भर्खरै :

कार्की आयोगको प्रतिवेदनको सार सङ्क्षेप – ६२

कार्की आयोगको प्रतिवेदनको सार सङ्क्षेप – ६२

जिल्ला प्रशासन कार्यालय पर्वत
प्रदर्शनकारीहरूले जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नं. ६ मैत्रीचोकस्थित ने.क.पा. एमालेको जिल्ला पार्टी कार्यालय, कुश्मा नगरपालिका वडा नं. ४ विधिमार्गमा रहेको नेपाली काङ्ग्रेसको जिल्ला पार्टी कार्यालय, कुश्मा न.पा. वडा नं. ५ दर्शनटोलमा रहेको माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय, मोदी गाउँपालिका वडा नं. २ स्थित गाउँ कार्यपालिकाको कार्यालय, कुश्मा न. पा. वडा नं. ४ शान्तिटोलस्थित युवराज जोशीको घर, कुश्मा नगरपालिका वडा नं. ७ फूलबारीस्थित पूर्वसांसद पदम गिरीको घर तोडफोड तथा आगजनी गरे । कुश्मा नगरपालिका वडा नं. ५ लोकतान्त्रिक चोकमा रहेको सहिद गोविन्दनाथ शर्मा र अमृतप्रसाद जोशीको सालिकमा समेत क्षति पुगेको छ ।
सुरक्षा निकायहरूको परिचालन र समन्वय
२४ गते राति नेपाली सेना परिचालनपश्चात् यस जिल्लामा व्यक्तिगत रिसइबीका कारण कुनै पनि सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण भएको छैन ।
जिल्ला प्रशासन कार्यालय, रूपन्देही
२०८२/०५/२३ गते १३ः५० बजे २०००/२५०० जना प्रदर्शनकारी सिद्धार्थनगर न.पा.–५ स्थित जिल्ला प्रशासन कार्यालय अगाडि पुगेका थिए । भिडले करिब १४ः१५ बजे सिद्धार्थनगर न.पा.–५ मा रहेको नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा ढुङ्गामुढा गर्दा २ वटा झ्यालको सिसा फुटेको थियो भने ४ वटा गाडी, ३ वटा स्कुटी र १ वटा मो.सा. मा क्षति पुगेको छ ।
२०८२/०५/२३ गते १७ः३५ बजे सैनामैना न.पा.५ बुद्धनगरमा अ. ५००/६०० जना भेला भई कोणसभा र टायर बाल्ने काम गरेका थिए । १७ः५० बजेको समयमा सैनामैना न.पा. १० सालझन्डी चोकमा अ. ३००/४०० जना भेला भई विरोध कार्यक्रम गरेका थिए ।
२०८२/०५/२३ गते २०ः३० बजे कफ्र्यु लागेको समयमा रूपन्देही तिलोत्तमा नगरपालिका ५ मणिग्राम चोकमा अ.२५०/३०० जना प्रदर्शनकारी सामाजिक सञ्जालको माध्यमबाट भेला भई सरकारविरुद्ध नाराबाजी तथा व्यक्तिको घरमा ढुङ्गामुढा गरेका थिए ।
२०८२/०५/२४ गते ११ः०० बजे निषेधाज्ञा जारी भएको समयमा अं. ५००० जना उपस्थिति थिए । चौराहाबाट सुरु भएको ¥यालीले बुटवल उपमहानगरपालिकाको कार्यालय पुगी १४ः३० बजे बुटबल ८ सुख्खानगरस्थित एमाले पार्टी कार्यालयमा पुगेर तोडफोड तथा आगजनी ग¥यो । प्रदर्शनकारीहरूले करिब १५ः०० बजेको समयमा बुटवल–७ दीप नगरस्थित जीवराज आश्रित भवनमा पुगेर तोडफोड गरे भने १५ः४० बजे बुटवल–७ दीप नगरस्थित बी.पी. स्मारिकामा समेत आगजनी तथा तोडफोड गरे । १६ः१५ बजे तिलोत्तमा –४ ड्रात्र टोलस्थित रहेको टुलिप होटेलमा तोडफोड गरे । १६ः३५ बजे बुटवल – ९ बसपार्कस्थित आन्तरिक राजस्व कार्यालयमा तोडफोड तथा आगजनी गरी आन्तरिक राजस्व कार्यालयमा भएका सामान लुटपाट गरे । उक्त समयमा आन्दोलनकारी सङ्ख्या थप हुन गई अं. ७÷८ हजार पुगेको थियो । १६ः४३ बजे बुटवल ९ बसपार्कस्थित प्रहरी बिट बसपार्क र राष्ट्रिय अनुसन्धान कार्यालयमा तोडफोड, ढुङ्गामुढा गरे भने १७ः३० बजे बुटवल ८ स्थित अख्तियार दुरूपयोग अनुसन्धान, प्रदेश कार्यालय, इलाका प्रशासन कार्यालय र मुख्यमन्त्रीको निवासमा आगजनी तथा तोडफोड गरे । १७ः५० बजे बुटवल –८ मा रहेको डिभिजन वन कार्यालयमा समेत आगजनी, १७ः५५ बजे बुटवल ८ विद्युत्चोकस्थित लुम्बिनी प्रदेश प्रमुखको कार्यालय तथा निवासमा रहेको उच्च अदालत बुटवलको कार्यालयमा तोडफोड तथा आगजनी गरे । १८ः०० बजे हाटबजारस्थित रहेको बुटवल उपमहानगरपालिकाको कार्यालयमा, १३ स्थित रहेको मालपोत कार्यालयमा, वडा नं १३ मा रहेको यातायात कार्यालयमा तोडफोड तथा आगजनी गरे ।
प्रदर्शनको क्रममा तोडफोड तथा आगजनीबाट बुटवल ३ गोलपार्कस्थित बहुमुखी क्याम्पसमा तोडफोड, बुटवल उपमहानगरपालिका बुटवलस्थित सुपरमार्केट (भाटभटेनी) समेत तोडफोड गरी सामान लुटपाट, बुटवल र मैनाबगरस्थित रहेको नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा तोडफोड र प्रहरी बिट अमरपथ तोडफोड तथा आगजनी भए ।
२०८२/०५/२४ गते १६ः४३ बजे बुटवल उ.म.न.पा.–९ बसपार्कस्थित अस्थायी प्रहरी बिट बसपार्कमा अं. ५००/६०० जना प्रदर्शनकारीहरूले तोडफोड गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *