भक्तपुर नगरपालिकाबाट तालिम लिई उद्यमी बन्दै स्थानीय महिला
- श्रावण १३, २०८३
भक्तपुर, १३ साउन । चाँगुनारायण नगरपालिका वडा नं. ९ र सूर्यविनायक नगरपालिका वडा नं. १० बिच भएर बग्ने तब्याखुसीमा गए राति आएको बाढीले सयौ रोपनी धान खेती नोक्सान गरेको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. ९ का किसानहरूका अनुसार सूर्यविनायक नगरपालिका वडा नं. १० ले तब्याखुसी नै थुनिने गरी गएको जेठमा खोलामा दुई फिट अग्लो ढलान राखेको कारण चाँगुनारायणतर्फको खेत बगाएको हो ।
सङ्गम मार्ग निर्माण गर्दा तब्याखुसीमा सूर्यविनायकतर्फ कङ्क्रिटको अग्लो पर्खाल बनाइएको र चाँगुनारायणतर्फ गत सालमात्र राखेको माटोको होचो डिल भएको कारण चाँगुनारायणतर्फ बाढी पसी नोक्सान गरेको स्थानीय किसान सागर थुयाजु बताउनुहुन्छ । सोही कारण सोभन्दा पाँच सय मिटर तलसम्म विभिन्न ठाउँमा तब्याखुसीले खेत कटान गरेको हो ।
चित्तपोलबाट ताथली जाने बाटोभन्दा माथिसम्म बाढी आउँदा चाँगुनारायण ९ का अमर पाकुर र बिमल पाकुरको पक्की घरमा आधा तल्लासम्म बाढी छिरेको छ । दुवै घरको छिडीमा रहेका अन्नपात, सरसामान, मोटरसाइकल, स्कुटरलगायतका सामानहरूमा क्षति भएको छ ।
घरभित्र एक फिटसम्म बाढीले बगाएर ल्याएको पाङ्गो माटो थुप्रिएको हुँदा बुधबार बिहान स्थानीय जनता, नगर प्रहरीसमेतको सहयोगमा सफाइ गर्ने कार्य भएको चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यातले बताउनुभयो ।
सिमानाको खोलामा कङ्क्रिटको वाल लगाउने दुवै नगरपालिकाको स्वीकृति चाहिनेमा सूर्यविनायक नगरपालिकाको एकलौटी निर्णयले तब्याखुसीमा वाल लगाउँदा किसानको धानबाली नोक्सान भएको छ । दुई घर डुवान हुँदा लाखौँ नोक्सान भयो ।
२०२१ सालको नापीमा एक सय फिटसम्म चौडाइको तब्याखुसी साँघुरिँदा हरेक वर्षझैँ यस वर्ष पनि क्षति भएको स्थानीय बताउँछन् । नापी नक्साअनुसार खोला फराकिलो गर्नुपर्ने जनताको माग छ ।
Leave a Reply