आस्था थियटरमा तन्त्र टाब्लेट ख्याल प्रदर्शन
- श्रावण १३, २०८३
भक्तपुर, १३ साउन । भक्तपुर नगरपालिकाले गरिबी निवारणका लागि सञ्चालन गरेको लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत ४५ दिने आधारभूत तथा एकमहिने एडभान्स ब्याग र झोला बनाउने तालिम प्राप्त गरेका उद्यमीहरू आज आत्मनिर्भर बन्दै व्यवसायमा लागिरहेका छन् ।
तालिम प्राप्त उद्यमीहरू संगिता बासुकला, चन्द्रलक्ष्मी घेमोसु, रामलक्ष्मी दुवाल र लक्ष्मी फैजुले भक्तपुर नगरपालिका वडा नं. १०, बेखालमा सामूहिक रूपमा ब्याग तथा झोला उत्पादन गर्ने उद्यम सञ्चालन गर्दै आएका छन् । उनीहरूले आफ्नै सीप, मेहनत र लगनशीलताको आधारमा गुणस्तरीय वस्तु उत्पादन गर्दै आएका छन् । उनीहरूको उत्पादनप्रति बजारमा दिनानुदिन आकर्षण र माग बढ्दै गएको छ ।
उद्यमीहरूका अनुसार स्थानीय उपभोक्ताले स्वदेशमै उत्पादन भएका सामग्रीलाई प्राथमिकता दिँदै खरिद गर्ने क्रम बढेको छ । स्थानीय समुदायबाट प्राप्त साथ, सहयोग र प्रोत्साहनले उनीहरूलाई व्यवसाय विस्तार गर्न थप उत्साह मिलेको छ ।
भक्तपुर नगरपालिकाले सञ्चालन गरेका यस्ता सीपमूलक तालिमहरूले बेरोजगारी न्यूनीकरण, आयआर्जनमा वृद्धि तथा महिलाहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पु¥याएका छन् । उनीहरू स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सफल भएका छन् । यी उद्यमीहरूको सफलता नगरपालिकाले सञ्चालन गरेका उद्यम विकास कार्यक्रमहरूको सकारात्मक र प्रेरणादायी उदाहरण बनेको छ ।
Leave a Reply