मार्चको विद्रोह
- श्रावण ९, २०८३
जिल्ला प्रशासन कार्यालय कञ्चनपुर :
भदौ २३ गते जियनजेड आन्दोलनमा सुरक्षाकर्मीको गोली लागी मृत्यु भएको विषयलाई लिएर विद्यार्थी सङ्गठनले साँझ १९ः०० बजेतिर भीमदत्त नगरपालिका वडा नं. ४ को बजारमा मसाल जुलुससहित कोणसभा गरेको थियो । भदौ २४ गते बिहान ७ः३० बजे यातायात व्यवसायी, चालक, सहचालकहरूले सडक बन्द गरी आन्दोलनमा ऐक्यबद्धता जनाए । सो क्रममा राजनैतिक दलका विद्यार्थी नेता तथा राजनैतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि तथा बजारमा व्यवसाय गर्ने व्यापारी, पावर अफ बुचका पदाधिकारी तथा सदस्यहरू, स्थानीय बासिन्दा, भारतीय मजदुर, व्यापारीहरू चम्मन चोकमा जम्मा भई उहाँहरूले ¥याली निकालेर नेपाली काङ्ग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी तथा तोडफोड गरे । सोपश्चात् पूर्वगृहमन्त्री रमेश लेखकको बजारमा रहेको घर, नगरपालिका कार्यालयको गेट, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको गेटमा ढुङ्गामुढा, जिल्ला प्रशासन कार्यालयमा तोडफोड तथा आगजनी, शुक्लाफाँटा नपाको कार्यालय एवम् वडा कार्यालयहरूमा तोडफोड तथा आगजनी, कृष्णपुर नपा, पुनर्वास नपा, दोधारा चाँदनी नपामा तोडफोड तथा आगजनी गर्नुको साथै सवारी साधनहरूमा समेत क्षति पु¥याए । पूर्वगृहमन्त्री रमेश लेखकको बेदकोट नपा ८ मा रहेको घरमा आगजनी, पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, प्रदेशसभा सदस्य प्रकाश रावल, प्रदेश मन्त्रीहरू हीरा सार्की, बहादुर थापा, सुरेन्द्र पाल, नेकपा एमाले जिल्ला इन्चार्ज निरुदेवी पाल, जिल्ला समन्वय समिति प्रमुख, भीमदत्त नपा नगर प्रमुख/उपप्रमुख, बेदकोट नपा प्रमुख, कृष्णपुर नपा प्रमुख, शुक्लाफाँटा नपा प्रमुखलगायत ७७ स्थानमा आगजनी तथा तोडफोड भएको थियो ।
भदौ २४ गतेको तोडफोड तथा आगजनीमा नेकपा एमाले, नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, नेकपा विप्लव, बहुमतलगायत तिनका भ्रातृ सङ्गठनका युवा तथा विद्यार्थी नेता कार्यकर्ता संलग्न रहेको पाइन्छ । यस जिल्लामा काम तथा व्यापारिक सिलसिलामा रहेका भारतीय नागरिकहरू, यातायात व्यवसायीका पदाधिकारी, चालक, सह–चालक, मेकानिक्स, होटल व्यवसायी, होटलमा काम गर्ने कर्मचारीहरूले धनमाल लुटपाट गर्ने मनसायबाट घटना घटाएको देखिन्छ ।
सुरक्षा निकायहरूको परिचालन र समन्वय
जिल्लामा सुरक्षाकर्मीहरूको सङ्ख्या कम रहेको र ठुलो सङ्ख्यामा आन्दोलनकारीहरूको भिड एकै स्थानमा रहेको कारण सुरक्षाकर्मीहरूले निजी तथा सरकारी कार्यालयहरूमा क्षति हुनबाट रोक्न नसकेको हो ।
जिल्ला प्रशासन कैलाली
२०८२।०५।२४ गते बिहान विभिन्न समयमा कैलाली बहुमुखी क्याम्पस र ऐश्वर्य बहुमुखी क्याम्पसलगायत स्थानमा विभिन्न व्यक्ति भेला भई भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोध ¥याली निकालेका थिए । जुलुुस बजार परिक्रमा गरी मुख्यमन्त्री कार्यालय गेट अगाडि र जिल्ला प्रशासन कार्यालय कैलालीको गेट अगाडि जम्मा भएर कोणसभामा परिणत भएको थियो । जिल्लाका अन्य स्थानमा समेत नारा जुलुससहित विरोधका कार्यक्रम गरिएका थिए । जिल्लामा रहेका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालयहरू, स्थानीय तहका कार्यालय भवनलगायत विभिन्न वडा कार्यालयहरू, अन्य सरकारी कार्यालय, विभिन्न पार्टीका कार्यालय, नेपाल प्रहरीका एकाइ तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास, पूर्वमन्त्री लेखराज भट्टको घर, मेयर, वडा सदस्यलगायतका निजी निवास, होटल व्यापारिक स्थललगायतका निजी प्रतिष्ठान, उल्लेखित स्थानमा राखिएका विभिन्न चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधनहरूमा समेत आगजनी तथा तोडफोड भएको थियो । सोही दिन ८ः०५ बजेदेखि अन्दाजी ९००/१००० (नौ सय हजार जना जेन–जी समूहका समर्थकहरूले जुलुस निकालेर बजार परिक्रमा गरे ।
२०८२ भदौ २४ गते आन्दोलनमा परिस्थितिको अनुचित फाइदा उठाई केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्तिसमेतमा अत्यधिक क्षति पु¥याउनुका साथै लुटपाट एवम् आगजनी गरे । सोही राति २२ः०० बजेबाट नेपाली सेना परिचालन भएको थियो । भदौ २४ गते राति १० बजेदेखि २५ गते बिहानसम्म कैलाली जिल्लामा व्यक्तिगत रिसईबीका कारण सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि आगजनी, तोडफोड तथा ढुङ्गामुढालगायत कुनै पनि किसिमको क्षति भएन ।
Leave a Reply