इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी
- श्रावण ९, २०८३
भक्तपुर, ९ साउन । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को आ.व. २०८३/०८४ को वार्षिक नीति तथा बजेट तर्जुमा कार्यक्रम एक समारोहबिच शनिबार सम्पन्न भयो ।
कार्यक्रममा सल्लाहकार रामकृष्ण प्रजापतिले नीति तथा कार्यक्रम र बजेट तर्जुमाको विषयमा बोल्दै उहाँले बचत तथा ऋण सहकारी संस्थाको बजेट यथार्थपरक, जोखिम व्यवस्थापनमुखी र तरलता संरक्षणमा केन्द्रित हुनुपर्छ भन्नुभयो ।
उहाँले बजेट तयार गर्दा सहकारीको सिद्धान्त, मूल्य, कानुनी आधार, संस्थाको रणनीतिक योजना, अघिल्ला वर्षहरूको वित्तीय विश्लेषण, यथार्थपरक अनुमान, आर्थिक अवस्थाको प्रभाव, मितव्ययिता, खर्च नियन्त्रण, जोखिम व्यवस्थापन, प्रत्येक कार्यक्रमका लागि स्पष्ट लक्ष्य र सन्तुलित बजेटको सिद्धान्त तथा कार्यसम्पादनमा आधारित बजेटमा ध्यान दिनुपर्छ भन्नुभयो । उहाँले सैद्धान्तिक आधारहरूलाई अपनाएर तयार गरिएको बजेटले संस्थालाई आर्थिक अनुशासन, पारदर्शिता, दिगोपन र सदस्यहरूको विश्वास कायम राख्न मद्दत गर्छ भन्नुभयो ।
कार्यक्रममा अध्यक्ष कृष्णराम कासिछ्वाले गत आ.व.मा करिब ३७ लाख नाफा भएको बताउँदै अब आउने साधारणसभामा अधिवेशन समेत हुने भएकोले निर्वाचन समिति बनाएर अगाडि बढ्ने कुरा बताउनुभयो ।
नीति तथा कार्यक्रम र बजेट तर्जुमा उपसमितिका संयोजक एवम् कोषाध्यक्ष तुल्सीकेशरी प्रजापतिले आगामी वर्षको लागि रु. १३ करोडको अनुमानित बजेट पेश गरेको बताउनुभयो ।
कार्यक्रममा सचिव सत्यराम ज्ञामरु, लेखा समिति संयोजक हरिकृष्ण प्रजापति, संस्थापक अध्यक्ष एवम् सदस्य रामकृष्ण लावजु, चम्पा ज्ञामरु, सिध्दान्त प्रजापति, राजु सिं बजिकों, लेखा समिति सदस्य सिता कोजु, राजन चित्रकार र प्रबन्धक गौतम कुटुवाजुले बजेट सदस्यमुखी र राम्रो बनाउनेबारे सुझाव दिनुभएका थिए ।
Leave a Reply