नगरकोटमा भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण
- श्रावण १५, २०८३
भक्तपुर, १४ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा नेपाल क्रान्तिकारी किसान सङ्घको ५८ औँ स्थापना दिवस प्रशिक्षण गरी मनाइयो ।
उक्त प्रशिक्षण कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले देशका बहुमत जनता किसान भएकाले जबसम्म किसान समस्या समाधान हुँदैन तबसम्म देशको समस्या समाधान हुँदैन भन्नुभयो । शासकहरूले देशको भूमि मिच्दा पनि केही नबोल्ने शासकहरू विदेशी दलाल हुन् र देशको निम्ति लड्नेहरू देशभक्त हुन् भन्नुभयो ।
पुरानो सरकार र नयाँ सरकारबिच खासै भिनता नभएको स्पष्ट पार्दै उहाँले यो सरकार पनि जनविरोधी छ भन्नुभयो ।
उहाँले कृषिप्रधान देशमा मल, बीउ र सिँचाइको राम्रो व्यवस्था गर्न नसक्ने यो रास्वपाको सरकारले आत्मनिर्भर कृषि नीति ल्याउन सकेको छैन र वास्तविक किसानहरूको समस्या समाधान गर्न सकेको छैन भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका सचिव हरिराम सुवालले वास्तविक जग्गा जोत्ने किसानलाई जग्गाको मालिक बनाउनुपर्ने उल्लेख गर्दै रास्वपाको सरकारले भ्रष्टाचार अन्त्य गर्ने काँटछाँट देखिँदैन भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको उक्त
प्रशिक्षण कार्यक्रममा जिल्ला सदस्यद्वय राजेन्द्र बखुन्छेँ र पूर्णगोपाल राजचलले पनि बोल्नुभएको थियो ।
त्यस्तै नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा नगरस्तरीय किसान भेला गरी ५८ औँ स्थापना दिवस मनाइयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गंगाराम ज्याख्वको सभापतित्वमा भएको सो कार्यक्रममा स्थापना दिवसको महत्वबारे आर. प्रजापति, लक्ष्मीप्रसाद ह्याँेमिखा, पूर्णगोपाल राजचल, गोपालदास बासुकला, मानबहादुर चोलेख्वले पनि बोल्नुभएको थियो ।
Leave a Reply