भक्तपुर नगरपालिकाबाट तालिम लिई उद्यमी बन्दै स्थानीय महिला
- श्रावण १३, २०८३
भक्तपुर, १३ साउन । नाट्यकर्मी समाज नेपालद्वारा आयोजित ११ दिने रामशेखरया ख्यालः ब्वज्याको पाँचौँ दिन बुधबार आस्था थियटरमा एकमात्र नेपाली भाषाको ख्यालः ‘तन्त्र टाब्लेट’ बाल विकास इङलिस स्कूलको तर्फबाट प्रदर्शन भयो ।
उक्त ख्यालको निर्देशन रवि प्रजापतिले गर्नुभएको थियो भने सोको कला संयोजन विकास तमखु तथा व्यवस्थापन उद्धव कोण्डाले गर्नुभएको थियो ।
प्रस्तुत ख्यालःमा नयाँ परिवर्तनको नाउँमा शिक्षा, स्वास्थ्य तथा विद्युत्मा लगाइएको कर, विभिन्न समयमा भएको प्रजातन्त्रको हरण, जेन्जीको नाउँमा निमुखाप्रति गरिएको अन्यायपूर्ण व्यवहार तथा प्रशासनले गर्ने पक्षपातपूर्ण व्यवहार मनपरीतन्त्र चोरीपैठारी एवं महँगीप्रति व्यङ्ग्य गरिएको छ ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले रामशेखर नकर्मीको रचना ३ दशक अघिको भए तापनि नयाँ पुस्ताले ख्यालःको मर्मलाई बुझेको बताउँदै प्रजातन्त्र स्थापनापछि व्याप्त भ्रष्टाचार र कमिसनतन्त्रमा सोझा व्यक्ति पनि परिस्थितिले खतरामा रूपान्तरण गर्ने बताउनुभयो ।
प्रस्तुतिपछि रङ्गकर्मी तथा बाल कथाकार टङ्क चौलागाईले प्रस्तुत ख्यालःले मार्मिक विषयमा दर्शकको प्रतिक्रियालाई समेत मध्यनजर गरी कलाकारहरूले संयमता अपनाएको आभास गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईले विभिन्न समयको क्रान्तिले जन्माएको प्रजातन्त्रमा सर्वसाधारण जनताको लागि अहिलेसम्म पनि देखावटीपन रहेको बताउनुभयो ।
हास्यव्यङ्ग्य कलाकार, निर्देशक, कथाकार, उपन्यासकार रामशेखर नकर्मीद्वारा रचित १० ख्यालःहरूमध्ये बुधबारसम्ममा पाँचवटा ख्यालः प्रदर्शन भइसकेका छन् ।
रामशेखरया ख्यालः ब्वज्याको पाँचौँ दिन साउन १३ गते नेपाली नेपाली भाषामा प्रस्तुत गरिएको तन्त्र टाब्लेट नामक ख्यालः सातौँ दिन साउन १५ गते शुक्रबार श्रमिक साकोसले नेपालभाषामा प्रदर्शन गर्नेछ । आज छैटौँ दिन प्रभात माविको ‘खुँ’ नामक ख्याल प्रदर्शन हुनेछ ।
Leave a Reply