्ने उहाँले बताउनुभयो ।
सङ्घका अध्यक्ष विष्णुराम दुमरुले जिल्ला सङ्घ मातहतका हरेक समितिले विभिन्न गतिविधि र कार्यक्रमहरू राख्न जोड दिँदै मजदुरको हक अधिकार सुनिश्चित गर्न मजदुर कार्यकर्ताहरू तयारी अवस्थामा रहनुपर्छ भन्नुभयो ।
उक्त कार्यक्रममा सङ्घका विक्रम ढुकुछु, रमेश दुमरु, पुण्यराम न्हुछे, रामकृष्ण बखुन्छेँ, बाबुकाजी सुवाल, हरिराम सुवाल, केदार कवां, कृष्णप्रसाद सुवाल, राजेन्द्र बखुन्छेँ, जितबहादुर तामाङ, प्रेमबहादुर तामाङ, मनशोभा सुवाललगायतले आ–आफ्नो विचार राख्नुभएके थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *