भर्खरै :

अग्रजहरूको गतिविधि पार्टीको इतिहास

अग्रजहरूको गतिविधि पार्टीको इतिहास

भक्तपुर, ९ साउन । ऐतिहासिक ‘भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण र आजको आवश्यकता’ विषयमा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भयो ।
नेमकिपा भनपा ६ (साबिक ५) एकाइ समितिको आयोजनामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंले पार्टीका अग्रज कार्यकर्ताहरूले विगतमा गर्नुभएको गतिविधि पार्टीको इतिहास भएको बताउनुभयो ।
नापी आएको बेला खेत खलिहानमा पुगी मोहीको कोलममा वास्तविक किसानको नाम लेखाउन, सहकारी संस्थाका भ्रष्टाचारीलाई कारबाही गर्न, मोहियानी हक बचाउन भर्पाई आन्दोलनलगायतका गतिविधिहरू पार्टी निर्देशनमा भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “हाम्रा अग्रजहरूबाट सिकी भ्रष्टाचार र अनियमितताको विरूद्ध सङ्घर्षलाई निरन्तरता दिनु आवश्यक छ ।”
कार्यक्रम सिद्धिराम अवालको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *