प्रगति पुस्तकालयद्वारा एडभान्स चित्रकला तालिम सम्पन्न
- श्रावण ८, २०८३
भक्तपुर, साउन ९ । नाट्यकर्मी समाज नेपालको आयोजनामा ११ दिने ख्यालः मेला (राम शेखरया ख्यालः ब्वज्या) शनिबारदेखि साउन १९ गते मङ्गलबारसम्म आस्था थियटर लिबालीमा (ख्वप इन्जिनियरिङ कलेजसँगै) हुने भएको छ ।
११ दिने ख्यालः मेलामा रामशेखर नकर्मीद्वारा रचित १० वटा ख्यालः हरू प्रत्येक दिन एक÷एक ख्यालः मञ्चन हुनेछ ।
सुरूको दिनमा ख्यालः मञ्चन भक्तपुर साकोसको खेल खत्तम, ख्वप कलेजको ‘छेरावती द्य :’, स्टार वाचनालयको ‘१२ बजे’, बहुरङ्गी रङ्गकर्मी समूहको ‘खुँयाता ज्वँ ज्वँ’, बाल विकास इङलिस स्कूलको ‘तन्त्र टाब्लेट’ नेपाली भाषामा, प्रभात माविको ‘खुँ’, श्रमिक साकोसको ‘तन्त्र टाब्लेट’, नेक्राविसङ्घ भनपा–१ को ‘टुरिस्ट गाइड’, सहिद निर्मल– पुष्प स्मृति वाचनालयको ‘अस्पतालया जा’, जेँला सांस्कृतिक समाजको ‘रानी पुखु’ तथा अन्तिम दिन ‘खेल खत्तम’ पुनः मञ्चन गरी ख्यालः मञ्चन हुने आयोजकले जनाएको छ ।
उक्त मेलामा साउन १३ गते नेपाली भाषाबाट एकमात्र ख्यालः बाल विकास इङ्गलिस स्कूलको तर्फबाट तन्त्र टाब्लेट नामक ख्याल प्रस्तुत हुनेछ ।
Leave a Reply